Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

प्रजिअलाई सङ्घ मातहत राख्नु संवैधानिक बाध्यता- मन्त्री बस्नेत

सुर्खेत। वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले संवैधानिक बाध्यताका कारण प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० लाई प्रदेश मातहत राख्न नसकिने बताएका छन् । गृह जिल्ला जाजरकोट जाने क्रममा सुर्खेत विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले प्रमुख जिल्ला अधिकारी सङ्घ मातहत रहेपनि प्रदेश सरकारसँग उपयुक्त ढङ्गले समन्वय गर्ने बताए । सातवटै प्रदेश सरकारले प्रजिअलाई आफू मातहत राख्न दबाब दिइरहेका बेला पूर्व गृहमन्त्रीसमेत रहेका मन्त्री बस्नेतको यस्तो धारणा आएको हो । ‘संविधानले प्रमुख जिल्ला अधिकारीलाई अर्धन्यायिक अधिकार दिएको छ’, उनले भने, “नेपाल सरकार वादी हुने मुद्दा प्रजिअले हेर्नुपर्ने बाध्यता छ, त्यस्तो अवस्थामा प्रजिअ सङ्घ सरकारप्रति बढी नै जिम्मेवार बन्नुपर्नेहुन्छ ।” प्रजिअले जुवातास, हातहतियार तथा खरखजाना, केही सार्वजनिक अपराधसम्बन्धी मुद्दा हेर्दै आएका छन् । मन्त्री बस्नेतले प्रशासनिक र शान्ति सुरक्षाका सवालमा प्रजिअले प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने बताए । उनले सरकार सङ्क्रमणकालीन व्यवस्थापनमा बढी केन्द्रीत हुनुपरेको बताए । ‘संविधान जारी भएदेखि नै थाल्नुपर्ने काम तत्कालीन सरकारले नगर्दा अहिलेको सरकारलाई केही समय लागेको हो’, उनले भने, “अब सरकारले गति लिँदैछ, पाँच वर्षभित्र पार्टीले जनतामाझ गरेका घोषणा पूरा हुन्छन् ।” एकवर्ष नपुग्दै पाँचवर्षे सरकारको प्रारम्भिक मूल्याङ्कन गर्नु उचित हुने उनको भनाइ थियो । उनले सङ्घीयताको प्रारम्भिक चरणमै भइरहेका अलमललाई अन्यथा नलिन आग्रह गरे । एक फरक प्रसङ्गमा मन्त्री बस्नेतले सुर्खेतलगायतका जिल्लामा विस्थापित जीवन बिताइरहेका बाढीपीडितको पुनःस्थापनामा सरकार गम्भीर रहेको बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending