Ntc summer Offer
Khabar Dabali २० जेष्ठ २०८१ आईतवार | 2nd June, 2024 Sun
NIMB

सेभिलको पोष्टमा बार्सिलोनाको ६ गोल, बार्सिलोना सेमिफाइनलमा

एजेन्सी । दोस्रो लेग खेलमा उत्कृष्ट पुनरागमन गर्दै स्पेनिस ‘पावर हाउस’ बार्सिलोनामा कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। बार्सिलोनाले बिहीबार बिहान घरेलु मैदानमा खेलिएको क्वार्टरफाइनलको दोस्रो लेग खेलमा बलियो प्रतिद्वन्द्वी सेभिलमाथि ६-१ गोलको जित हासिल गर्‍यो। जितसँगै बार्सिलोना ६-३ कुल गोल भिन्नताका आधारमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। गत साता सेभिलको घरेलु मैदानमा खेलिएको क्वार्टरफाइनलको पहिलो लेग खेलमा बार्सिलोना २-० गोलले पराजित भएको थियो । दोस्रो लेग खेलमा बार्सिलोनाको सजिलो जितमा फिलिप कोउटिन्होले दुई गोलको योगदान गरे। इभान राकिटिच, सर्जी रोबर्टो, लुइस स्वारेज र लियोनल मेसीले पनि एक/एक गोल थपे। खेल सुरु भएको १३औं मिनेटमै कोउटिन्होले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । निर्धारित समयको ३१औं मिनेटमा राकिटिचले गोल गरेपछि पहिलो हाफमै बार्सिलोना २-० ले अगाडि रह्यो। त्यसअघि २७औं मिनेटमा सेभिलका अनुभवी खेलाडी इभर बानेगाले पेनाल्टी प्रहारको अवसरलाई खेर फालेका थिए । खेल अवधिभर ६२ प्रतिशत समय आफ्नो खुट्टामा बल नचाएका बार्सिलोनाका खेलाडीले दोस्रो हाफमा पनि सेभिलको पोष्टमा चार गोल थपे। ५३औं मिनेटमा कोउटिन्होले ब्यक्तिगत रुपमा दोस्रो गोल गरेपछि बार्सिलोना ३-० ले अगाडि बढ्यो । यसैगरी त्यसको एक मिनेटपछि नै सर्जी रोबर्टोले टोलीलाई ४-० गोलको अग्रता दिलाए। ६७ औं मिनेटमा सेभिलका लागि ग्विलेर्म आर्नाले जवाफी गोल गरेपछि खेल ४-१ को स्थितिमा पुगेको थियो। त्यसपछि बार्सिलोनाका लागि खेलको ८९ औं मिनेटमा लुइस स्वारेज र इन्जुरी समयको दोस्रो मिनेटमा लियोनल मेसीले एक/एक गोल थपेका थिए । बार्सिलोनासँगै रियल बेटिस पनि प्रतियोगिताको समिफाइनलमा पुग्न सफल भयो। रियल बेटिसले बिहीबार घरेलु मैदानमा खेलिएको क्वार्टरफाइनलको दोस्रो लेग खेलमा स्पान्योललाई ३-१ गोलले पराजित गर्‍यो। रियल बेटिस ४-२ कुल गोल भिन्नताका आधारमा सेमिफाइनलमा पुगेको हो । अघिल्लो साता स्पान्योलको घरेलु मैदानमा खेलिएको पहिलो लेग खेल १-१ गोलको बराबरीमा सकिएको थियो। भ्यालेन्सिया भने यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ। भ्यालेन्सियाले गेटाफेलाई ३-२ कुल गोल भिन्न्ताका आधारमा हराएको थियो । सेमिफाइनलमा पुग्ने अन्तिम टोलीको टुंगो भने शुक्रबार बिहान लाग्ने छ। क्वार्टरफाइनलको दोस्रो लेग खेलमा शुक्रबार रियल म्याड्रिडले गिरोनाको सामना गर्दैछ। अघिल्लो साता घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा रियल म्याड्रिड ४-२ गोलले विजयी भएको थियो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies