Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

सरकारले संयुक्त अरब इमिरेट्स सँग श्रम सम्झौता गरेकाे सहमति खोज्न नेपाली टोली ओमन र युएई जाँदै

काठमाडाैं । सरकारले संयुक्त अरब इमिरेट्स (युएई)सँग भएको एमओयू नवीकरण तथा ओमनसँग नयाँ श्रम सम्झौताको तयारी अगाडि बढाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको अधिकार र सुरक्षाको प्रत्याभूति गर्ने नीतिअनुरूप दुवै देशसँग वार्ताको तयारी थालेको हो । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख रामप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय टोली श्रम सम्झौता तथा श्रम समझदारीमा सहमति जुटाउन शनिबार त्यसतर्फ जाँदै छन् । कानुन मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका उपसचिवलगायतको उक्त टोलीले आइतबार र सोमबार ओमनसँग छलफल गर्ने संयोजक घिमिरेले जानकारी दिए । टोली मंगलबार युएई प्रस्थान गर्नेछ । युएईमा यसअघि नै भएको श्रम समझदारी नवीकरण गर्न बुधबार र बिहीबार द्विपक्षीय वार्ता तय भएको छ । युएईसँग सन् २००७ मा एमओयू भए पनि ओमनसँग भने हालसम्म कामदारसम्बन्धी कुनै पनि सम्झौता तथा समझदारी भएको छैन । ओमनले नेपाललाई करिब तीन महिनाअघि र युएईले डेढ महिनाअघि एमओयूको मस्यौदा पठाएका थिए । ओमनले पठाएको मस्यौदामा नेपालले विस्तृत अध्ययन गरी पूर्णरूपमा नयाँ किसिमको प्रस्ताव तयार पारेको छ । तुलनात्मक मपमा युएईको मस्यौदा उच्च स्तरको रहेको मन्त्रालयको बुझाइ छ । सरकारले कम्तीमा पनि मलेसियासँग गरेको श्रम समझदारीकै स्तरको एमओयू दुवै देशसँग गर्न चाहेको छ । ‘हाम्रो पहिलो जोड त श्रम सम्झौताकै लागि हुन्छ,’ संयोजक घिमिरेले भने, ‘त्यो सम्भव नभए श्रमिकहरूलाई व्ययभार र ठगीमा नपर्ने गरी एमओयूका लागि वार्ता हुन्छ । त्यसमा कामदारको हित, व्यवसायजन्य सुरक्षा, बिमा, महिना पूरा भएको निश्चित समयमा तलब सुविधा बैंक खातामै प्राप्त हुने, राहदानी कामदारसँगै रहनेलगायतका मूल एजेन्डा लिएर जाँदै छौँ । वार्ता टोलीले श्रम समझदारीका लागि नेपाल सरकारको ‘पोजिसन क्लियर’ गर्ने र श्रम समझदारीका लागि सहमति कायम गर्ने कोसिस गर्नेछ । सहमति कायम भएको खण्डमा निकट भविष्यमै श्रम सम्झौता तथा समझदारीमा हस्ताक्षर गर्न मन्त्रीस्तरीय भ्रमण आदानप्रदान हुने मन्त्रालयले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending