Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

कर्मचारी भर्नापछि क्याम्पसमा विवाद

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रक्रिया नपुर्याइ २७ जना कर्मचारी भर्ना गरिएको छ । विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा भूपेन्द्र विष्टले एकलौटी रुपमा सातजना आशिंक शिक्षक प्रशासन र विभिन्न विभागका लागि भन्दै २० जना कर्मचारी दैनिक ज्यालादारीमा भर्ना गरेपछि विश्वविद्यालयमा तनाव भएको छ । मापदण्डको नाउँमा कर्मचारी भर्ना गर्दा सूचनासमेत जारी नगरिएको भन्दै क्याम्पसमा रहेका विभिन्न पाँच विद्यार्थी सङ्गठनले प्रिन्सिपलको कुर्ची जलाउनुका साथै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । त्यसैगरी त्यहाँ अध्ययनरत विद्यार्थी पाँच दिनदेखि क्याम्पसमै अनशन बसिरहेका छन् । प्रिन्सिपल डा। विष्टले भर्ना गरेका कर्मचारी र आशिंक शिक्षकको रेकर्ड क्याम्पस प्रशासनमा राखिएको छैन । उता क्याम्पसका प्रिन्सिपल विष्टले भन्नुभयो, “आफूलाई पाइएको अधिकार बमोजिम ज्यालादारीमा कर्मचारी भर्ना गरेको हो ।” ‘दरबन्दीमा कर्मचारी पदपूर्ति गर्न विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षाको नतिजा लामो समयदेखि नआएकाले काम गर्न सहजताका लागि मैले कर्मचारी राखेको हुँ ।’ उनले भने,“क्याम्पसमा त्यसको रेकर्ड नभए पनि कहीँ न कहीँ राखिएको छ ।” केन्द्रीय क्याम्पसमा रहेका विभागीय प्रमुखलाई समेत जानकारी नदिइ कर्मचारी राखिएपछि विभागीय प्रमुख पनि रुष्ट छन् । स्रोतका अनुसार भर्ना गरिएका कर्मचारीको विवरण विश्वविद्यालयको केन्द्रीय कार्यालयमा दिइएको छैन । उक्त विषयको विवादले क्याम्पसको पठनपाठन प्रभावित बन्दै गएको छ । लामो समयदेखि विश्वविद्यालयमा शिक्षक र कर्मचारीको अभाव रहेका बेला प्रिन्सिपल विष्टले मनोमानी ढङ्गले शिक्षक नियुक्तिका प्रक्रिया नै पूरा नगरी नियुक्त गरेको पाइएको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा कर्मचारी भर्नाको विषयको विवाद चुलिदा केन्द्रीय विश्वविद्यालयका पदाधीकारीहरु भने मौन छन । २०६८ सालमा स्थापना गरिएको सुदूरपश्चिम विश्वविद्यालयका हाल सुदूरपश्चिम प्रदेशमा १५ वटा आगिंक क्याम्पस रहेका छन । १५ वटा आगिंक क्याम्पस मध्ये १४ वटा समायोजन भइसकेका छन । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका सुचना अधिकारी गोविन्द बल्लभ पन्तले विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा राखिएका ज्यालादारी कर्मचारी र आशिंक शिक्षक भर्ना गरिएकोबारे प्रिन्सिपलबाट जानकारी आएको बताए । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending