Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

घरवास सञ्चालनका लागि तालीम सञ्चालन

कञ्चनपुर । निकट भविश्यमा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा सञ्चालन हुन लागेको घरवास (होमस्टे) को पर्यटन विकासका लागि आजदेखि चारदिने आधारभूत तालीम सञ्चालन गरिएको छ । खयरकन्द्रा सामुदायिक घरवासमा आबद्धलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारागाउँ विकास समिति ताहाचल, काठमाडौँले तालीम दिन थालेको हो । सोेमा आबद्ध समुदायलाई सैद्धान्तिक र प्रयोगात्मक गरी तालीम प्रदान गरी दक्ष बनाइने तालीम संयोजक लीलाप्रसाद तिमिल्सिनाले बताए । तालीममा घरवासका आवश्यक पर्ने आधारभूत जानकारी सिकाइने उनले जानकारी दिए । नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले सामुदायिक संस्थाहरुको संरक्षण संवद्र्धन गर्ने दायित्व स्थानीय तहलाई भएकाले संस्कृति संरक्षण र घरवासका माध्यमबाट स्थानिय बासिन्दाको आयआर्जनका लागि नगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उक्त घरवास नगरपालिकाकै पहिलो हो । राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुरका सहायक संरक्षण अधिकृत सुदीपराज निरौलाले कोषले घरवास सञ्चालनका लागि रु १३ लाख रकम हस्तान्तरणसँगै आवश्यक तालीम र अन्य जिल्लाका उत्कृष्ट घरवासको भ्रमण गराई सञ्चालकलाई अनुभव प्रदान गरिएको बताए । घरवास सञ्चालनसँगै तरकारी, दूध उत्पादक, कुखुरापालक, परम्परागत हस्तकलाका सामान बनाउने व्यक्तिलाई समेत फाइदा हुने बताइएको छ । सञ्चालनमा आउन लागेको सो घरवासमा आठ घरमा १६ कोठा र ३२ वटा ओछ्यान रहेका छन् । उक्त वडा थारू समुदायको पुरानो गाउँ हो । सो वडाको नजिकै दक्षिणी भेगमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र खैकन्द्रा नाम गरेको ठूलो प्राकृतिक ताल रहेको छ । यसै तालको नामबाट उक्त घरवासको नामाकरण गरिएको छ । सो ताल कमलका फूल, चराचुरुङ्गी र जलचरका लागि प्रख्यात रहेको छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy