Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

नेकपाको कार्यदल निष्क्रिय सदस्यहरू नै असन्तुष्ट

काठमाडौँ । एकताको बाँकी कामको खाका तयार गर्ने म्यान्डेट पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदल निष्क्रिय भएपछि सदस्यहरू नै असन्तुष्ट बनेका छन् । पुस मसान्तसम्म एकताको खाका तयार पार्ने कार्यादेशविपरीत केही नेता अन्यत्र सक्रिय भएपछि सदस्यहरूले संयोजक रामबहादुर थापा ‘बादल’लाई बैठक बोलाउन दबाब दिने निष्कर्ष निकालेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - एक–दुई दिनभित्र बैठक नबोलाइए संयोजक बादललाई भेटेर बैठक बोलाउन दबाब दिने सहमति भएको कार्यदलका एक सदस्यले बताए । कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलले बैठक बोलाउन रुचि नराखेकाले सदस्यहरू अन्योलमा छन् । ‘सुरु–सुरुमा त सबै व्यस्त भएकाले पनि बैठक नबोलाइएको हो, तर अब नबोलाउनुपर्ने कुनै कारण छैन, हामीलाई केही भनिएको पनि छैन,’ कार्यदलका एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘अब एक–दुई दिनभित्र बोलाइएन भने संयोजकलाई भेटेरै कारण माग्ने, बैठक बोलाउन आग्रह गर्ने सल्लाह गरिरहेका छौँ ।’ कार्यदलको जिम्मेवारीमा रहेका नौ नेतामध्ये मुख्यमन्त्री शंकर पोखरेल सरकार सञ्चालनको काममा प्रदेश ५ मै व्यस्त छन् । अन्य दुई सदस्य वर्षमान पुन र योगेश भट्टराई पार्टी कार्यक्रमको सिलसिलामा रोल्पामा छन् । संयोजक बादल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सरकारी काममा व्यस्त छन् । महासचिव विष्णु पौडेल, लेखराज भट्ट, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे काठमाडौंमै रहे पनि केही सदस्य बाहिर रहेकाले तत्कालै बैठक बस्ने स्थिति छैन । पार्टी एकीकरणको बाँकी काम र केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिटब्युरो गठनलगायत गृहकार्य गर्ने जिम्मेवारी कार्यदललाई छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पुस मसान्तभित्र सबै काम सकेर प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । ओलीको सन्देशले रोकियो बैठक १२ पुसमा सम्पन्न स्थायी समिति बैठकबाट गठित कार्यदलको बैठक ७ पटक बस्यो । पछिल्लोपटक ६ माघमा बसेको बैठकमा महासचिव विष्णु पौडेलले प्रदेश कमिटीका सदस्यहरूको नामावली केन्द्रीय सचिवालयले टुंग्याएर सर्कुलर जारी भइसकेकाले नचलाउन अध्यक्ष ओलीको निर्देशन आएकोे जानकारी गराएका थिए । तर, बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालनिकट सदस्यहरूले कार्यदललाई दिइएको म्यान्डेटविपरीत निर्देशन आएको भन्दै प्रतिवाद गरेका थिए । उनीहरूले मापदण्डविपरीत भएका मनोनयन हेरफेर नगर्ने भए १० प्रतिशत मनोनयन कोटामा मापदण्ड पुग्ने कतिपय नेताहरूलाई प्रदेश कमिटीमा समेट्नुपर्ने प्रस्ताव राख्दै आएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending