Khabar Dabali २४ कार्तिक २०८२ आईतवार | 9th November, 2025 Sun
Investment bank

शंकास्पद चालकले चलाएको पिकअप ट्रकले ठक्कर दिँदा एकै परिवारका पाँच जनाको मृत्यु

लेसिङटन। एक जना मदिरा सेवन गरेका शंकास्पद चालकले गलत दिशातर्फ हाँकेको पिकअप ट्रकले ठक्कर दिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरुले मिसिगनबाट आउँदै गरेको सवारी साधनलाई आइतबार बिहान ठक्कर दिएको बताएका छन् । दुर्घटनामा पिकअप चालकको पनि मृत्यु भएको छ । केन्टकीको इन्टरस्टेट राजमार्गमा उक्त दुर्घटना बिहानीपख साढे दुई बजे भएको थियो । प्रहरीका अनुसार दुर्घटना हुनासाथ एसयुभी कारमा आगो सल्किएको र परिवारका सबै पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । मिसिगनको नर्थभिलमा बसोबास रहेको उक्त परिवार फ्लोरिडामा छुट्टी मनाएर घर फर्कदै थियो । प्रत्यक्षदर्शी केनेथ डीग्याफले पिकअप ट्रक उल्टो बाटो हिँडेको र आफूसँग पनि उक्त गाडी ठोक्किनबाट जोगिएको बताए । “त्यो पिकअप ट्रक बीच बाटो (लेन)मा उल्टो दिशातर्फ दौडिरहेको थियो । मैले आफ्नो सवारीलाई बल्लतल्ल जोगाएर दाहिने लेनमा लैजानु परेको थियो । मेरो विचारमा त्यो गाडी गुडिरहेको होइन, उडिरहेको थियो ।” प्रहरीले मारिनेहरुमा इसाम अब्बास र रीमा अब्बास तथा उनीहरुका तीन जना छोराछोरी अलि अब्बास, इसाबेला अब्बास र गिसेल अब्बास रहेको जनाएको छ । पिकअप ट्रकका चालक भने जर्जटाउनका ४१ वर्षीय जो ली बेली रहेका छन् । इन्टरस्टेट राजमार्गमा पछिल्ला केही दिनहरुमा भएका दुर्घटनाहरुमा मृत्यु हुनेहरुको संख्या बढेको प्रहरीले जनाएको छ । एपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending