Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

जग्गा प्रकरणमा :बीस जनाविरुद्ध सार्वजनिक मुद्दा

कञ्चनपुर । महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रूपमा कब्जा गरी संरचना निर्माण गर्ने २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक मुद्दा दायर गरेको छ । प्रहरीले कञ्चनपुर खोकाछाप्रा समितिका अध्यक्ष देवलसिंह विष्टलगायत २० जनाविरुद्ध सार्वजनिक मुद्दा दायर गरेको हो । प्रदेश सांसद, नेपाली काङ्ग्रेस, नेकपा र तीनका विद्यार्थी सङ्गठनले नगर विकास समितिको जमीनमा अवैध रूपमा निर्माण भइरहेका संरचना भत्काउन र निर्माणमा रोक लगाउनुपर्ने माग अघि सारेर गत साता जिल्ला प्रशासन कार्यालय र नगरपालिकालाई ज्ञापनपत्र बुझाएपछि प्रहरीले सार्वजनिक मुद्दा दायर गरी दोषीलाई पक्राउ गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले सरकारी जमीन हडपेको आरोपमा आदेशानुसार पक्राउ गरी मुद्दा चलाएको बताए । उनका अनुसार पक्राउ पर्नेमा ललित जोशी, पदमराज जोशी, मेघराज जोशी, धुव्रराज भट्ट, यज्ञराज ओझा, कमलापति भट्ट, मीना जोशी, रामनाथ योगी, हर्कबहादुर खडायत लगायत रहेका छन् । खोकाछाप्राका पदाधिकारीले जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेर एक महीनाभित्र बनेका संरचना हटाएर लैजाने आदेश दिने त्यसका विपरीत रातिका बेला आएर घर तोड्ने र पक्राउ गर्ने कार्य गरिएको खोकाछाप्रा समितिका खेमराज ओझाले बताए । पत्रकारमाथि ज्यादती नगर विकास समिति जमीन प्रकरणको समाचार सङ्कलन गर्न गएका पत्रकार पदम बोहरा माथि प्रहरीले फोटो किन खिचेको भन्दै कुटपिट गरेको छ । नेपाल टेलिभिजनमा कार्यरत पत्रकार पदम बोहरामाथि कुटपिटका साथै क्यामरा तोडफोड गरेको छ । समाचार सङ्कलन गर्न गएका बेला प्रहरीले गालीगलौज गर्दै वडा प्रहरी कार्यालयमा थुनेको पत्रकार बोहराले बताए । “म पत्रकार हुँ सर, रिपोर्टिङमा आएको हुँ भन्दा भन्दै गाली गर्दै क्यामरा तोडिदिए”, उनले भने, “शौचालयमा राखियो ।” वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य थापाले मदिरा सेवन गरेर प्रहरीसँग विवाद गरेकाले पक्राउ गरेको बताए । उनको मेडिकल समेत गरेको प्रहरीले जनाएको छ । शनिबार नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले पत्रकार हुँ भनी परिचयपत्र देखाउँदा देखाउँदै कुटपिट गर्ने प्रहरी कदम निरङ्कुशताको पराकाष्ठा भएको बताएका छन् । अवस्थीकै प्रयासमा बोहरालाई थुनामुक्त गरिएको छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending