Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

युवाहरुको सीप र कलालाई राष्ट्रिय योगदानसँग जोडिने - मन्त्री विश्वकर्मा

भक्तपुर। युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवाका सीप र कलालाई राष्ट्रिय योगदानसँग जोड्न सरकार लागिरहेको बताएका छन् । नेपाल सुनचाँदी हस्तकला व्यवसायी सङ्घले आज भक्तपुरको सानोठिमीमा आयोजना गरेको ‘नेपालको सुनचाँदी हस्तकला क्षेत्रमा युवा व्यवसायी कालीगढको वर्तमान अवस्था र सीपको स्तरीकरणमा सरोकारवाला निकायको भूमिका’ विषयक कार्यशाला गोष्ठीे उद्घाटनका क्रममा उनले सो कुरा बताएको हो । सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपाली सहितको राष्ट्रिय लक्ष्य हासिल गर्ने सवालमा युवाशक्तिको मुख्य भूमिका हुने चर्चा गर्दै मन्त्री विश्वकर्माले भने,“युवालाई श्रम र उत्पादनसँग जोड्दै उद्यमशील, स्वरोजगार र आत्मानिर्भर बनाउन नसकेसम्म उक्त लक्ष्य पूरा गर्न गाह्रो छ ।” कला, सीप र कालीगढको सम्मान एवं मूल्याङ्कन गर्न नसक्दा आर्थिक समृद्धिमा देश पछाडि परेको उनको भनाइ थियो । प्रतिनिधिसभा सांसद आशाकुमारी विश्वकर्माले कालीगढको क्षमता र सीपलाई राज्यले आर्थिक उपार्जनमा लगाउनुपर्नेमा जोड दिए । कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ९सिटिइभिटी० का निर्देशक टेकबहादुर मल्लले सुनचाँदीका गहना निर्माण सम्बन्धी तालीमका लागि पाठ्यक्रम तयार भइरहेको बताउँदै यसबाट हातमा सीप भएका तर औंपचारिक शिक्षा हासिल नगरेकालाई कालीगढलाई सहज हने बताए । कार्यक्रममा नेपाल सुनचाँदी हस्तकला व्यवसायी सङ्घका अध्यक्ष मोहन विश्वकर्माले देशले नेपालको कला, सीप र कालीगढको उच्च व्यवस्थापन नगर्दा नेपालका कालीगढ धरासायी बन्दै गएको बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending