Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

कांग्रेसको विरोधले संघीय संसद्का दुवै सदन अवरूद्ध

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका २ पूर्वसभापतिका नाममा स्थापित अस्पताल सरकारले विघटन गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संघीय संसद्का दुवै सदनका बैठक अवरुद्ध गरेको छ । पूर्वाग्रही रूपमा सरकारले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताल खारेज गर्न खोजेको आरोप सोमबार बसेका प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा लगाउँदै कांग्रेसले सदन अवरुद्ध गरेको हो । अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुृर महराले कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई बोल्ने समय दिए । कांग्रेस उपसभापतिसमेत रहेका उपनेता गच्छदारले जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताललाई सरकारमातहत ल्याउने निर्णय सरकारले नगरेसम्म सदन चल्न नदिने अडान राखेका थिए । ‘जबसम्म सरकारले ती २ अस्पताललाई संघीय सरकारको मातहत ल्याउने गरी निर्णय गर्दैन, कांग्रेस कुनै पनि हालतमा सदन सञ्चालन गर्न दिँदैन’, उनले स्पष्ट पारे । पुस १९ गतेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य मन्त्रालयले ११ अस्पतालसम्बन्धी प्रस्ताव पेस गरेकोमा ९ अस्पताललाई सरकार मातहत राख्ने निर्णय गरेको थियो । बाँकी २ अस्पतालबारे कुनै निर्णय भएन । पूर्वपार्टी सभापतिद्वयका नाममा खोलिएका अस्पतालबारे सरकार मौन भएपछि कांग्रेस सरकारसँग आक्रोशित भएको हो । ‘अघिल्लो बिहीबारको मन्त्रिपरिषद् बैठक बसिरहेको बेला मैले प्रधानमन्त्रीसँग भेटेर पार्टीका तर्फबाट यसबारे कुरा राखेको थिएँ’, सरकारप्रति निकै आक्रामक देखिएका गच्छदारले सदनमा भने, ‘प्रधानमन्त्रीले राजनीतिक व्यक्तिका नाममा खोलिएका अस्पतालमा पूर्वाग्रह रहँदैन भन्नुभएको थियो । तर के कारणले यी दुई अस्पतालबारे निर्णय हुन सकेन, नेपाल सरकारको ठूलो पूर्वाग्रह कांग्रेसप्रति देखिन्छ ।’ खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष हुँदा ०७० मा गिरिजाप्रसाद श्वासप्रश्वास उपचार केन्द्र बनाउने गठनादेश भएको थियो । ०७३ मा पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशील कोइराला क्यान्सर अस्पतालबारे निर्णय गरेको थियो । ‘अघिल्लो प्रधानमन्त्रीले गरेको निर्णय वर्तमान सरकारले कसरी हटाउन सक्छ ? ’, उनले भने, ‘आँट छ भने वीपी राजमार्गको नाम परिवर्तन गरेर केपी ओली राजमार्ग बनाउनुस् हामी पनि हेरौंला । त्यस्तो गर्न पाइन्छ ? घोर अराजनीतिक काम गर्न पाइन्छ ? ’ संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने गिरिजाप्रसाद र संविधान जारी गरेर त्यसलाई संस्थागत गर्ने सुशील कोइरालाको नामका अस्पताल खारेज गरेर सरकारले दुवैका योगदानको अवमूल्यन गर्न खोजेको उनको आरोप थियो । ‘आज त्यही व्यवस्थामा टेकेर ओली प्रधानमन्त्री बन्नुभएको छ, जुन व्यवस्थाअनुसार सार्वभौम संसद् बनेको छ, यो उहाँहरूप्रतिको मात्र अपमान होइन, यो संसद्कै अपमान हो’, उनले थपे, ‘कांग्रेसको इतिहास मेटाउन कसैले खोज्छ भने त्यो असमर्थ छ, यो धर्ती रहन्जुलेसम्म ।’ तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा दुई देशका प्रधानमन्त्रीको संयुक्त विज्ञप्तिमा ती दुई अस्पताल सञ्चालनमा भारतले सघाउने समझदारी भएको सुनाउँदै उनले भने, ‘सरकारको निर्णयमा कांग्रेस चुप लागेर बस्ने ? कांग्रेस हात बाँधेर बस्ने ? ’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending