Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

भारी हिमपातले हवाई सेवा ठप्प, एसइई ट्युसन र विद्युत् बन्द

  हुम्ला। आठ दिनपछि खुलेको विमानस्थल भारी हिमपातले दुई दिनदेखि पुनः बन्द भएको छ । जिल्लाको एक मात्र यातायातको साधन हवाईजहाज विहीबारदेखि उडान बन्द भएको छ । जिल्ला बाहिर जाने एक मात्र हवाईसाधन निरन्तरको हिमपातले बन्द भएको छ । जिल्लामा हिउँ पाँच फिटसम्म जमेका कारण विमानस्थल सञ्चालनमा आउन अझै एकहप्ता लाग्ने विमानस्थल स्रोतले बताएको छ । बुधबारदेखि हिमपात हँुदा यहाँको दैनिकी निकै समस्यामा परेको छ । विहीबार रातिदेखि हिमपात र हुरीले हुम्लाका नागरिकलाई एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न कठिनाइ भएको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा पाँच फिट हिउँ जम्नुका साथै चिसो बढेको र हुरी चलिरहेको प्रमुख जिल्ला अधिकारी मात्रप्रसाद ढुङ्गानाले जानकारी दिए । हिमपातले बालबालिका, वृद्धवृद्धालाई शौचालयसम्म जान समस्या भएको विनिता महताराले बताए । हिमपातले एक गाउँबाट अर्को गाउँमा समेत जान समस्या भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका सिमकोटमा बढी हिमपात भएको छ । हिमपातले त्यस क्षेत्रका स्थानीयवासीलाई घर निस्कनसमेत समस्या बनाएको छ । साथै घरपालुवा गाईवस्तुलाई पनि भारी हिमपातले समस्या निम्त्याएको छ । उत्तरी नाम्खा गाउँपालकाका नागरिक सिमकोटसँग सम्पर्क सञ्चारमा सम्पर्कविहीन छन् । एसइई ट्युसन र विद्युत् बन्द चैतमा हुने एसइईको तयारी कक्षा लिँदै आएका विद्यार्थीको ट्युसनसमेत बन्द भएको छ । भारी हिमपातले विद्यार्थीलाई ट्यिुसन कक्षा जानसमेत समस्या भएकाले तयारी कक्षा प्रभावित भएको मानसरोवर माविका प्रधानध्यापक अमरबहादुर शाहीले जानकारी दिए । हिल्दुम साना जलविद्युत् केन्द्रले हुरी र हिमपातका कारण आफ्नो विद्युत् प्रशारण लाइनलाई बन्द गरेको छ । विद्युत् प्राधिकरणका प्रशासन प्रमुख यमप्रकाश खड्काले हिमपातले र हुरीले कतै पोल ढल्नुका साथै तार चुँडिएकाले विद्युत् आपूर्ति बन्द गर्नुपरेको बताए । विद्युत् बन्द हुँदा सिमकोटमा रहेको सामुदायिक रेडियोसमेत बन्द हुनुका साथै विद्युत्मार्फत सञ्चालन हुने विद्युतीय कामसमेत बन्द हुनपुगेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending