Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

गरीब विपन्न परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम

कास्की । माछापुच्छे गाउँपालिकाले आर्थिक रुपमा विपन्न र गरीब नागरिकको स्वास्थ्य सेवासम्म पहुँच पुर्याउने उद्देश्यले ‘स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गरेको छ । पैसाको अभावमा स्वास्थ्य सेवा पाउनबाट नागरिक वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले विपन्न घरपरिवारका सदस्यलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकम भुक्तानीमा अनुदान दिने कार्यक्रम शुरुआत गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए । नागरिकले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भनेर दुई वर्षअघिदेखि सरकारले सामाजिक स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ । जसमा परिवारका पाँच सदस्यले वर्षमा रु दुई हजार ५०० तिरेर बीमा कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था छ । पाँचभन्दा बढीको हकमा भने प्रतिव्यक्ति रु ४२५ बुझाउनुपर्नेछ । स्वास्थ्य बीमा कार्यक्रममा सहभागी परिवारका सदस्यले वर्षमा रु ५० हजारसम्मको उपचार तोकिएको अस्पतालबाट निःशुल्क पाउने व्यवस्था सरकारले गरे पनि आर्थिक रुपमा कमजोर नागरिकले सो सेवा प्राप्त गर्न सकेका छैनन् । गाउँपालिकाका नौ वटै वडाबाट स्वास्थ्य बीमामा सहभागी हुन नसकेका विपन्न र अतिगरीब दुई सय परिवारको बीमा गाउँपालिकाले गर्ने योजना बनाएको अध्यक्ष गुरुङ बताउछन् । गाउँपालिकाले चालू आवकोे नीति तथा कार्यक्रममा नै उल्लेख गरेर विपन्न नागरिकको स्वास्थ्य बीमाका लागि रु पाँच लाख बजेट विनियोजन गरेको थियो । जसबाट यस वर्ष दुई सय घरपरिवारका करीब एक हजार परिवारले स्वास्थ्य बीमाबाट लाभ लिन सक्ने उनले बताए । \'नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु गाउँपालिकाको अधिकार क्षेत्रभित्रको विषय हो,\' उनले भने, \'नागरिकको अधिकारको संरक्षण गर्न, आर्थिक रुपले विपन्न बीमितको आर्थिक जोखिम न्यूनीकरण गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न यो कार्यक्रम शुरुआत गरेका हौँ ।\' गाउँकार्यपालिकाको गत हप्ताको बैठकले बीमामा अनुदान दिनेसम्बन्धी कार्यविधि स्वीकृत गरेसँगै स्वास्थ्य बीमामा सहभागी हुन नसकेको परिवारको तथ्याङ्क सङ्कलन वडा वडामा शुरु गरिएको गाउँपालिका स्वास्थ्य संयोजक हरिलाल आचार्यले बताए । वडा कार्यालयले वडाअन्तर्गतका गरीब घरपरिवारको पहिचान गरी उनीहरुको आवेदन दर्ता गर्ने उनको भनाइ छ । आम्दानी, रोजगारीको अवस्था, ज्याला, विप्रेषण (रेमिट्यान्स) तथा ऋण उपभोगका आधारमा त्यस्ता परिवार छनोट गरिने आचार्यले बताए । सङ्घीय तथा प्रदेश सरकारबाट अनुदान रकम प्राप्त गरेका लाभग्राही भने यस कार्यक्रममा सहभागी हुन नसक्ने जनाएको छ । गरीब, विपन्न तथा अन्य लक्षितवर्गका परिवारले बीमा कार्यक्रमको योगदान रकममा अनुदान माग गर्दा परिवारका सदस्य, उनीहरुको नाममा रहेको घरजग्गाको विवरण, गरगहना र बैंक तथा वित्तीय संस्थाहरुमा ऋण लिए नलिएको लगायतका विवरण भर्नुपर्ने गाउँपालिकाले जनाएको छ । कास्कीमा स्वास्थ्य बीमा गरेका नागरिकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्य उपचारको सेवा लिन पाउनेछन् । आकस्मिक उपचारको हकमा भने मणिपाल र गण्डकी मेडिकल कलेजमा पनि उपचार गर्न सक्ने व्यवस्था गरिएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकको सिफारिशमा अन्य सरकारी अस्पतालबाट समेत सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies