Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

अदुवाकाे उचित मूल्य पाएपछि कृषक खुशी

कावासोती । अघिल्लो वर्ष अदुवाको मूल्य नपाएर चिन्तित बनेका नवलपुरको पहाडी क्षेत्रका कृषक यस वर्ष भने उचित मूल्य पाएपछि खुशी भएका छन् । पूर्वनवलपुरको नरम, जौवारी, अर्खला, कोटथर, रकुवा, आमडाँडा, व्यागन, भारतीपुर, धौवादीलगायत ठाउँका अधिकांश कृषकको अदुवा मुख्य बाली हो । सो क्षेत्रका कृषकले अघिल्लो वर्ष एक धार्नी अदुवा रु ५० मा बिक्री गरेकामा यस वर्ष रु १५० मा बिक्री गरिरहेका छन् । \'गत वर्षभन्दा तेब्बर मूल्यमा अदुवा बिक्री गरिरहेका छौँ,\'कोटथरका हेमान सिङ्जालीले भन्नुभयो, \'गत वर्ष सित्तैमा दिएको जस्तो भएको थियो ।\' आम्दानीको मुख्य स्रोेतका रुपमा रहेको अदुवाले पछिल्लो केही वर्ष उचित मूल्य नपाउँदा कृषकमा मारमा परेका थिए । नरम गाउँका प्रकाश खाम्चा यस वर्ष अदुवाबाट मनग्य आम्दानी भएको बताउछन् । \'मूल्य व्यापारीले तोक्छन्, उनीहरुकै अनुसार अदुवा बिक्री गर्नुपर्छ,\' उनले भने । स्थानीय व्यापारी तुलबहादुर गाहा अदुवाको मूल्यमा गिरावट हुने सम्भावना कम रहेको बताउछन् । उनले यहाँबाट खरिद गरेको अदुवा दलदले, भिमाद, रामपुरलगायत बजारमा बिक्री गर्दै आउनुभएको छ । यस वर्ष उनले अदुवाको सुठोबाट समेत राम्रै आम्दानी गरिरहेका छन् । अघिल्लो वर्ष सुठो प्रतिधार्नी रु ३५० मा खरीद बिक्री भएको थियो । यस वर्ष प्रतिधार्नी रु ८०० मा बिक्री भइरहेको छ । कतिपय कृषक बिचौलियाका कारण मारमा परेका छन् । सो क्षेत्रमा सडक जिर्ण भएकाले कृषकलाई अदुवा ढुवानी गर्न समस्या हुने गरेको छ । \'गाउँमा आउने व्यापारीले जति मूल्य भन्यो त्यतिमा दिनुपर्ने बाध्यता छ,\' नरमका टेकबहादुर थापाले भने, \'ढुवानीको समस्याले अझै चाहेजस्तो मूल्य पाउन सकेका छैनौँ ।\' नवलपुरको पहाडी क्षेत्र अदुवा, अम्रिसो र अमिलोको पकेट क्षेत्रका रुपमा चिनिन्छ । कृषि उत्पादन बढाउन तथा बजारीकरण गर्न गाउँपालिकाले योजना अघि सारेको बौदीकाली गाउँपालिका–६ का वडाध्यक्ष नेमबहादुर थापा बताउछन् । सो गाउँपालिकाले वडा नं १ र ३ मा कागती, २ मा धान, ४ मा अम्रिसो, ५ मा सुन्तला र वडा नं ६ मा अदुवाको पकेट क्षेत्रको योजना बनाएको उनले बताए । \'कृषि उत्पादन बजारीकरण गर्न खरीद केन्द्र स्थापना गर्ने योजना छ,\' उनले भने । यस वर्ष नवलपुरकै बुलिङटार गाउँपालिकामा अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि सांसद विकास कोषको रु १० लाख विनियोजन गरिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies