Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

अफ्रिकामा नक्कली नेपाली भिसा बनाउने गिरोह सक्रिय

काठमाडौँ । अफ्रिकी देशहरूमा नक्कली नेपाली भिसा बनाउने गिरोह सक्रिय रहेको खुलेको छ । नक्कली भिसाका आधारमा नेपाल आएका तीन नाइजेरियन नागरिक पक्राउ परेपछि यस्तो तथ्य खुलेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले तीन साताअघि तीनजना नाइजेरियनलाई पक्राउ गरेको थियो । उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा अफ्रिकामै एक समूहले उनीहरूलाई सक्कली भनेर नक्कली नेपाली भिसा दिलाएको खुलेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - अध्यागमन कार्यालयले ३६ वर्षीय इमेका पान उडरे, २५ वर्षीय एन्थोटी एजेमा र २६ वर्षका एडेक्स नेबोचुबुलाई पक्राउ गरेको थियो । उनीहरू छुट्टाछुट्टै नेपाल आएका थिए । तीनैजना नक्कली भिसाका आधारमा आएको विभागले जनाएको छ । उनीहरूमध्ये दुईजनाले केन्याको राजधानी नैरोबीमा र एकजनाले दक्षिण अफ्रिकाको प्रेटोरियामा भिसा बनाएका थिए । दूतावास नहुँदा भिसा लिन समस्या नाइजेरियामा नेपाली दूतावास नभएकाले उनीहरूलाई भिसा लिन समस्या छ । अर्काेतर्फ नाइजेरियाका नागरिकले नेपालमा ‘अन अराइभल’ भिसा पनि नपाउने भएकाले उनीहरूलाई समस्या थियो । एजेन्टमार्फत भिसा लिएको र उनीहरूले नक्कली बनाइदिएको खुलेको छ । पक्राउ परेका तीनैजनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको छ । तीनैजना नाइजेरियन नेपाल घुम्न भनेर आएका थिए । पक्राउ परेकामध्ये नेबोचुबुले फुटबल खेल्नसमेत नेपाल आएको बताएका छन् । यी घटनाले अफ्रिकी देशहरूमा नेपालको नक्कली भिसा बनाउने समूह सक्रिय देखिएकाले सचेतना अपनाइएको अध्यागमन विभागले जनाएको छ । इरानी आमा–छोरा पक्राउ नक्कली पासपोर्टमा नेपाल छिरेर फ्रान्स जान लागेका इरानी आमा–छोरा पनि पक्राउ परेका छन् । जाहरा निजारियन र उनका छोरा अमिरमेसन हाजिरामेजानी बिहीबार पक्राउ परेका हुन् । उनीहरू क्रोएसियाको नक्कली पासपोर्टमा नेपाल आएका थिए । नेपालबाट दिल्ली हुँदै फ्रान्स जान खोज्ने क्रममा विमानस्थलमा पक्राउ परेका हुन् । उनीहरूको साथबाट इरानको पासपोर्टसमेत भेटिएको प्रहरीले जनाएको छ । नक्कली पासपोर्टमै नेपाली अधिकारीले भिसा र अराइभल स्टिकर लगाइदिएका थिए । पछि उनीहरू नेपाल हुँदै फ्रान्स छिर्न खोजेको सूचना आएपछि अध्यागमन कार्यालयले पक्राउ गरेको हो । प्रायः मध्यपूर्वी एसियाका नागरिकहरू नेपाललाई ट्रान्जिट बनाएर युरोपियन देश जाने क्रममा पटक–पटक पक्राउ परेका छन् । उनीहरूले युरोपियन देशको नक्कली पासपोर्ट बनाएर नेपाल हुँदै ती देश जाने गरेको अध्यागमनले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending