Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

आशै आशमा बित्यो तीन दशक तर लालपुर्जा पाइएन

बेझाड। कालीगण्डकी बेँसीकै उपत्यकाको रूपमा चिनिएको रामपुर बजारमा ठूलाठूला घर, भवन धमाधम बन्ने क्रम जारी छ । तर उनीहरुको हातमा लालपुर्जा भन्ने छैन । लालपुर्जा पाउने आशैआशमा घर/घडेरी जोड्न पुगेका यहाँका स्थानीयवासीको हातमा अहिलेसम्म पनि लालपुर्जा उपलब्ध हुन नसक्दा निराशा छाएको छ । रामपुर नगरपालिका–५ स्थित रामतुलसी मावि र वडा नं ६ का दरैठाँटी मावि सञ्चालनका लागि विद्यालयले विसं २०३५÷२०३६ तिर जग्गा बिक्री गरेको थियो । तर सो जग्गाको लालपुर्जा अहिलेसम्म स्थानीयवासीले प्राप्त गर्न सकेको छैन् । रामपुर नगरपालिका वडा नं ५, ६ र ७ का ८५६ घरधुरी लालपुर्जाविहीन बनेका छन् । विद्यालयको नाममा रहेको घडेरीलाई व्यक्तिको नाममा उपलब्ध गराउनका विभिन्न दलका राजनीतिक नेतृत्वले आशा देखाएको पनि तीन दशक नाघिसक्यो । तर यहाँका स्थानीयवासीले अहिलेसम्म लालपुर्जा पाउन नसकेको गुनासो गरिरहेका छन् । रामपुर नगरपालिका–५ बेझाड बजारका शिशुराज तिवारीले रामतुलसी माविको नामबाट वितरण गरिएको जग्गामा बसोबास गरेका छन्। “पटक–पटक लालपुर्जा दिन्छाँै भन्छन् तर अहिलेसम्म पाउन सकिएको छैन”, उनले भने, “यस क्षेत्रबाट चुनाव जितेर संसद्मा नेतृत्व गरेका व्यक्ति, राजनीतिक दलसमक्ष धेरै पटक लालपुर्जाका विषयमा कुरा उठाइयो, सबैले अब हुन्छ, दिन्छाँै, लालपुर्जा पाउने विषयमा ढुक्क हुनुहोस् भन्छन् तर अहिलेसम्म पाउन सकिएको छैन ।” लालपुर्जा नहुँदा घर÷घडेरी किनबेचमा समस्या परेको रामपुर नगरपालिका–६ विजयपुरका स्थानीयवासी बिजुला पाठक बताउछन् । पाठकले दरैठाटी माविको नामबाट वितरण गरेको जग्गामा बसोबास गर्दै आएका छन्। “लालपुर्जा पाइन्छ भन्ने आशा पनि लाग्नै छाड्यो, नेतृत्व तहसम्म पुगेका व्यक्तिले झुठा आश्वासन बाँडेर जनतालाई निराश बनाएका छन्”, पाठकले भने । लालपुर्जा पाउने आशैआशमा यहाँका स्थानीयवासीले तीन दशक बिताइसके अझै कति समय बिताउनुपर्ने हो कुनै निश्चित नभएको रामपुर नगरपालिका–५ बेझाडका अर्जुन पौडेल बताउछन् । २०७१ वैशाख २५ गते रामपुर गाउँ विकास समितिबाट रामपुर नगरपालिका घोषणा भई नगरवासीका रुपमा बसोबास गर्दै आएका यहाँका स्थानीयवासीले आफू बसोबास गरेको घर÷घडेरीको लालपुर्जा नपाउँदा किनबेचमा पनि समस्या पर्ने गरेको गुनासो गरेका छन् । सुकुम्वासी समस्या, अव्यवस्थित बसोबासका लागि राज्यले अधिकार दिए पनि विधि, विधान र ऐनहरु नबन्दा लालपुर्जा उपलब्ध गराउन ढिलाइ भएको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा बताउछन् । “अव्यवस्थित रुपमा रहेका घर÷घडेरीको सम्पूर्ण कागजात तयार पारी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा पेश गरिएको छ, मन्त्री पद्मामा अर्यालबाट छ महीनाभित्र समस्याको समाधान हुने जानकारी पाइएको छ”, नगरप्रमुख थापाले भने। स्थानीयवासीबाट यस विषयमा धेरै गुनासा आएका छन् तर राज्यबाट पूर्णरूपमा अधिकार नपाउँदा काम गर्न अप्ठ्यारो परेको नगरप्रमुख थापाको भनाइ छ । हातमा लालपुर्जा नहुँदा रामपुरका ८५६ घरधनीले आफूहरु सुरक्षित नभएको बताउछन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending