Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

चतराधाममा तारकब्रह्म महायज्ञ राष्ट्रकै गौरव-राष्ट्रपति भण्डारी

धरान । राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको वराहक्षेत्रको प्राचीन हरिद्वार चतराधाममा श्रीराम तारकब्रह्म महायज्ञको उद्घाटन गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज दिउँसो रामानन्द सेवापीठले निर्माण गरेका १२८ कोठे नव निर्मित श्रीराम निकेतन, लक्ष्मण निलियम र जानकी सदनको समेत उद्घाटन गरिन् । महायज्ञको उद्घाटन कार्यक्रममा उनले नेपालमा पहिलो पटक भएको तारकब्रह्म महायज्ञ राष्ट्रकै गौरव भएको बताइन् । उनले बराहक्षेत्र मुलुकै उत्कृष्ट धार्मिक गन्तव्य भएको र रामनन्द सेवापीठको सक्रियतामा भएको महायज्ञ कार्यक्रमले यहाँको गरिमा बढाएको समेत बताइन् । \'यहाँ जडिबुटी प्रशोधन केन्द्र बनाएर नेपाललाई चाहिने औषधी आफैँ बनाउन सकिन्छ \', राष्ट्रपति भण्डारीले भनिन् । त्यससँगै उनले यज्ञ मण्डपको पूजा अर्चना, अवलोकन गरिन् । कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बराहक्षेत्र प्रदेश नं १ को प्रमुख धार्मिक पर्यटकीय गन्तव्य भएकोले यसका लागि प्रदेश सरकारले पनि लगानी गर्न लागेको बताइन् । महायज्ञमा शुक्रबार नै भारतको अयोध्या र उत्तरकाशी लगायतका स्थानबाट सात जना जगद्गुरु, पीठाधीस र महामण्डलेश्वर चतराधाम आएको आयोजनकले जनाएको छ । १४ करोडको लागतमा आयोजना भइरहेको महायज्ञको समापन यज्ञ पूर्णहुति फागुन ७ गते हुने जनाइएको छ । रामानन्द सेवापीठका पिठाधिस महायोगी डा कृष्णदास महाराजका अनुसार हिन्दू अध्यात्मअनुसार तारकब्रम्ह मन्त्र जप गरेर गरिने होम नै तारकब्रम्ह महायज्ञ हो । यो मन्त्र पौराणिक कालमा देवताले जप गर्ने गर्दथे । पछि पृथ्वी जगतको कल्याणका लागि ठूला महाराजाले यो यज्ञ लगाउने गरेका थिए । यो मन्त्रको जप गरेर होम गर्दा उत्पन्न धुवाँबाट एक पटकमा १०८ प्रकारका ‘साइकोन’ उत्पन्न हुने र त्यसले वायुमण्डललाई शुद्ध बनाउने काम गर्दछ । डा कृष्ण दासका अनुसार तारकब्रम्ह यज्ञ नेपालमा पहिलो पटक र विश्वमा ७०५ वर्षपछि हुन लागेको हो । आयोजकले यहाँको हुनमान मन्दिर परिसरमा ११ तले कलात्मक हवनकुण्ड निर्माण गरेको छ । हवनका लागि विभिन्न १०८ प्रकारका हवनकुण्ड बनाइएका छन् । यही कुण्डमा एक हजार २०० साधकले १६ करोड हवानाचार्यसहित एक अर्ब ६० करोड पटक ‘तारकब्रम्ह मन्त्र’ जप गर्ने छन् । उक्त महायज्ञमा देश विदेशका प्रकाण्ड आत्यात्मिक विद्वानसहित योग साधकदेखि सयौँ योगाचार्य र धार्मिक प्रवक्ताको सहभागिता हुने डा दासले जानकारी दिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending