Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

पर्यटकको लागि धौलागिरिमा बन्यो पचास घरमा होमस्टे

म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिकामा रहेका विभिन्न पर्यटकीयस्थलको भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि होमस्टे (घरवास) सञ्चालन गरिएको छ । गुर्जा, मुना, लमसुङ, मुदी, खिवाङ र बगर गाउँमा होमस्टे सञ्चालन भएको हो । गुड नेवर्स इन्टरनेशनलको सहयोगमा सङ्गम म्याग्दीद्वारा सञ्चालित सामुदायिक विकास परियोजनाकी लघुउद्यम विकास अधिकृत धनमाया किसानले छ वटा बस्तीका ५० घरमा होमस्टे सञ्चालन भएको जानकारी दिए । परियोजनाले होमस्टेसम्बन्धी तालीमका साथै स्थानीय कृषि सहकारी संस्थामार्फत अनुदान र घुम्ती कोष उपलब्ध गराएको छ । पर्यटन विकास र आयआर्जनमा सघाउन होमस्टे सञ्चालनमा सहयोग गरिएको परियोजनाका जिल्ला संयोजक राजेन्द्र लोहारले बताए । होमस्टे नहुँदा गाउँमा पुग्ने पर्यटक व्यक्तिका घरमा बास बस्ने गरेका थिए । धौलागिरि, गुर्जा हिमाल आरोहण, धौलागिरि चक्रिय, गुरील्ला पदमार्ग र ढोरपाटन शिकार आरक्षमा जाने आउने पर्यटकलाई लक्षित गरेर होमस्टे सञ्चालन गरिएको गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहनुभएका गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । मङ्सिरको पहिलो हप्ता मुना, लुलाङ, गुर्जाको भ्रमणमा जानुभएका गैरसरकारी संस्था महासङ्घ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले खाने बस्नेको बन्दोबस्त गर्न विगतको जस्तो समस्या नभएको बताए । होटलको सुविधा नभएको गुर्जामा होमस्टे ९घरबास० सेवा शुरु भएपछि बास बस्नका लागि आफन्त र चिने जानेकाको घर खोज्नुपर्ने पाहुनाको बाध्यता हटेको छ । अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको गुर्जाका छवटा घरमा गत वैशाखदेखि होमस्टे सेवा शुरु भएको थियो । हिमाली आमा समूह गुर्जाकी अध्यक्ष सीता छन्त्यालले छ वटा घरमा पाहुनाका लागि छुट्टै कोठाको व्यवस्था गरेर ५० जना क्षमताको होमस्टे सञ्चालन गरिएको जानकारी दिए । मुनाको गङ्गा होमस्टेकी सञ्चालक गङ्गा पुनले राम्रो आम्दानीको स्रोत बनेको बताए । दैनिक रु पाँच हजारसम्म आम्दानी हुने उनले बताए । होमस्टेमा च्याउ, टुसा, लोकल कुखुरा, खसी, फापरको रोटी, ढिडो, आटोलगायत स्थानीय परिकारको स्वाद चाख्न पाइन्छ । प्रवासीको सहयोगमा सञ्चालित दन्त शिविरबाट चार सय लाभान्वित प्रवासीको सहयोगमा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ र अन्नपूर्ण गाउँपालिका–३ दानामा सञ्चालित निःशुल्क दन्त शिविरबाट ४०० भन्दा बढी लाभान्वित भएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) नेदरल्याड र म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना०ले स्थानीय तहसँगको समन्वयमा आयोजना गरेको शिविरबाट ४२० ले सेवा लिएका हुन् । मराङमा १७० र दानामा २५० लाई दन्त परीक्षण, परामर्श, उपचार र निःशुल्क औषधि वितरण सेवा दिइएको मोना नेदरल्याडका अध्यक्ष जङ्गबहादुर पुनले जानकारी दिए । शिविरबाट धौलागिरि गाउँपालिकाको मराङ, मल्कवाङ, ताकम, खिवाङ, मालिकाको बिम, अन्नपूर्णको दाना, नारच्याङ, भुरुङ–तातोपानी, शिख, घारका बासिन्दाले सेवा लिएका थिए । ग्रामीण क्षेत्रका बासिन्दाको सुविधा र दन्त स्वास्थ्यसम्बन्धी चेतना फैलाउने उद्देश्यले शिविरको आयोजना गरिएको मोनाका अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिए । अध्यक्ष थापाका अनुसार शिविर सञ्चालनका लागि प्रवासीले चन्दा सङ्कलन गरेर रु तीन लाख सहयोग गरेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending