Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

सहकारीले गर्याे एक महीनामै एक करोडको सुन्तला बिक्री

रत्ननगर। तामिन कृषि बहुउदेश्य सहकारीले एक महीनामै रु एक करोड बराबरको सुन्तला बिक्री गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित उक्त सहकारीले गत मङ्सिर २० देखि पुस १९सम्ममा उक्त मूल्य बराबरको सुन्तला बिक्री गर्न सफल भएको हो । “मङ्सिर २० गतेबाट सुन्तला बिक्री गर्न शुरु गरेका थियौँ, अहिलेसम्म रू एक करोडको सुन्तला बिक्री भएको छ” सहकारीका अध्यक्ष हरिबहादुर नेपालले भने । उनका अनुसार सहकारीमा आबद्ध ८५ कृषक सदस्यले ८० बिघा जमीनमा सुन्तला खेती गरेका छन् । गत वर्ष सहकारीले रु दुई करोड बराबरको सुन्तला बिक्री गरेको थियो । उनले भने, “अहिले एक महीनामै रू एक करोड नाघेको छ, अझै एक महीना बाँकी छ, रू दुई करोड सजिलै पुग्छ ।” “बोटबाटै आधाआधी जती सुन्तला बिक्री भइसकेको छ, माघको दोस्रो हप्तासम्म सुन्तला बिक्री गरिन्छ”, अध्यक्ष नेपालले भन्नुभयो, “तामिन सहकारीबाट मात्र यस वर्ष रू दुई करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान छ ।” उक्त सहकारीमा आबद्ध तामिन, ठङराङ, साठीमुरे, न्याङ्दीखोला, कमेरघाट, निबुवाडाँडाका कृषकले १० बिघासम्ममा सुन्तला खेती गर्दै आएका छन् । सहकारीले सुन्तलाको पकेट क्षेत्रअन्तर्गत बेलाबेलामा तालीम दिनाका साथै सुन्तलाको बिरुवासमेत वितरण गरेको थियो । यसबाट किसानको आर्थिक अवस्थामा पनि सुधार भएको उनको भनाइ थियो । सहकारीमा आबद्ध किसानले आफूखुशी सुन्तला विक्री गर्न पाउँदैनन् सहकारीमार्फत नै सुन्तला बिक्री हुँदै आएको छ । “किसानले सहकारीमा सुन्तला ल्याउँछन्, तौलन्छन् अनि सहकारीले व्यवसायीलाई बिक्री गर्छ” उनले भने “किसानका सुन्तला सहकारीमार्फत नै उचित मूल्यमा बिक्री भइरहेका छन् ।” सुन्तला किसानका अनुसार ग्रेड नगरेको सुन्तला यतिबेला प्रतिकिलो रु ६५ देखि ७० मा बिक्री भइरहेको छ भने ग्रेड गरेको सुन्तला प्रतिकिलो रु १०० मा बिक्री भइरहेको छ । तामिनको सुन्तलाको मुख्य बजार मुग्लिन हो । गोर्खा, लमजुङ, चितवन र पूर्वका जिल्लामा समेत यहाँको सुन्तला पुग्छ । दुई वटा पात भएको सुन्तला तामिनको सुन्तला भन्ने बुझिन्छ । १५ हेक्टर सुुन्तलाको पकेट क्षेत्र जिल्लास्थित कृषि ज्ञान केन्द्रले इच्छाकामना–५ र ६ मा रहेको तामिन क्षेत्र, तल्लो काउले क्षेत्र, ३ मा रहेको ढाप र साठीमुरेको केही भागलाई सुन्तला पकेट क्षेत्र घोषणा गरिएको छ । केन्द्रका प्रमुख सुधीर श्रेष्ठका अनुसार झन्डै १५ हेक्टर जमीनलाई सुुन्तलाको पकेट क्षेत्र घोषणा गरिएकोे हो । उनले भने, “इच्छाकामनाका विभिन्न वडालाई पकेट क्षेत्र घोषणा गरिएपछि यसतर्फ किसान आकर्षित भएका छन् । इच्छाकामनामा वर्षेनी पाँच हेक्टरका दरले सुन्तला खेतीको विस्तार भइरहेको छ ।” “गत वर्ष इच्छाकामनामा २४४ हेक्टर जमीनमा सुन्तला खेती गरिएको थियो ।” उनले भने, “यो वर्ष झन्डै २५० हेक्टरमा सुन्तला खेती गरिएको छ ।” सुन्तला खेती राम्रो भएमा एक हेक्टर जमीनमा १० मेट्रिकटनसम्म सुन्तला उत्पादन हुन्छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending