Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

४४ रोपनी जग्गा कीर्ते गरी बिक्री गर्ने चार जना पुर्पक्षका लागि जेल चलान

लमजुङ । ४४ रोपनी जग्गा कीर्ते गरी बेचविखन गरेको अभियोगमा लमजुङका चार जना जेल चलान भएका छन् । जिल्ला अदालतको आदेशमा उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - जेल जानेमा बेसीशहर नगरपालिका-३ दनाई गाउँमा स्थायी घर भएका ४८ वर्षीय काजीराम दमै, सोही नगरपालिका– ८ अस्पताल टोलमा स्थायी घर भएका बसन्त बराल, सोही नगरपालिका-४ पुरानकोटकी स्थायी बासिन्दा ३७ वर्षीया हरिमाया गुरुङ र सोही नगरपालिका-९ बाख्रेजगतमा स्थायी बसोबास गर्ने मिलन गुरुङ रहेको जिल्ला अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले बताए । उनका अनुसार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरेको हो । दुई जना फरार सोही मुद्दामा नुवाकोटको साविक सिग्रे गाविस-६ स्थायी घर भएका २६ वर्षीय दीपक तामाङ र काभ्रेको सिपली चिलाउने गाविस-१ स्थायी घर भएका २६ वर्षीय बुद्ध लामा फरार भएको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए । ढकालका अनुसार जेल जाने बेसीशहर– ४ पुरानकोटकी हरिमाया गुरुङ जग्गा धनी सोही स्थान निवासी ८१ वर्षीय मनमाया गुरूङकी छोरीकी नातिनी हुन् । उनीहरू ६ जना मिलेर पुरानकोटकै विभिन्न स्थानमा मनमाया गुरूङका नाउँमा रहेको जग्गा कीर्ते गरी विक्री गरेको भेटिएको ढकाल बताए । उनीहरूले बेसीशहर नगरपालिका–४ नं वडा कार्यालयको कीर्ते सिफारिस गरी कुल ४४ रोपनी ९ आना ९ पैसा ३ दाम क्षेत्रफलको जग्गा कीर्ते गरी विक्री गरेको पाइएको प्रनाउ ढकालले बताए । उनका अनुसार पछिल्लो पटक ३२ रोपनी जग्गा त्यसरी विक्री गर्दै गर्दा छिमेकले थाहा पाएर सो रोक्ने काम भयो र अनुसन्धानका लागि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिने काम गरेको थियो । अनुसन्धानका क्रममा ४४ रोपनी जग्गा कीर्ते गरेको भेटिएको ढकालले बताए । उनका अनुसार बेसीशहर नगरपाकालिका– ४ का वडाध्यक्ष लालवीरको उजुरीले नेपाल सरकार बादी हुने गरी मुद्दा दायर गरिएको छ । मनमायाका पति र छोरा छैनन्, छोरीहरू पनि सबैको विवाह भइसकेको छ । गाउँमै विवाह गरेर हजुर आमाको समेत रेखदेख गर्दै आएकी हरिमाया गुरुङले किराना पसल समेत सञ्चालन गरेकी थिइन् । उनले पसल चलाउन पैसाको अभाव रहेको हजुरआमासँग गुनासो गरेपछि बैँकमा धितो राखेर ऋण लिनका लागि मञ्जुरीनामामा ठूलीआमाले ल्याप्चे लगाई दिनु भएको रहेछ नेपाली काँग्रेस क्षेत्र नं– २ का सभापति रहेका भएका मनमायाका भतिजा बृषराज गुरुङले बताए । उनले भने, ‘उनीहरूले पछिल्लो लटमा विक्री गर्दै गरेको ३२ रोपनी जग्गा विक्री गर्दै गरेको सुइको पाएपछि मालपोत कार्यालयमा रोक्न सफल भइयो । पछि बुझ्न जाँदा त ४४ रोपनी भ्याई सकेका रहेछन् ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies