Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

खाडीबाट फर्कंदा तस्करीको सुन

काठमाडौँ । सुन तस्करीको अन्तर्राष्ट्रिय गिरोहले खाडीबाट फर्किएका कामदारलाई तस्करीमा प्रयोग गर्न थालेको पाइएको छ । विशेष गरी कतारबाट फर्किनेहरू तस्करीको सुनसहित पक्राउ पर्न थालेका छन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छ - गत आइतबार महानगरीय प्रहरी परिसरले पिंगलास्थानबाट समीर श्रेष्ठलाई सुनका पाँच थान चुरा (२५० ग्राम) सहित पक्राउ गर्‍यो । समीरले कतारबाट फर्केका ५ कामदारबाट उक्त सुन संकलन गरेका थिए । प्रहरीका अनुसार कतारमा रहेका समीरका आफन्तले ती कामदारलाई जनही ६ हजार दिने सर्तमा सुन ओसार्न लगाएका थिए । समीरले यस्तो सुन विमानस्थलबाहिर संकलन गर्ने र बजारमा बेच्ने गरेको प्रहरी अनुसन्धानले देखाउँछ । विदेशमा एक वर्षभन्दा बढी काम गरेका श्रमिकले फर्किंदा ५० ग्रामसम्म सुनको गहना ल्याउन पाउँछन् । संगठित सुन तस्करले पछिल्ला दिन यही प्रावधानको फाइदा उठाइरहेका छन् । ‘कामदारलाई केही हजारको लोभ देखाएर सुन पठाउने र विमानस्थलबाहिर बसेर एजेन्टले संकलन गर्ने गरेको देखिन्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले भने । यस्तो सुन बिक्रीबाटै कतिपयले मासिक ४ देखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त गौशालाले मात्रै पछिल्लो तीन महिनामा ९ सय ५० ग्राम सुनसहित चार कामदारलाई पक्राउ गरिसकेको छ । अरूका निम्ति सुन ओसारेका उनीहरू चारै जना खाडीबाट फर्किएका हुन् । असोज ९ गते वृत्तले १ सय ५० ग्राम सुनका तीनवटा बालासहित सागिर सफिरलाई पक्राउ गरेको थियो । त्यस्तै कात्तिक ११ गते २ सय ग्राम सुनसहित पूर्णबहादुर विश्वकर्मा, पुस २४ गते ५ सय ग्राम सुनसहित सोन श्रेष्ठ र पुस ३० गते सय ग्राम सुनसहित खेमप्रसाद सापकोटा पक्राउ परे । पछिल्ला पाँच महिनामा मात्रै नेपाल प्रहरीको विमानस्थलस्थित टोलीले १५ केजीभन्दा धेरै अवैध सुन बरामद गरिसकेको देखिन्छ । त्यसको ठूलो हिस्सा वैदेशिक रोजगारीबाट फर्केकाबाटै जफत भएको छ । टोलीले साउनमा १ किलो ६ सय ९७ ग्राम, भदौमा ७ सय ८१ ग्राम, असोजमा १ सय ९० ग्राम, कात्तिकमा ६ सय २३ ग्राम र मंसिरमा सबैभन्दा धेरै अर्थात् १६ सय ६८ ग्राम अवैध सुन बरामद गरेको थियो । विमानस्थल सुरक्षामा खटिएका एक प्रहरीका अनुसार कैयन् कामदार हातभरि सुनको बाला वा बेरुवा औंठी लगाएर आउँछन् । कानुनले तोकेकै परिणामको सुन देखिएपछि भन्सारका अधिकारी पनि शंका गर्दैनन् । तर कामदार जसै विमानस्थल बाहिर निस्कन्छन्, पर्खेर बसिरहेका व्यक्तिलाई बाला र औंठी बुझाएर बाटो लाग्छन् । प्रहरीले कडाइ गरेपछि तस्करहरूले ट्राभल एजेन्सीहरूलाई पनि यो धन्दामा उपयोग गरेको ती प्रहरीले बताए । विमानस्थलमा कार्यरत एक उच्च प्रहरी अधिकारीका अनुसार ‘अराइभल’ क्षेत्रमा प्रहरी उपस्थिति नहुँदा भन्सार कर्मचारीसँगको मिलेमतोमै सुन तस्करी भइरहेको छ । ‘डिपाचर’ तर्फ प्रहरीको उपस्थिति र खानतलासी हुने गरे पनि अराइभल क्षेत्रमा उड्डयन प्राधिकरणले नै प्रहरीलाई रोक लगाएको छ । ‘एकैचोटि किलोका किलो नभए पनि प्रत्येक दिन स–सानो परिमाणमा भित्रिरहेको छ,’ ती प्रहरी अधिकारीले भने । विमानस्थल प्रहरीका एसपी दिनेश मैनालीका अनुसार कतार र दुबईबाट आउने कामदारलाई सुन तस्करले बढी उपयोग गरिरहेका छन् । ‘घर फर्केका कामदारहरू केही हजार रुपैयाँ पाइने लोभको पासोमा पर्नु दु:खलाग्दो कुरा हो,’ उनले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending