Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

स्वास्थ्य बीमा गर्नुको फाइदा

टीकापुर । केही महीनाअघि टीकापुर नगरपालिका–१ की शान्ति काफ्लेको छातीमा समस्या भयो । टीकापुर अस्पतालबाट केही दिन औषधि खाँदा सञ्चो नभएपछि भक्तपुर क्यान्सर अस्पताल सिफारिश गरियो र उनको त्यही उपचार भयो । \'मलाई कति पैसा लाग्यो भन्ने कुराको चिन्ता भएन, आउनेजाने खर्चबाहेक सबै खर्च स्वास्थ्य बीमा बोर्डले तिर्यो,\' काफ्ले भन्छन्, \'स्वास्थ्य बीमा गरिराखे बिरामी भएका बेला कार्ड बोकेर गए निःशुल्क उपचार पाइने भएकाले सजिलो भएको छ ।\' लम्कीचुहा नगरपालिका लम्कीकी लालकौँरा पाण्डेले टीकापुर अस्पतालबाट चार पटक सेवा लिइसकेका छन् । \'मेरो हातमा समस्या हुँदा अस्पताल आएँ, यहाँबाट नेपालगञ्ज पठायो । शल्यक्रिया नै गर्नुपर्ने भनेपछि सिफारिश लिएर वीर अस्पताल काठमाडौँ गएँ, एमआरआईलगायतका सबै जाँच गरेर अन्तिममा शल्यक्रिया नै गर्नुपर्यो\', पाण्डेले भने, \'बीमा नगरेको भए कति पो खर्च लाग्ने थियो, बीमा राम्रो लाग्यो जेठसम्म म्याद छ फेरि नवीकरण गर्नेहो ।\' कैलालीमा यसरी स्वास्थ्य बीमा गर्नेको सङ्ख्या एक लाख नाघेको छ । विसं २०७४ जेठदेखि माघ १० सम्म स्वास्थ्य बीमा गर्नेको सङ्ख्या एक लाख ३०८ पुगेको स्वास्थ्य बीमा बोर्ड कैलालीका दर्ता अधिकारी अनमोल रावलले जानकारी दिए । बिमितको सङ्ख्या बढ्दै जाँदा यसको चाप अस्पतालमा पर्न थालेको छ । टीकापुर अस्पताललाई पहिलो सेवाविन्दु मानेर उपचार गर्ने बिमितको सङ्ख्या ४१ हजार नाघेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा नरेन्द्र खनाल बताउछन् । अस्पतालमा कैलालीका आठ र बर्दियाका दुई स्थानीय तहबाट आउने बिरामीले उपचार लिइरहेका छन् । टीकापुर अस्पतालका व्यवस्थापक टेकराज भट्टका अनुसार विसं २०७५ साउनदेखि पुस मसान्तसम्म टीकापुर अस्पताल आएका जम्मा ३७ हजार ४३६ बिरामीमध्ये आठ हजार ५४६ (२३ प्रतिशत) बिमित बिरामी आएका छन् । बिमितले रु १६ लाख ५४ हजार बराबरको प्रयोगशाला सेवा, एक्सरे, चिरफारको सेवा र रु २० लाख २४ हजारको औषधि बीमाबाट उपभोग गरिसकेका छन् । यही अवधिका पाँच हजार ७४४ लाई निःशूल्क उपचार गरिएको छ । अस्पतालले ज्येष्ठ नागरिक, विपन्न, गरीब, अपाङ्गता भएका व्यक्ति, स्वयंसेवक, एचआइभी सङ्क्रमितको उपचार निःशुल्क गर्दै आएको छ । बिमित सेवाग्राही बढेपछि बिमित र बिरामीको चापअनुसार जनशक्ति र औषधि पुर्याउन भने टीकापुर अस्पताललाई हम्मेहम्मे परेको छ । \'सरकारले स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय दिने भनेको छ तर चिकित्सक र औषधि अभावमा नागरिकलाई सन्तुष्ट बनाउन मुस्किल परेको छ\', मेडिकल सुपरीटेन्डेन्ट खनाल भन्छन्, \'सरकारले निःशुल्क दिने भनेको औषधि बिरामीको चापअनुसार र एकएक प्रसूति रोग विशेषज्ञ र फिजिसियन भैदिए यहाँका बिरामीलाई धेरै कुरामा राहत दिन सकिन्छ ।\' स्वास्थ्य बीमा बोर्डका दर्ता सहयोगी सूर्या भट्टराई पनि टीकापुर अस्पतालमा सेवा लिने सेवाग्राही सन्तुष्ट हुँदै गएको तर पूरै सन्तुष्ट राख्न केही सेवा थप हुनुपर्ने बताउछन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies