Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

किन बिक्दैनन् जर्सी गाईको दूध ? यस्तो रहेछ कारण

दाङ। दाङमा जर्सी गाईको दूध विक्री हुन नसकेपछि किसानहरु प्रभावित भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १६ लक्ष्मीपुरका रमेश गिरीले पाँच वटा जर्सी गाई पालेका छन् । तर अहिले दुई वटा गाईले नियमित दूध दिन्छन् । सधै बिहान जर्सीको दूध ल्याएर बजार आउने गिरीलाई दूध विकाउन भने निकै सङ्घर्ष गर्नुपर्छ । “बजारमा भैँसीको दूध सहजै किन्छन् तर जर्सी गाईको दूधतिर आँखा पनि लाउँदैनन्”, उनले भने । जर्सी गाईको दूध पहेँलो हुने भएकाले पनि बजारमा नकिन्ने गरेको उहाँको भनाइ छ । जर्सीको दुधको रङ पहेँलो हुन्छ”, उनले भने, “ त्यही देखेर किन्न मान्दैनन् ।” दुई वटा जर्सी गाईको २० लिटर दूघ विकाउनका लागि धेरै ठाउँठाउँमा घुम्नुपर्ने र सहजै नकिन्ने गरेको उनको भनाइ छ । डेरी उद्योगले पनि राख्न नमान्ने गरेको भन्दै उहाँले धेरै ठाउँमा घुमेपछि मात्रै विकाउने गरेको छ । नविकेर फाल्ने अवस्था त छैन”, उनले भने, “तर डेरीले पनि राख्न मान्दैनन्, त्यही २० लिटर दूध विकाउन बजारबजार घुम्नुपर्ने अवस्था छ ।” त्यस्तै तुलसीपुर– १६ कै प्रवीण चौधरीले पनि छ वटा जर्सी गाई पालेका छन् । उनलाई पनि जर्सीको दूध विकाउन निकै सङ्घर्ष गर्नुपर्छ ।” मान्छेले बरु गाईको पिसाब खोज्छन्”, उनले भने, “तर दूध खोज्दैनन् ।” गहुँतका लागि पिसाब खोज्ने गरे पनि तिनै गाईको दूध नखोज्ने गरेको उनको भनाइ छ । योगा गर्ने तथा शिक्षित व्यक्तिले गाईको दूध माग गर्ने गरेको भए पनि अधिकांशलाई चेतना नहुँदा गाईको दूध प्रयोग गर्न नमान्ने गरेको उनको भनाइ छ । शिक्षित व्यक्ति र योगा गर्नेले नियमित जर्सी गाईको दूध मगाउछन्”, उनले भने, “तर अधिकांशले गाईको दूध मन पराइदिदैनन् ।” उनले पालेका सात वटा जर्सी गाईमध्ये तीन वटा गाईको करीब २५ लिटर दूध विकाउन पनि निकै समस्या हुने गरेको छ । उनीहरु त केही उदाहरण मात्रै हो । यस्तै धेरै जर्सी गाईपालक किसानलाई आफूले उत्पादन गरेको दूध विकाउन निकै कठिन हुने गरेको छ । पछिल्लो समय दाङमा गाईपालन गर्नेको सङ्ख्या बढे पनि उचित बजारीकरण नहुँदा समस्या हुने गरेको किसानको गुनासो छ । स्थानीय सरकारले उचित भण्डारण केन्द्र तथा बाहिरी जिल्लामा दूध निर्यात गर्ने वातावरण मिलाउनुपर्ने किसानको भनाइ छ । बजारमा आवश्यकताभन्दा बढी दूध उत्पादन हुने भएकाले गाईको दूध अलि कम बिक्री हुने गरेको तुलसीपुर उपमहानगर पशु सेवा प्राविधिक सुवास आचार्यले बताए । हिउँदको समयमा बढी दूध उत्पादन गर्ने मौसम हुन्छ”, उनले भने, “त्यसैले पनि बजारमा ग्राहकले भैँसीको दूध रोज्ने गर्छन् तर गर्मी मौसममा भने यो समस्या हट्छ ।” जर्सी गाईको दुध भैँसीको दूधको तुलनामा केही पहेँलो देखिने भएकाले अहिले प्रायः मानिसले भैँसीकै दूध प्रयोग गर्ने गरेको भए पनि दूधको अभाव हुने गर्मी तथा चाडबाडको समयमा भने जर्सीकै दूधको माग पनि धेरै हुने गरेको उहाँको भनाइ छ । अहिले तुलसीपुर बजारका डेरीबाट पाँच हजारदेखि छ हजार लिटरसम्म र घरघरमा गएर चार÷पाँच हजार लिटर दूध खपत हुने गरे पनि दैनिक १६ हजार लिटर दूध उत्पादन हुने गरेको उनको भनाइ छ । तुलसीपुरसहित दङ्गीशरण, शान्तिनगरको दूध पनि तुलसीपुरमा नै आउने गरेको उनको भनाइ छ । तुलसीपुरमा धेरै दूध भित्रिने भए पनि यहाँका डेरी उद्योगमा एक हजार लिटरभन्दा धेरै भण्डरण गर्नसक्ने क्षमता नभएकाले पनि समस्या हुने गरेको उनको भनाइ छ । “तुलसीपुरमा आउने सबै दूधलाई भण्डारण गरेर अन्य कुनै परिकार बनाएर बेच्ने खालको प्रणाली शुरु भएको छैन्”, प्राविधिक आचार्यले भने, “यहाँ दूध मात्रै बेच्ने चलनले गर्दा पनि यस्तो समस्या आएको हो ।” रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies