Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

फिदा हुसेनको हत्या आरोपमा चार पक्राउ

सुनसरी । दुहबी ९ छाताबेलीका व्यवसायी फिदा हुसेनको हत्या आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । ५४ वर्षीय हुसेनको हत्या आरोपमा सुनसरीबाट तीन र नेपालगन्जबाट एकजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरीको दुहबी–९ छाताबेलीका २८ वर्षीय मोहम्मद सकिम हुसेन, सोही स्थानका ३१ वर्षीय मोहम्मद जाबिर हुसेन र दुहवी– १२ सीतापुरका ६० वर्षीय विश्वम्बर यादव रहेका छन् । प्रहरीका अनुसार सकिम हत्यामा मुख्य योजनाकार हुन् । जाबिर हुसेन हत्या योजनामा संलग्न तथा सहयोगी हुन् । त्यस्तै, अर्का अभियुक्त यादव घटनामा प्रयोग भएको हतियार लुकाउन संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - यसैगरी सोही घटनामा संलग्न भएको अभियोगमा दुहबी– ९ का जफर मियाँलाई नेपालगन्जबाट प्रहरीले बिहीबार पक्राउ गरेको छ । बुधबार र बिहीबार सुनसरीका फरक–फरक स्थानबाट पक्राउ परेका अभियुक्तले दिएको बयानका आधारमा मियाँलाई नियन्त्रणमा लिइएको हो । मंसिर ५ गते बिहान श्रीमतीसँगै मर्निङवाकमा निस्किएका हुसेनमाथि जयबाबा इँटा उद्योगनजिकैको नहरको डिलमा गोली प्रहार भएको थियो । उक्त इँटा उद्योगका व्यवस्थापक हुसेनको घटनास्थलमै मृत्यु भएको थियो । अभियुक्तहरूले रिसइबी तथा आर्थिक लेनदेनको कारण हत्या गरेको प्रारम्भिक बयान दिएको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले बताए । हत्यामा अन्यको समेत संलग्नता भएको हुन सक्ने उनले बताए । मन्दिरमा लुकाइयो पेस्तोल प्रहरीले हत्यामा प्रयोग भएको कटुवा पेस्तोल, दुई राउन्ड गोली र चक्कु एक थान दुहबी– १२ मा रहेको लक्ष्मीनारायण मन्दिरमा खाल्डो खनी लुकाएको अवस्थामा फेला पारेको छ । कपडाको झोलामा बेरेर राखिएको हतियार प्रहरीले खाल्डोबाट झिकेको हो । पछिल्लो समय सुनसरीमा आपराधिक घटना बढिरहेका छन् । यसअघि गत असोजमा भुटाहामा नेकपाका गाउँस्तरका नेता खुर्सिद आलमको हत्या भएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending