Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

डा. केसीविरुद्ध अनसन बसेका थापा अपराधमा संलग्न

काठमाडौं । डा. गोविन्द केसीको मागमा असहमति जनाउँदै अनसनरत विजय थापा आपराधिक पृष्ठभूमीका व्यक्ति रहेको रहस्य खुलेको छ । ओखलढुंगाको तत्कालीन सिस्नेरी गाविसका थापा यसअघि उदपुर कटारीमा चन्दा असुलीको अरोपमा सार्वजनिक अपराध सँजाय ऐन अन्तर्गत मुद्दा खेपेको प्रहरी अभिलेखमा देखिएको छ। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - विद्यार्थीकाल देखि नै तत्कालीन विद्रोही माओवादीमा लागेका थापा माओवादीको भातृ संगठन वाईसिलएलको नाममा चन्दा असुली गरेको आरोपमा २०७० असारमा जिल्ला प्रहरी कायालय उदयपुरले सार्वजनिक अपराध सँजाय ऐनमा मुद्दा चलाएको प्रहरी अभिलेखबाट खुलेको छ । तिनै थापा उदयपुरको कटारीबाट सार्वजनिक अपराध मुद्दामा छुटेपछि उनी सिरहाको मिर्चैयामा २०७१ मा पेस्तालसहित पक्राउ परेपछि हतियार खरखजानमा मुद्दा खेपेको प्रहरीको क्रिमिनल डाटा सिष्टमबाट देखिएको छ। त्यसअघि थापालाई जिल्ला प्रहरी कार्यालय धनुषाले ढल्केबगरबाट २०६७ जेठ २४ गते पेस्तोलसहित पक्राउ परेका थिए। तत्काली धनुषा जिल्लाका प्रहरी प्रमुख एसपी सर्वेन्द्र खनाल (बर्तमान प्रहरी प्रमुख) को कार्यकालमा ढल्केबगरबाट थापासहितका केही व्यक्तिलाई पक्राउ गरेका थिए। थापा हाताहतियार खरखजाना मुद्दामा धरौटीमा छुटेको अभिलेख प्रहरीमा रहेपनि पूर्ण फैसलाका बारेमा प्रहरी बेखबर देखिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख गोविन्द थपलियाले थापा हातहतियार खरखजाना मुद्दामा धरौटीमा छुटेको अभिलेखमा देखिएको पुष्टी गरे। भने, उनको अभिलेख पल्टाउँदा हातहतियार मुद्दामा धरौटीमा छुटेको देखियो बाँकी थाहाभएन। प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका डीआइजी विकास श्रेष्ठले थापा हतियारसहित पक्राउ परेपनि केही समय जेल बसेर छुटेको बताए। उनले भने, हाम्रो अभिलेखमा यो देखिन्छ। थप अनुसन्धान गर्दैछौं। थापा केही समय जेल बसेर धरौटीमा छुटेपछि पुन इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको प्रहरी अभिलेखले देखाएको छ। यस विषयमा प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले भने गैरजिम्मेवारीपूर्ण जफाव दिए। उनले यस विषयमा प्रहरीले क्रिमिनल डाटा रेकर्ड नहेरेको र मंगलबार मात्रै थप पत्ता लाग्ने बताए। भने, हामी डाटा रेकर्ड सिष्टम हेर्छौं यदि थापको त्यस्तो रहेछ भने कानुन बमोजिम जान्छौं।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending