Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

पुर्वको पशुपती भनेर चिनिने हलेसीमा नदीको पानी तान्दै

खोटाङ। धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा नदीको पानी लिफ्टिङ गर्ने काम तीव्र गतिमा अगाडि बढाइएको छ । सुक्खाग्रस्त क्षेत्र मानिएको हलेसी क्षेत्रमा पर्ने महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका उपभोक्तालाई लक्षित गरेर दूधकोशीको पानीलाई लिफ्ट गरेर गाउँमा निकाल्ने काम तीव्र गतिमा अगाडि बढाइएको हो । करीब २० हजार उपभोक्ता रहेका उक्त क्षेत्रमा नदीको पानी तान्नका लागि सडक निर्माण, विद्युत् विस्तार र वितरण केन्द्रको ट्याङ्की निर्माणको काम धमाधम भइरहेको छ । महादेवस्थान, दुर्छिम, मङ्गलटार र बडहरेका लागि दूधकोशीको महादेवबेंसी तथा च्यास्मिटार, डिकुवा र बडहरेका उपभोक्ताका लागि दूधकोशीकै पिप्लेबाट लिफ्टिङ गरेर अग्लो डाँडामा पानी निकालेर वितरण गरिने हलेसी महादेवस्थान खानेपानी आयोजना निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले बताए । मुख्य वितरण केन्द्र रहने हलेसीको काभ्रे र अर्को मुख्य वितरण केन्द्र रहने डिकुवाको भुम्जुडाँडामा ट्याङ्की निर्माणको काम धमाधम भइरहेको निर्माण उपभोक्ता समितिले जनाएको छ । विद्युत्मार्फत सल्लेको महादेवबेँसीबाट तानिने पानीलाई एक हजार ७५८ मिटरको उचाइमा पर्ने हलेसीको काभ्रेमा जम्मा गरेर वितरण गरिने छन् । यस्तै भुम्जुडाँडामा निर्माण गरिने ट्याङ्कीबाट च्यास्मिटार, डिकुवा र बडहरेका उपभोक्तामाझ पानी पु¥याइने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुखसमेत रहनुभएका निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले जानकारी दिए । पानीको स्रोत नभएको, भएको स्रोत सुक्दै गएको र अन्यत्रबाट ल्याउने सम्भावना कम भएका कारण उक्त क्षेत्रमा नदीकै पानी लिफ्टिङ गरेर निकाल्ने आयोजना शुरु गरिएको हो । उत्तरी क्षेत्रमा पर्ने तापखोला, भाङ्गु खोला, चिमचिमा खोला, नाखाम खोलाबाट उक्त सुक्खाग्रस्त क्षेत्रमा पानी लैजान सकिने सम्भावना भए पनि मुहान पाउन नसकिएको समितिले जनाएको छ । करीब दुई हजार २०० मिटर तल रहेको दूधकोशी नदीको पानी हलेसी क्षेत्रमा निकाल्न खानेपानी तथा ढल निकास विभागको टोलीले डिटेल सर्भेक्षणको काम गरेको थियो । लिफ्टिङको मुख्य लाइनका लागि महादेव खिम्ती कन्ट्रक्सन र वितरणका लागि लामा कन्ट्रक्सन र सगरमाथा कन्ट्रक्सन प्रालि जेभीले जिम्मा लिएको छ । करीब रु एक अरब लगानीमा सम्पन्न हुने उक्त आयोजना तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा अहिले वर्षाको पानी जम्मा गरेर र दूधकोशी नदीबाट गाडीमा बोकेर ल्याएको पानी उपभोग गर्ने गरिएको छ । सडकको सुविधा नभएका ठाउँमा बसोबास गर्ने स्थानीयवासी घण्टौँ लगाएर डोकोमा बोकेर ल्याएको पानी उपभोग गर्न बाध्य रहेका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको सात वटा वडामा उक्त समस्या रहेको छ । मानिसले बोकेर ल्याएको पानी उपभोग गरे पनि पशुचौपायका लागि ज्यादै समस्या रहेको छ । लामो समयदेखि पानीको समस्या झेल्दै आएका उक्त क्षेत्रका स्थानीयवासी नदीको पानी लिफ्ट गरेर निकाल्ने आयोजनाको काम तीव्र गतिमा अघि बढेपछि हर्षित भएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending