Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

कण्डमको नाम सुन्ने बित्तिकै मुख छोप्ने महिलाहरू यसरी प्रयोग गर्न थाले अस्थायी साधन

जाजरकोट । दुई वर्षअघि कण्डमको नाम सुन्ने बित्तिकै मुख छोपेर भाग्ने जाजरकोटका ग्रामीण क्षेत्रका महिला तथा पुरुषमा अहिले प्रयोग दर बढेको छ । महिला स्वयंसेविका र स्वास्थ्य संस्थाको निरन्तर जागरणका कारण ग्रामीण क्षेत्रमा अस्थायी साधन प्रयोग गर्नेको सङ्ख्या बढेको हो । सञ्चार माध्यमको पहुँच गाउँगाउँमा बढ्नु र सङ्घसंस्थाले निरन्तर जनसङ्ख्या नियन्त्रण गर्न विभिन्न सुरक्षित उपाय खुलेर सिकाउन थालेपछि अहिले अस्थायी साधन प्रयोग गर्नेको सङ्ख्या बढेको स्थानीय तहका स्वास्थ्य शाखाले जानकारी दिएका छन् । बारेकोट गाउँपालिका स्वास्थ्य स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख वीरराज सिंहका अनुसार पहिले–पहिले पुरुष मात्र अस्थायी साधन माग्न स्वास्थ्य संस्था आउने गर्थे, अहिले महिला पनि खुलेर अस्थायी साधन मागेर लिने गरेका छन् । जिल्लाका अधिकांश महिला स्वयंसेविकामार्फत वितरण हुँदै आएको अस्थायी साधन कसैले नलिँदा पहिले दराजमा थन्किने गरेकामा अहिले एकैक्षणमा वितरण हुने गर्दछ । विभिन्न यौनजन्य रोगबाट बच्नदेखि सन्तानका रहर पुगेका महिला तथा पुरुषले बढी प्रयोग गर्ने गरेको नलगाड नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । पहिलेको भन्दा अहिले ह्वात्तै माग बढेको स्वास्थ्यकर्मी बताउँछन् । निजी मेडिकलमा समेत अस्थायी साधनको बिक्री दर बढेको बारेकोट सिलिङगीका रामबहादुर शाहीले बताए । जिल्लाका विभिन्न ठाउँमा हुने स्वास्थ्य शिविरमा कपटी, नरप्लान्ट र परिवार नियोजन गर्ने महिला तथा पुरुषको सङ्ख्या बढी नै आउने गरेको प्रमुख सिंहले जानकारी दिनुभयो । धेरै सन्तान जन्माउँदा पढाउन र दैनिक आवश्यकता पूरा गर्न समस्या परेको भन्दै ग्रामीण क्षेत्रमा स्थानीयवासी कम सन्तान जन्माएर राम्रो शिक्षा, स्वास्थ्य र खाना दिन सके राम्रो हुने तर्क गर्न थालेका छन् । अहिले विद्यालयमा समेत प्रजनन् स्वास्थ्यका विषयमा शिक्षक तथा अभिभावकबीच छलफल हुने गरेको पञ्च भयार माध्यमिक विद्यालयका नलगाड–८ शिक्षक वीरबहादुर खत्रीले बताए । खत्रीले भने, “धुलिखेलमा स्वास्थ्य शिक्षा कसरी पढाउने भन्ने विषयमा तालीम लिएपछि मलाई थप ऊर्जा पैदा भएको छ र सबै शिक्षक तथा विद्यार्थीलाई खुलेर छलफल गराउने जागरण पैदा भएको छ ।” जिल्लाभरि स्वास्थ्य पढाउने शिक्षकलाई धुलिखेलमा स्वास्थ्य विषय कसरी शिक्षण गर्ने भन्ने विषयमा व्यापक छलफल गरिएको थियो । एउटा शिक्षकको काम विद्यालयमा मात्र पढाउनु मात्र, नभई समाज सुधारको नाइके भएर अगाडि बढ्नु पनि हो भन्ने मान्यता आत्मसात् गर्न खत्रीको सुझाव छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending