Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

उपमहानगरद्वारा पहिलोपटक स्वास्थ्य ऐन तथा नीति निर्माण

तुलसीपुर। सङ्घीयता कार्यान्वयन सघैँ यहाँको उपमहानगरपालिकाले पहिलो पटक स्थानीय स्वास्थ्य ऐन तथा स्वास्थ्य नीति निर्माण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको स्वास्थ्य ऐन तथा नीति नगरसभाबाट समेत पारित गरेको छ । नागरिकको स्वस्थ रहन पाउने अधिकारलाई सुनिश्चित गर्दै उपमहानगरपालिकालाई ‘स्मार्ट हेल्थ सिटी’को रुपमा रुपान्तरण गर्ने लक्ष्यसहित आफ्नै स्वास्थ्य नीति पहिलोपटक निर्माण गरेको स्वास्थ्य शाखाका प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए । स्वास्थ्य नीतिअनुरुप उपमहानगरपालिकाले सबै नागरिकलाई वर्षमा दुई पटक अनिवार्य स्वास्थ्य जाँच गर्ने, स्माट हेल्थ कार्ड वितरण गर्ने, सुर्ती तथा सुर्तीजन्य पदार्थको बेचबिखन न्यूनीकरण गरी क्रमिक रुपले तुलसीपुर उपमहानगरपालिकालाई सुर्तीजन्य पदार्थमुक्त नगर घोषणा गर्ने रहेको छ । त्यसैगरी स्वास्थ्य शाखाले नसर्ने रोगको नियन्त्रण गर्न व्यक्तिगत जीवनशैलीमा परिवर्तन गर्नलाई विद्यालयस्तरदेखि विशेष कार्यक्रम ल्याउने, मानसिक स्वास्थ्य समस्या रोकथाम गर्न हरेक स्वास्थ्य संस्थामा मनोविमर्श एकाइ स्थापना गर्ने नीति अगाडि सारेको डा दाहालले राससलाई बताए । उपमहानगरपालिकाले १५ श्याको अस्पताल स्थापना गरी उपमहानगरको स्वामित्वमा सञ्चालन गर्ने, यस क्षेत्रमा दर्ता नभई सञ्चालन भएका अस्पताललाई दर्ता उपमहानगरपालिकामा गराउने र सञ्चालनको अनुमति दिने नीति पनि अगाडि सारकोे छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाभित्र सञ्चालन भएका एम्बुलेन्स दर्ता र जिपिएस प्रणालीमार्फत नियन्त्रण र निगरानीमा राख्ने बताएको छ । स्वास्थ्य नीतिअनुरुप आयुर्वेदलगायतका परम्परागत चिकित्साको विकाश गर्न नेपाल संस्कृत विश्वविद्यालयसँग हातेमालो गर्दै आयुर्वेद, जडीबुटी चिकित्साको हबको रुपमा उपमहानगरपालिकालाई विकाश गर्ने डा दाहालले बताए । त्यसैगरी आँखा अस्पतालसँग सहकार्य गरी उपमहानगरपालिकालाई तीन वर्षभित्र मोतिविन्दुरहित नगर घोषणा गर्ने लक्ष्यका साथ अगाडि बढने नीति लिएको बताएको छ । प्रत्यक वडामा आँखा शिविर आयोजना गर्ने र वडामा रहेका आँखाका बिरामीलाई निःशुल्क सेवा दिने स्वास्थ्य शाखाले जनाएको छ । ‘‘हामीले पहिलो पटक स्वास्थ्य ऐन निर्माण गरी स्वास्थ्य नीति ल्याएका छौंँ, सोहीअनुरुप जनतालाई स्वास्थ्य सेवा दिने छौं’’ डा दाहालले भने ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending