Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

अङ्ग्रेजी नयाँ वर्षका लागि पोखरानै किन ?

पोखरा। नजिकिँदै गरेको अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पर्यटकीय नगरी पोखराका होटलहरू बुकिङ हुन थालेको छ ।विगत केही वर्षयता पोखरा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएका कारण अङ्ग्रेजी नयाँ वर्षले त झन पोखराले पर्यटकीय पहिचान नै बनाइसकेको छ । यसबेला आउने विदेशी पर्यटकका साथै नेपालस्थित विभिन्न कुटनीतिक नियोगमा काम गरिहेका विदेशी कर्मचारी समेतको रोजाइ पोखरा नै पर्ने भएका कारण यो याममा विदेशी पर्यटक पनि उल्लेख्य सङ्ख्यामा पोखरा आउने गरेको पश्चिमाञ्चल होटेल सङ्घका पूर्वअध्यक्ष भरतराज पराजुलीले बताए । “अङ्ग्रेजी नयाँ वर्षमा पोखरा जानुपर्छ भन्ने सोचका साथ देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्,” उनले भने, “पछिल्ला केही वर्षयता अङ्ग्रेजी नयाँ वर्षका लागि पोखरा नै सबैको रोजाइ बनिसकेको छ ।” अध्यक्ष पराजुलीका अनुसार पर्यटकलाई लक्षित गरी यहाँ होटेलको सङ्ख्या वृद्धिका साथै अन्य पूर्वाधार निर्माणले गति लिइरहेको छ । हालसम्म यहाँका होटल व्यवसायमा रू एक खर्ब भन्दा बढी लगानी भइसकेको छ । पोखरा उपत्यकामा मात्र प्रतिदिन २५ हजार पर्यटक बस्नसक्ने बताउँदै उहाँले आसपासका सराङकोट, बेगनास, पुम्दी, धम्पुसलगायत स्थानसमेत गरी दैनिक ४० हजार पर्यटक बस्नसक्ने क्षमता रहेको जानकारी दिए । अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी अग्रिम बुकिङ श्ुरु भइसकेको र साना तथा मझौला होटेलमा करिव ३० प्रतिशत बुकिङ भइसकेको छ । पर्यटन व्यवसायीहरूका अनुसार अङ्ग्रेजी नयाँ वर्षमा यहाँका झण्डै ९० प्रतिशत भन्दा बढी होटेलका कोठा बुकिङ हुनेगरेको छ । होटलमा बुकिङको क्रम शुरु भइसकेको बताउँने नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स९नाट्टा० पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष एवं होटल पोखरा बाटिकाका सञ्चालक सन्तोष पोखरेलले यस अवसरमा सम्पर्कमा आएका पर्यटकले साविककै दरमा होटेलका कोठा बुकिङ गरिरहेको बताए ।“अङ्ग्रेजी नयाँ वर्षमा आउने पर्यटकले सामान्यतः तीन दिनका लागि कोठा बुकिङ गर्ने गरेका छन्,” उनले भने, “पोखरामा होटल थप हुनाका साथै पूर्वाधारसमेत विस्तार भएका कारण कोठाको अभाव हुने अवस्था भने छैन ।” त्यसअवसरमा हुने सडक महोत्सवका साथै आयोजना गरिने अन्य पर्यटकीय गतिविधि, साहसिक पर्यटन, दृश्यावलोकनजस्ता कार्यक्रमले पोखरा स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो ।यस समयमा आउने पर्यटक पोखराको सडक महोत्सवमा रमाउँछन् भने फेवातालमा डुङ्गा खियाउने, सराङकोटबाट प्याराग्लाइडिङका साथै जिप फ्लाइमा पनि मनोरञ्जन लिन्छन् । पर्यटकल पोखरा आसपासका विन्ध्यवासिनी, गुप्तेश्वर महादेव मन्दिर, र विश्व शान्ति स्तुप दर्शन गर्नाका साथै पुम्दीकोट, सारङ्कोटलगायत स्थानबाट पोखरासहित हिमाली शृङ्खला अवलोकन गर्न रुचाउँछन् ।त्यस्तै महेन्द्र गुफा, चमेरे गुफा आदिको अवलोकन, फेवा, बेगनास, रुपालगायत तालमा डुङ्गा खियाएर पनि पर्यटकले मनोरन्जन लिने गरेका छन् । अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी आउने पर्यटकले सामान्यतः डिसेम्बर ३० देखि तीन÷चार दिनसम्म पोखरामा बिताउने गरेको नेपाल ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घका द्वितीय उपाध्यक्ष एवं होटेल एशियाका सञ्चालक धर्म पन्थीले बताए । होटेल एशियामा डिसेम्बर ३० र ३१ का लागि ५० प्रतिशत कोठा बुकिङ भइसकेको जानकारी दिँदै उनले अङ्ग्रेजी नयाँ वर्ष नजिकिँदै गर्दा पोखेरेली पर्यटकको स्वागतको पर्खाइमा रहेको बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: