Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

सुरक्षा केन्द्रमा भिषण आक्रमण, कम्तीमा ६५ को मृत्यु

अफगानिस्तान। अफगान गुप्तचर केन्द्रमा मङ्गलबार गरिएको तालिवानी आक्रमणबाट कम्तीमा ६५ जनाको मृत्यु भएको अफगान सुरक्षा निकायले जनाएको छ । यसअघि उक्त आक्रमणबाट १२ जनाको मात्र मृत्यु भएको समाचार आएको थियो । गुप्तचर निकायको तालिम केन्द्रमा शुरुमा विस्फोटक पदार्थले भरिएको एक सवारी साधन विस्फोट गराइएको थियो । त्यसलगत्तै कारमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको सुरक्षा स्रोतले जनाएको छ । “हामीले सोमबार ६५ जनाको शब निकाल्यौं,” वार्दाक प्रान्तका प्रान्तीय परिषदका उपप्रमुख मोहम्मद सरदार बखयारीले बताए। आफ्नो नाम बताउन नचाहने एक जना उच्च सुरक्षा अधिकारीले आक्रमणबाट ७० जनाभन्दा बढी मारिएको हुनसक्ने बताए । सोमबार प्रान्तीय अधिकारीहरुले उक्त आक्रमणबाट १२ जना मात्र मारिएको बताएका थिए । तर, केही सञ्चार माध्यमले १०० जनाभन्दा बढीको मृत्यु भएको समाचार सार्वजनिक गरेका छन् । राष्ट्रिय सुरक्षा विभाग (एनडीएस)को तालिम केन्द्रमा आक्रमण भएकाले मृतकको वास्तविक संख्या बाहिर आएको छैन । राजधानी काबुलबाट करिब ५० किलोमिटर दक्षिणको मैदान शाहरमा उक्त तालिम केन्द्र रहेको छ । आक्रमणबाट तालिम केन्द्रको भवनको छाना आंशिक ध्वस्त भएको देखिएको छ । आक्रमणकारी पनि जवाफी कारबाहीमा मारिएका छन् । वार्दाक प्रान्तीय परिषदका सदस्य अब्दुल वाहिद अक्बरजाईले भवनको छाना ढलेकाले सबैभन्दा बढी क्षति भएको बताए । “यो ठूलो क्षति हो,” परिषदका प्रमुख अख्तर मोहम्मद ताहिरीले बताए । “एनडीएस सैन्यबल अफगान प्रहरी र सेनाको तुलनामा निकै राम्रो तालिमप्राप्त एवं हातहतियारबाट सुसज्जित हुन्छन् ।” उहाँले तालिबानी लडाकूहरुले अफगान विशेष फौजले लगाउने पोशाक लगाएको पनि जानकारी दिए । आइतबार मात्र तालिबानी आत्मघाती आक्रमणबाट लोगार प्रान्तका गभर्नरको सुरक्षामा खटिएका सात जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । सुरक्षा फौज र तालिबान लडाकूबीचको सङ्घर्ष पछिल्ला दिनमा अझ बढेको अनुभव गरिएको छ । विगतमा अफगानिस्तानमा चिसो मौसममा प्रत्यक्ष युद्धका घटना कम हुने गरेका थिए । एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies