Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

सडकको चिसोबाट ५० जनाको उद्धार

काठमाडौँ। काठमाडौँका विभिन्न क्षेत्रको सडकबाट गए राति ५० जनाको उद्धार गरिएको छ । मानवसेवा आश्रम, काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी र पशुपति क्षेत्र विकास कोषलगायतका सङ्घसंस्थाको समन्वयमा राति ७ देखि १० बजेसम्म सञ्चालन गरिएको खोजी अभियानमा ५० जनाको उद्धार गरिएको हो । उद्धारका क्रममा कतिपय वास्तविक सहयोगापेक्षी फेला परेका थिए । कतियप मजदूरी गरेर सडकमा सुत्ने, लागुपदार्थ खाएर र मदिरा पिएर सडकमा बस्ने तथा सडकमा माग्ने पेसा गरेर बस्ने थिए । उनीहरुलाई बूढानीलकण्ठस्थित आश्रममा राखिएको आश्रम प्रदेश नं ३ का संयोजक सुमन बर्तौलाले जानकारी दिए । उनीहरुमध्ये परिवारमा बस्न सक्नेलाई परिवारको जिम्मा लगाएर पठाइने तथा असहाय, असक्तलाई संरक्षण गरेर आश्रममा नै राखिने बताइएको छ । काठमाडौँको महाँकाल, सङ्कटा, भद्रकाली र नक्साल महादेव मन्दिर, पशुपति क्षेत्र, गौशाला, चाबहिल, बौद्ध, बानेश्वरलगायत क्षेत्रबाट उनीहरुको उद्धार गरिएको हो । उनीहरु सहित आश्रममा १३५ पुगेको जनाइएको छ । सडक सेवाअन्तर्गत सोमबार भएको खोजी तथा उद्धार अभियानमा आश्रमका प्रतिनिधि, कोषका सदस्य सचिव डा प्रदीप ढकाल र प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुली, महानगरपालिका कानून शाखाका निर्देशक वसन्त आचार्य, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्त लामा, श्रीकृष्ण प्रणामी युवा परिषद्का अध्यक्ष नमराज ढकाल, पूर्वसचिव सुरेशमान श्रेष्ठ, संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङ, कविर आश्रम बानेश्वरका प्रमुख आदर्श सायद र आश्रमका अभिभावक सुरेन्द्र रिमाललगायतको सहभागिता थियो । कोषका सदस्य सचिव डा ढकालले पछिल्लो समयमा सडकमा असहाय र असक्त घट्दै गए पनि माग्ने पेशा बनाएर हिँड्ने, मदिरा पिएर र मजदूरी गरेर सडकमै सुत्ने अवस्था चुनौतीपूर्ण बनेकाले यसको व्यवस्थापन जरुरी रहेको बताए। प्रहरी परिसर काठमाडौँका प्रमुख लामाले चिसो सिँढीमा बस्ने अवस्थाको अन्त्यका लागि प्रहरी सहकार्य गर्न तयार रहेको बताए। यसअघि परिसरको पहलमा काठमाडौंका विभिन्न क्षेत्रबाट १५ को उद्धार गरिएकोमा वास्तविकता अध्ययन गरेर अभिभावक ल्याई सडकमा छाडेर पैसा कमाउने उद्देश्य बोकेकालाई कारवाही गर्ने परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए । आश्रमले २०६९ सालदेखि नै सडकका असहाय, मागेर खान नसक्ने, मनोरोगी र असक्तलाई उद्धार गरी पालनपोषण गरी मनोविमर्स सेवा दिएर परिवारमा पुनःस्थापन गर्दै आएको छ । विसं २०८२ सम्ममा यस्ता असहाय, असक्त सडकमा रहने अवस्थाको अन्त्य गर्ने अभियान छ । त्यसको लागि सबै क्षेत्रको समन्वय आवश्यक रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । बाह्र जिल्लामा आश्रम सञ्चालन गरेर सेवा दिँदै आएको र अहिलेसम्म एक हजार ७०० को उद्धार गरेकोमा ५०० लाई परिवारमा पुनःस्थापन गरिसकेको अधिकारीले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending