Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

फरक विश्वास बोकेको धार्मिक पीठमा तीर्थालुले भरिभराउ

तुलसीपुर। जिल्लाका फरक ‘विश्वास’ बोकेका बाह्रकुने दह र देउखुरीको बगरबाबा रिहार र छिमेकी जिल्ला प्युठानको ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल स्वर्गद्धारीसम्म जाने आन्तरिक र बाह्र पर्यटक बढेका छन् । गुण्टा कुम्ला बोकी तीर्थ निस्केकाको भिडले सडकै भरिएको छ । पर्यटक लेखेका नेपाली नम्वर र भारतीय गाडीको समेत यहाँ बाक्लो उपस्थिति देखिएको छ । सडकदेखि मुख्य बजार र तीर्थस्थलमा घुइँचो लागेको छ । आन्तरिकसँगै छिमेकी देश भारतबाट समेत भक्तजन दर्शन र मनोकांक्षा पूरा गर्न आएका छन् । उनीहरूले माघे सङ्क्रान्तिमा दह र रिहारमा धार्मिक तिर्थाटन गर्ने गरेका छन् भने धेरै भारतीय पर्यटकका लागि अहिले स्वर्गद्धारी प्रमुख धार्मिक रोजाइको पीठ बनेको छ । विशेष गरेर दाङका विभिन्न तीर्थस्थलमा आजदेखि माघ १ गतेसम्म भक्तजन र सर्वसाधारणको भीड लाग्ने गरेको छ । बाह्रकुने दहमा भेडा, कुखुराको बलि दिनेको पनि भीड लाग्ने गरेको छ । रिहारको दहमा तातोपानी रहेकाले तातोपानीमा नुहाउदा चर्म रोग निको हुने विश्वासका कारण पनि धेरै भारतीय पर्यटक त्यहाँ आउने गरेका छन् । माघे सङ्क्रान्तिमा लाखौँले रिहारको तातोपानी र दहमा स्नान गर्दै आएको स्थानीय समाजसेवी रेशमबहादुर खड्काले बताउनुभयो । बराह मन्दिर व्यवस्थापन समितिका अनुसार सयौँ दर्शनार्थीले मन्दिर र तालको दर्शन गर्छन् । त्यो मन्दिरमा चिच्याएर भाकल गर्ने विश्वास छ र त्योअनुसार नै भाकल गर्ने चलन छ । रिहारमा बगर बाबा, ब्राह, शिव मन्दिर र तातो पानीको कुण्ड छ । त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने र चमर रोग निको हुने धार्मिक विश्वास छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies