Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

मन्दिर बीचमा ‘अलौकिक वृक्ष’

घोराही । घोराही बजारदेखि दक्षिण करीब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर शिवको भनिएको छ । तर त्यहाँ शिवको मूर्ति छैन । मूल मन्दिरभित्र ठूलो ढुङ्गा छ । त्यही ढुङ्गामा गाईको स्तन, शिवलिङ्ग, बाघको आँखालगायत केही आकृति छन् । त्यहाँका पुजारी त्यही आकृतिलाई देवताका रुपमा पुज्ने गर्दछन् र त्यही ढुङ्गा नजिकै एउटा ठूलो अशोकको रुख छ । स्थानीय भाषामा असोज भनिने त्यो रुख घर बनाउने सामग्रीका लागि निकै बलियो काठका रुपमा प्रयोग हुन्छ । सालको रुखजस्तै अग्लो अशोक गाईभैँसीले रुचाउने घाँस पनि हो । त्यसको फूल र फल दुवै लाग्दैन । हेर्दा काठका लागि तयार भइसकेको त्यो रुखलाई मन्दिर व्यवस्थापन समितिले ‘अलौकिक वृक्ष’को नाम दिएको छ । त्यो रुखका विषयमा एउटा पनि लिखित दस्तावेज छैन । कुनै अभिलेख भेटिँदैन । तर मूल मन्दिरभित्रै पर्ने गरी पक्की गाह्रो लगाएर त्यसलाई संरक्षण गर्ने प्रयास गरिएको छ । भक्तजन रुख छेउमा धूप बाल्ने, जल, पैसा चढाउने, पूजा गर्ने, रुखमा धागो बाँध्ने काम गर्छन् । मन्दिरमा पुग्ने जोकोहीले त्यो रुख (अलौकिक वृक्ष)लाई पूजा नगरी फर्कंदैनन् । स्थानीय बासिन्दा बोधिराज अधिकारीका अनुसार करीब २०० वर्ष पहिलेको घटना हो । मन्दिर नजिकै भएर बग्ने बबई खोलादेखि वारि पर्ने गुरुवा गाउँका थारू काठ काट्न भन्दैै त्यही अशोकको रुख ढलाउन गए । चार÷पाँच जनाको समूहमा पुगेका थारुले घरेलु हतियारको प्रयोग गरी दिनभरि रुख काटे र ढलाए । साँझ प¥यो । टुक्रा पार्नका लागि अर्को दिन आउने सल्लाह भयो । उनीहरु घर फर्के । अर्को दिन त्यहाँ पुग्दा रुख जस्ताकोजस्तै उभिएको देखे । तर रुख वरिपरि पहिलो दिन काटिएका काठका टुक्रा प्रशस्तै थिए । थारूले सोचे यहाँ भुतुवा (देवता) रैछ । उनीहरुले त्यसलाई त्यसै छोडे । त्यो हल्ला सबैतिर फैलियो । रुखमुनिबाट पानी निस्कन थाल्यो । मान्छे त्यसलाई पूजा गर्न थाले । पछि रुख नजिक ठूलो ढुङ्गामा विभिन्न आकृति पनि भेटिए । पाण्डेवश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारी रुख काट्ने थारूका पनाति र खनाति अझै गुरुवा गाउँमा जिउँदै रहेको बताउनुहुन्छ । आफ्नो बाजेबराजुले यस्तो भन्ने गरेको भन्दै उनीहरुले अलौकिक वृक्षका बारेमा बताउने गरेको उनी सुनाउछन् । त्यो वृक्ष र त्यस क्षेत्रका बारेमा महाभारतका कथासँग केही मिल्न जाने गरेको उहाँले बताउनुभयो । आजभन्दा करीब चार हजार वर्ष पहिले पाण्डव आएर त्यही रुखमुनि बसेको, ढुङ्गामा शिवलिङ्ग स्थापना गरेर पूजाआजा गरी अन्तिम अवस्थामा स्वर्गद्वारी हँुदै स्वर्ग पुगेको कथा पनि महाभारतमा कहीँकतै मेल खान गएको उहाँले जानकारी गराए । “रुखको इतिहास लामो भए पनि विसं २०४९ मा मात्रै मन्दिर र रुखको व्यवस्थितरुपमा संरक्षण हुन थालेको हो”, उनले भने, “करीब २६ वर्षदेखि मन्दिर संरक्षणमा लागे तर पनि त्यो वृक्षको आकारमा कुनै परिवर्तन आएको छैन ।” त्यति मात्रै होइन, विश्वकै अग्लो त्रिशूल स्थापना गरिएको स्थान छेउमा पनि यस्तै अचम्मको अशोकको रुख संरक्षण गरिएको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार त्रिशूल वरिपरिको ठाउँलाई फराकिलो बनाउन लाग्दा त्यही छेउमा भएको सानो आकारको (हसियाँले पनि ढलाउने सकिने) आकारको अशोकको रुख थियो । घटना विसं २०७० कात्तिक २९ गतेको हो । ढोजरको सहायताले त्यसलाई उखेलेर फाल्न खोज्दा रबरजस्तो तन्किने मात्र ग¥यो । धेरै प्रयास गर्दैगर्दा डोजरको तीन वटा फलामे दाँत भाँचियो । तर रुख ढलेन, जसका कारण त्यस रुखलाई पनि मन्दिर व्यवस्थापन समितिले संरक्षण गरेर राखेको छ । अनौठो त के छ भने अरु असोकको रुखको हाँगा र पात आकाशतिर फर्किएका हुन्छन् भने त्यो रुखको हाँगा र पात जमीनतिर फर्किएको छ । त्यसकारण पनि त्यहाँ पूजा गर्न र घुम्न आउने त्यो रुखलाई निकै आकर्षक वस्तु जस्तो मानेर हेर्ने, नजिकै उभिएर फोटो खिच्ने, रुखका बारेमा सोधीखोजी गर्ने गरेको पाइन्छ । त्यो रुख पाँच वर्ष पुरानो मात्रै छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending