Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

ठेकेदार कम्पनीलाई मेलम्चीले नेपाल फर्कन दिएको समय समाप्त

काठमाडाैं । मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाले शनिबार बेलुकासम्म कुनै जवाफ आयोजनालाई पठाएको छैन । आयोजनाले शुक्रबारसम्म कम्पनीका प्रतिनिधि र कामदार नेपाल नफर्के ठेक्का रद्द गर्न आवश्यक प्रक्रिया सुरु गर्ने चेतावनीसहितको इमेल ठेकेदार कम्पनीलाई पठाएको थियो । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - ‘ठेकेदार कम्पनीले हामीलाई आजसम्म कुनै रेस्पोन्स नै गरेन,’ आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले भने, ‘सकेसम्म पुरानै कम्पनीबाट बाँकी काम सम्पन्न गरौँ, राष्ट्रिय गौरवको आयोजना समयमा सम्पन्न गरौँ भन्ने थियो, तर सम्भव भएन ।’ पुरानै ठेकेदार कम्पनी फर्काउन सके नेपाली सप्लायर्सको उठाउन बाँकी रकम उठाउन सजिलो हुन्छ भनेर आयोजनाले प्रयास गरेको भए पनि सम्भव नभएको उनले बताए । मेलम्ची आयोजना बोर्डको बैठक आज आयोजनाका कार्यकारी निर्देशक कँडेलले आइतबार बोर्डको बैठक बसेर ठेक्का रद्द गर्न १४ दिने सूचना जारी गर्नेलगायतका निर्णय गरिने जानकारी दिए । यसअघि ठेकेदार कम्पनी सिएमसीले आयोजनाको बाँकी काम सम्पन्न गर्न र कम्पनीले पाउन बाँकी सबै बक्यौता रकम बाँकी काम सम्पन्न गर्नुअघि नै पाउनुपर्ने, जफत गरिएको धरौटी रकम फिर्ता हुनुपर्ने र काम सुरु गर्नुअघि सिंगापुर वा लन्डनमा वार्ता गर्नुपर्ने, कम्पनीका प्रतिनिधिको पासपोर्ट जफत नगर्ने प्रतिबद्धता आउनुपर्नेलगायतका सर्त अघि सारेको थियो । आयोजनाले युद्धको अवस्था नभएको र शान्ति–सम्झौता गर्नुपर्ने पनि होइन भन्दै काठमाडौंमै वार्ता गर्न सकिन्छ भनेर पत्र लेखेको थियो । मन्त्रिपरिषद्बाट विशेष निर्णय गरेर आयोजनाको काम सुचारु गरे चार–पाँच महिनामा मेलम्चीको पानी काठमाडौं ल्याउन सकिने कार्यकारी निर्देशक कँडेलले बताए । ‘३–४ प्रतिशत काम मात्र बाँकी छ । बाँकी काम विशेष खालको भएकाले ठेकेदार कम्पनीले पनि सब कन्ट्र्याक्टरमार्फत गर्ने हो,’ उनले भने, ‘ती सबैसँग हामी सम्पर्कमा छौँ, उनीहरूबाटै समयमै काम सम्पन्न गर्न सकिन्छ ।’ नयाँ निर्णय गरेर आयोजनाको बाँकी काम अघि बढाउँदा आयोजनामा लगानी गरेको एडिबीलाई पनि कुनै पनि आपत्ति नहुने उनले दाबी गरे । सामान्य प्रक्रियामा गए मेलम्चीको काम सकिन अझै दुई वर्ष लाग्छ ठेकेदार कम्पनीले काम छाडिसकेको अवस्थामा सामान्य प्रक्रियामा गए मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न हुन अझै दुई वर्षभन्दा बढी समय लाग्ने आयोजनाले जनाएको छ । नेपाल सरकारको ठेक्कासम्बन्धी नियम र एसियन डेभलपमेन्ट बैंक (एसडिबी)को सबै प्रक्रिया सम्पन्न गर्न नौ महिनाभन्दा बढी लाग्ने त्यसपछि ठेकेदार कम्पनीलाई काम सुरु गर्ने समय दिनुपर्नेलगायतको नियम रहेको कार्यकारी निर्देशक कँडेलले बताए । ठेकेदार कम्पनीले हामीलाई आजसम्म कुनै रेस्पोन्स नै गरेन । सकेसम्म पुरानै कम्पनीबाट बाँकी काम सम्पन्न गरौँ, राष्ट्रिय गौरवको आयोजना समयमा सम्पन्न गरौँ भन्ने थियो, तर सम्भव भएन सिएमसीको धरौटी रकममध्ये ६० लाख युरो जफत कम्पनीका प्र्रमुख व्यवस्थापक क्रिस्टियानो ग्रेलगायतको २७ जनाको टोली अंग्रेजी नयाँ वर्ष मनाउन भन्दै नेपाल छाडेका थिए । ठेकेदार कम्पनीका सबै प्रतिनिधि आयोजनास्थल छाडेर काठमाडौं आएपछि खानेपानी मन्त्रालयले गृह मन्त्रालयको सहयोगमा कम्पनीका प्रतिनिधिलाई नियन्त्रणमा लिएर उनीहरूको राहदानी जफत गरेको थियो । नेपालका लागि इटालियन राजदूतको पहलमा काममा फर्कने सर्तमा सरकारले कम्पनीका प्रतिनिधिलाई नेपाल छाड्ने अनुमति दिएको थियो । उनीहरूले जनवरी पहिलो साता नै नेपाल फर्किसक्ने प्रतिबद्धता जनाएका थिए । यसअघि कम्पनीले डिसेम्बर १७ मा आयोजना सम्पन्न गर्न नसक्ने भन्दै कम्पनीले आयोजनालाई ठेक्का रद्द गर्न (लेटर टु टर्मिनेसन) बुझाएको थियो । कम्पनीले आफू टाट पल्टिएकोबारे इटालीको अदातलमा निवेदन दर्ता गरिसकेकोे, ठेकेदार कम्पनीको क्यासफ्लोमा महिनौँदेखि समस्या रहेको, कम्पनीको बैंक खाता एकतर्फी भएको, नेपालले भुक्तानी दिएको पैसा कम्पनीको खातामा जाने, तर मेलम्ची निर्माणमा खर्च नहुने अवस्था आएको भन्दै आयोजना कम्पनीले नेपाली बैंकमा राखेको कुल धरौटी रकममध्ये ६० लाख युरो पनि आयोजनाले जफत गरिसकेको छ । ठेकेदार कम्पनीले नेपाली सप्लायर्स र कामदारलाई एक अर्ब ५८ करोडभन्दा बढी भुक्तानी दिन बाँकी छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending