Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

हिंसा कम गर्न मोबाइल एप्स खुल्दुलीको शुभारम्भ

रुपन्देही। किशोरकिशोरी तथा युवामाथि हुने जोखिम कम गर्न सरकारले मोबाइल एप्स ‘खुल्दुली’ शुभारम्भ गरेको छ । किशोरकिशोरी तथा युवा युवतीलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सूचना दिने उद्देश्यले तयार गरिएको मोबाइल एप्स खुल्दुली आज बुटवलमा एक कार्यक्रमबीच शुभारम्भ गरिएको हो । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष र जर्मन विकास नियोगको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मोबाइल एप्स तयार गरेको हो । एप्सको शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख उमाशङ्कर चौधरीले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सम्पूर्ण जानकारी एप्समा व्यवस्थापन गरिएकाले किशोरकिशोरी र युवाका लागि लाभदायक हुने विश्वास व्यक्त गरे । स्वास्थ्य सेवामा आधारभूत मनो–परामर्श दिने, परीक्षण गर्ने, स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य संस्थामा नभएको सेवाका लागि सेवाग्राहीलाई कहाँ पठाउने भन्ने जानकारी समेत मोबाइल एप्समा रहेको उनले जानकारी दिए । “एप्समा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सबै जिज्ञासाको समाधान छ, उनले भने, “यसको सही प्रयोगले किशोरकिशोरी र युवाले धेरै फाइदा लिन सक्छन् । ” मोबाइल एप्सले किशोरकिशोरीको यौन जिज्ञासा मेटाउने हँुदा लैङ्गिक हिंसा र यौन हिंसामा समेत कमी हुने विश्वास व्यक्त गरे । वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक कुञ्जप्रसाद जोशीले किशोरावस्थामा हुने विभिन्न परिवर्तनसँगै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न चासो, चिन्ता र समस्या आउने भएकाले यसको समाधानका लागि यो एप्सले सहयोग गर्ने बताए । अधिकांश युवाले किताब, पत्रपत्रिका, बेभसाइट तथा विभिन्न स्रोतबाट लुकिछिपी यौनसम्बन्धी विषय हेर्न पढ्ने गर्छन्, ती सबै सही नहुन सक्छन् । त्यसको सही जानकारीका लागि यो एप्स तयार पारिएको हो,” उनले भने, “यो किशोरकिशोरी र युवामैत्री छ ।” मोबाइल एप्समा मिथक तथा तथ्य कुरा, सूचना तथा जानकारी, महीनावारी पात्रो, माया, प्रेम, यौन सम्बन्ध, विवाह, गर्भावस्था, गर्भपतन, क्लिनिक खोज र हेल्प लाइनको व्यवस्था रहेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका सञ्चार संयोजक सन्तोष क्षेत्रीले जानकारी दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies