Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सस्तो पाइने भन्दै रुपैडिहामा उपभोक्ताको भीड

नेपालगञ्ज। घरायसी प्रयोजनका सामाज खरीद गर्न बाँकेको सीमापारि भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको प्रत्येक दिन घुइँचो नै लाग्ने गर्दछ । कारण एउटै हो, नेपालगञ्जभन्दा भारतीय बजार रुपैडिहामा सबै सामान सस्तो पाइन्छ भन्ने बुझाइ । यहाँका उपभोक्तामा जरो गाडेर बसेको यो बुझाइ नयाँ भने होइन । “हामीले नेपाली उपभोक्तामा जरो गाडेर बसेको यो बुझाइ तोड्न धेरै प्रयत्न ग¥यो, तर सफल भने हुन सकेका छैनौँ”, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यको भनाइ छ । भारतीय बजारबाट उपभोक्ताले ल्याउने सामानमा नेपालगञ्ज भन्सार कार्यालयले कडाइ नर्दा पनि उपभोक्ताको रोजाइमा भारतीय बजार परेको उहाँको भनाइ छ तर, भन्सार कार्यालय भने यो कुरा मान्न तयार छैन । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौला भन्छन्, “हामीले सामान ल्याउँदा भन्सार लिने गरेका छौँ, तर व्यावहारिक पक्षलाई ख्याल गर्दा केही खुकुलो भएको मात्र हो ।” भन्सार प्रमुखको यो प्रष्टीकरणले भने मूर्तता पाउन सकेको छैन । भन्सार नतिरेरैै व्यक्तिगत उपभोक्ताले दिनहुँजसो रुपैडिहा बजारबाट चामल, दाल, चिनी, तेल, लुगाकपडा, विद्युतीयलगायतका सामग्री ल्याउने गरेका छन् । नेपालगञ्ज फुलटेक्राकी साहान ठकुरीले भने, “म महीनामा दुई÷तीन पटक रुपैडिहा बजार जाने गर्छु । मैले सामान ल्याउँदा अहिलेसम्म भन्सार तिर्नुपरेको छैन ।” सहानाजस्ता सयौँ उपभोक्ताले दिनहुँ रुपैडिहा बजारबाट घरायसी र व्यक्तिगत प्रयोजनका सामान भन्सार नतिरेरै ल्याउने गरेका छन् । यही कुराले नेपालगञ्जमा व्यापारीलाई सधैँ चिमोट्ने गर्छ । भन्सार तिर्न नपरेपछि रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड त्यहाँका व्यापारीका लागि थेगी नसक्नु छ भने नेपालगञ्जका व्यापारी पसलमा ग्राहक पर्खी बस्नुपर्ने विडम्बनापूर्ण स्थिति छ । अझ चाडपर्व, बिहे, व्रतबन्धको समयमा त रुपैडिहा बजारका पसलमा नेपाली ग्राहकलाई खुट्टा राख्ने ठाउँ नै हुँदैन । नेपाली उपभोक्तालाई ध्यानमा राखेर नै रुपैडिहामा सपिङ मल, सपिङ मार्टलगायतका ठूलाठूला पसल खुलेका छन् । केही महीनाअघि नेपालगञ्ज भन्सार कार्यालयले रु एक हजार बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने उर्दी गरेपछि बीचमा केही समय रुपैडिहा जानेको सङ्ख्यामा कमी आएको थियो । यो निर्णय दीर्घकालीन हुन नसक्दा अहिले फेरि रुपैडिहा जाने नेपाली उपभोक्ताको सङ्ख्या ह्वात्तै बढेको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्य भन्छन्, “रुपैडिहामा सबै सामान सस्तो पाइन्छ भन्ने गलत बुझाइका कारण नेपालगञ्जमै सस्तोमा पाइने बहुर्राष्ट्रिय कम्पनीका सामान समेत नेपाली उपभोक्ताले महँगोमा किनेर ल्याउने गर्दछन् ।” रिक्सा, टाँगा र माइक्रोबसमा कोचिएर, भारतीय कष्टमका कर्मचारी र एसएसबीको हेपाइ सकेर किन नेपाली रुपैडिहामा सामान किन्न जान्छन् त रु प्रायः सबै उपभोक्ता भन्छन, “नेपालगञ्जभन्दा रुपैडिहामा सामान सस्तो पाइन्छ र भन्सार पनि तिर्नु पर्दैन ।” घरको करेसाबारीलाई बाँझो राखेर खुर्सानी, लसुन, बेसारसम्म किन्न रुपैडिहा जानेको भीडले गर्दा भारतीय व्यापारी मालामाल भइरहेका छन् । रुपैडिहामा दैनिक कति नेपाली किनमेलमा जान्छन् भन्ने यकिन तथ्याङ्क नभए पनि त्यहाँ दैनिक रु पाँच करोड बढीको कारोवार हुने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको प्रारम्भिक तथ्याङ्क छ । अझ चाडपर्वका बेला त यो सङ्ख्या र रकम दोब्बर हुने अनुमान सङ्घले गरेको छ । नेपालगञ्ज बजार सुक्ने र रुपैडिहा चम्किने गतिविधि अहिलेको नयाँ भने होइन । मानिसको दिमागमा रुपैडिहामा सामान सस्तो पाइन्छ भन्ने छाप बसेकाले पनि यस्तो भइरहेको र यो भ्रमलाई उद्योग वाणिज्य सङ्घ वा नेपाली व्यवसायीले चिर्न नसकेकै कारण सीमापारि जानेको भीड कम हुन नसकेको सम्बद्ध क्षेत्रका जानकार बताउछन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending