Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

प्रधानमन्त्री ओलीमाथि संसदमा १० प्रश्न, पढ्नुहोस –ओलीका १० उत्तर

काठमाडौं । प्रतिनिधिसभमा सांसदहरुले प्रधानमन्त्री केपी ओलीसँग पहिलोपटक प्रत्यक्ष प्रश्नोत्तर गरेका छन् । बैठकमा १० जना सांसदहरुले प्रधानमन्त्रीसँग सवाल जावाफ गरेका थिए । पढ्नहोस् सवालजवाफ– गगन थापा– डा. गोविन्द केसीका माग सम्बोधन गर्न प्रधानमन्त्रीले नचाहेको हो ? प्रधानमन्त्री – एउटा शिलशिला डा। गोविन्द केसीको छ । जनप्रतिनिधिहरुको सर्वोच्च संस्था जसले संविधान बनायो, कानुन बनायो र सरकार बनायो । संसदको सर्वोच्चताप्रति, निति निर्माणप्रति सबैले स्वीकार गर्नुपर्छ । गोविन्द केसीको अनसन १६ औँ पटक हो । १५ औँ पटक सम्झौता भएको हो । केसीसँग भएको सम्झौता तत्कालिन परिस्थितको तत्कालीन आवाश्यक्ता थियो । त्यो सम्झौताप्रति सरकार प्रतिबद्ध छ । त्यसैअनुसार सरकारले संसदमा ऐन पेश गरेको छ । संसदको सर्वोच्चताप्रति सरकारले बहुमतका आधारमा त्यसको मर्यादामा थिचोमिचो गर्दैन । मेरो आग्रह छ –सरकारले गरेका कामकारवाही र कानुनबारे संसदले छलफल गर्छ । सरकारले जे ल्यायो त्यही पास गर्दैन । कानुनको सर्वोच्चता र पालना सवैले गर्नुपर्छ । विधिविधान र प्रणालीबाहिर कोही जान मिल्दैन भनेर ध्यान जान आग्रह गर्दछु । खगराज अधिकारी– नेपाललिक्सको प्रतिवेदनमा नेपालका केही धनाढ्यहरुले विदेशमा रकम राखेको भन्ने सामाचार आएको छ । यसबारे सरकारको धारणा के हो र छानविनको प्रकृया कसरी अघि बढिरहेको छ ? प्रधानमन्त्री– वर्तमान सरकार देशमा सुशासन र विकासप्रति प्रतिवद्ध छ । भ्रष्टाचार नियन्त्रण नगरी सुशासन सम्भव छैन । देशलाई घाटा पार्ने कुरा सरकारलाई मान्य छैन । कानुनको दायराभन्दा बाहिर गएर आर्थिक गतिविधि गरेका भन्ने कुरा बाहिर आएका छन् । समाचारमा आएका र चर्चामा आएका कुरालाई सत्य नै भन्न मिल्दैन । यद्यपि ती कुरालाई सरकारले आवश्यक खोजतलास गर्नेछ । डा. मिनेन्द्र रिजाल– कांग्रेस नेताका नाममा सञ्चालन भएका अस्पताल विघटनको दोसाधमा पुर्याएको छ । वास्तविकता के हो ? प्रधानमन्त्री– सुशील कोइराला र जीपी कोइरालाका नाममा सञ्चालित अस्पतालहरु नचल्नेगरी देखाउनेमात्रै होइन । चल्ने बनाउनुपर्छ । भारतले बजेट दिन्छ भन्ने कुरा पनि आएको थियो । यदी भारतले दिन्छ भने त्यसलाई कसरी सञ्चालन गर्ने, कसरी प्रभावकारी ढंगले अघि लैजान सकिन्छ भनेर छलफल भएको हो । यसलाई मास्ने समाप्त पार्ने सरकारको योजना छैन । काँग्रेसका बरिष्ठ नेता, सभापति र अन्य नेताहरुसँग हिजोबेलुका मात्रै पनि भनेको छु । ति अस्पताल प्रभावकारी ढङ्गले कसरी सञ्चालन गर्ने भन्ने नै सरकारको योजना छ । यथावत राखेर चल्दैन । जमिन मात्रै राखेर पनि चल्दैन । प्रभु साह– २०७४ साल साउन महिनामा आएको भीषण बाढीपछिको पुननिर्मााण कसरी भइरहेको छ ? प्रधानमन्त्री– यो सरकार जनताको सरकार हो । जनता र देशका निम्ति सरकार काम गर्छ । समस्यामा परेका जनतको समस्या समाधान गर्न लाग्छ । ७२ सालको भूकम्पबाट प्रभावितलाई आवासको प्रबन्ध गर्दैछ । महिला, बालबालिका, एकल महिलालगायतका घरहरु निर्माणमा प्राथमिकता दिएको छ, दिन्छ । अरु बाढीबाट क्षति वा पहिरोबाट मर्कामा परेकालाई हेरविचार गर्नुपर्छ नै । त्यसबाहेक अरुलाई पनि हेर्नुपर्छ । त्यसकारण सुरक्षित एकीकृत बस्तीको अवधारणा ल्याएको छ । जनताआवास कार्यक्रम र विपत्तिबाट भएका क्षतिलाई ध्यान दिनुपर्छ दिइरहेको छ । यदि कही कमी भएको छ भने सरकार त्यसको समाधान गर्न तयार छ । दिलेन्द्रप्रसाद बडु – प्रधानमन्त्रीको आसन्न स्वीजरल्याण्ड भ्रमणको पूर्वसन्ध्यामा नेपालका केही मानिसको स्वीस बैंकमा राखिएको भनिएको रकमका बारेमा त्यहाँ केही छलफल गर्ने योजना छ कि रु प्रधानमन्त्री – कानुनको कार्यान्वयन गर्न सरकार तयार छ । यस सम्बन्धमा कतिपयले खण्डन गरिसक्नु भएको छ । अझै कतिले गर्छन् त्यो पनि हेर्न बाँकी छ । यद्यपि यसबारे सरकार छानविन गर्न तयार छ । रेखा शाह – शान्ति प्रकृृयाको लामो समय वितिसकेको छ । जनयुद्धकालिन मुद्दाहरुको निरुपण र बेपत्ताहरुको खोजीकार्य अझै अधुरो रहेको छ । बेपत्ता र सत्य निरुपण आयोगको म्याद आगामी २६ गते सकिँदैछ । यसबारे सरकारको जवाफ माग्न चाहान्छु । प्रधानमन्त्री – लडाकुको व्यवस्थापन भएको छ । शान्तिको बाटोमा हामी सबै एकजुट भएर सहमतिका साथ तिनै तहका निर्वाचन भए । संविधान बनाइयो । द्वन्द्वकालीन केही विषयहरु सम्बोधन हुन बाँकी छन् । त्यसका लागि आयोग बनाइएको छ । द्वन्द्वको अन्त्य गर्नु सरकारको प्रमुख दायित्व हो । त्यसका लागि सरकार संवेदनशील छ । कृष्णभक्त सुवेदी– स्वीजरल्याण्डामा हुने बैठकबाट नेपालले के फाइदा लिन्छ ? प्रधानमन्त्री – म जनवरी २२ देखि स्वीजरल्याण्डमा हुने बैठकमा सहभागि हुन जादैछु । हामीले विभिन्न चरणहरु पार गर्दै यहाँसम्म आइसकेका छौँ । अब हामी विकासका लागि प्रयत्नरत छौँ । त्यसका लागि आवाश्यक पुर्वाधार र पक्षहरुलाई अगाडि बढाएका छौ । शिक्षाको क्षेत्रमा साक्षरता अभियान, ल्याण्डलकको अवस्थाको अन्त्य । लक दुवैतिरबाट खुलिसक्यो । विकासका प्रयासहरुलाई चौतर्फी अगाडि बढाउन लागिरहेका छौँ । वर्ल्ड बैंक र एडीवीलगायतका संस्थासँग श्रोत जुटाउन छलफल भइरहेको छ । भारत र चीन सरकारसँग पनि कुराहरु भइरहेका छन् । विकासलाई मुर्त रुप दिन हामी लागिरहेका छौ । त्यतिकै भनिरहेका छैनौँ–बन्द भएका उद्योगहरु चलाउने प्रयासहरु भइरहेका छन् । हिजोमात्रै ग्यास पाइपलाइनको कुरा गर्यौँ । निर्णय गर्यौँ । विश्व आर्थिक मञ्चको बैठकमा हामीले गरेको द्वन्द्व व्यवस्थापन, राजनीतिक उपलव्धि लगायतका विषयको जानकारी गराइन्छ । जसले हामीलाई विश्वले विश्वास गरोस् । त्यो मञ्च विकास, लगानी र आर्थिक गतिविधिका लागि गम्भिर र उच्चस्तरीय र सबभन्दा ठुलो उपलव्धि मान्नुपर्ने हुन्छ म त्यसैगरी म आफ्ना धारणाहरु राख्नेछु । त्यसैक्रममा कोलम्बियालगायत विभिन्न देशका नेताहरुसँग नेपालकोबारेमा छलफल गर्नेछु । पहिलोपटक लावोसमा नेपालले आफ्नो अवस्था र नेपालप्रतिको धारणा बुझ्ने काम हुन्छ । यो मञ्चमा कुनै सहमति वा सम्झौता हुदैन । नेपालको इज्जत र प्रतिष्ठा बढाउने काम हुन्छ । यसले पछि प्रतिफल दिनेछ । अत्तरकुमाल मुसलमान– सरकारले ५० अर्ब भन्दा ठूला आयोजना विनाटेण्डर काम गर्न दिने निर्णयले कसरी आर्थिक सुशासन हुनसक्छ ? प्रधानमन्त्री– माननीयको चिन्तामा सरकारले कुनै निर्णय गरेको छैन । ५० अर्वभन्दा माथिका योजना प्रधानमन्त्रीले सिधै त्यसरी यो प्रणालीमा दिँदैन । माननीय भ्रममुक्त हुनुस् । प्रदीप यादव– संविधान संशोधन कहिले हुन्छ । संघीयता कमजोर पार्ने प्रहरी विधेयक ल्याउनुको कारण के हो ? प्रधानमन्त्री– संविधान संशोधन आवश्यक्ताले र औचित्यले गर्ने हो । यसलाई फेसनको विषय बनाउनुहुँदैन । मैले पहिलेदेखि भन्दै आएको छु । यो देशका लागि बनाएको हो । यो अपरिवर्तनीय होइन । त्यसकारण सैद्धान्तिक हिसावले संविधान संशोधन गर्न हामी तयार छौ । राष्ट्रिय हित र आवाश्यक्तालाई मध्यनजर गरेर संविधान संशोधन गर्न सकिन्छ । जनतालाई सम्मानित बनाउन, विकास बढाउन जहिले संशोधनको औचित्य हुन्छ त्यसवेला अनिवार्य पनि हुन्छ । चन्दा चौधरी– मधेस आनदोलनका लागि गठित गिरिशचन्द्रलाल नेतृत्वको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ? प्रधानमन्त्री– राम्रो प्रश्न गर्नुभयो । हामीले विभिन्न प्रकारका आनदोलन गर्यौ । तिनै आन्दोलनबाट आज संघीय संरचनामा पुगेका छौँ । कहिलेकहिले विभिन्न नीतिहरुलाई अङ्गालेर आन्दोलन गरेपनि हामी संघीय संरचनामा पुगेको सत्य हो । आयोगको प्रतिवेदन सार्वजनिक मात्रै होइन, त्यसको आवश्यक्ताअनुसार अघि बढ्ने कुरालाई ध्यानमा राखेर सरकार अघि बढ्छ । सकारात्मक कार्यान्वयनलाई सरकारले ध्यान दिएको छ । चित्र, ऐना हेर्नुपर्छ । अब हिजोका घाउ मेटाउन सम्पूर्ण आयोगहरुको सकारात्मक कार्यान्वयन गर्नुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending