Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

विधानमै अल्झियो कांग्रेस

काठमाडौं । मंगलबार गरिएको सहमति बुधबार बसेको केन्द्रीय समितिले पारित गर्न नसक्दा कांग्रेस विधान अन्योलमा परेको छ। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको केन्द्रीय सदस्यको बैठकमा सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्यले पार्टीको पदाधिकारी समावेशिताका आधारमा गठन गर्नुपर्ने माग गरेपछि निर्णय हुन सकेन। अाजकाे अन्नपुर्ण पाेष्ट दैनिकमा खबर छ - नेताहरूले मंगलबार सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री र दुई सहमहामन्त्री निर्वाचित गरेर कोषाध्यक्ष र प्रवक्ता मनोनीत गर्ने सहमति गरेका थिए। तर बुधबारको केन्द्रीय समिति बैठकमा सभापति देउवा निकटका केन्द्रीय सदस्य वीरवहादुर बलायर, महेन्द्र यादव, मोहन बस्नेत, सीता गुरुङ, मानबहादुर विश्वकर्मा, किशोरसिंह राठौर, फरमुल्लाह मन्सुरलगायतले पार्टीका पदाधिकारी तह समावेशिताका आधारमा चुनिनुपर्ने माग गरेपछि सहमति नजुटेको हो। बैठकमा अर्का केन्द्रीय सदस्य गगन थापाले समावेशी आरक्षणको कोटामा एक पटकभन्दा बढी एकै व्यक्तिलाई दोहो¥याउन नपाउने व्यवस्था गर्नसमेत माग गरे। पार्टी नेतृत्वले समावेशिताको आरक्षण कोटामा केही समिति नेतालाई मात्रै अवसर दिइरहेको परम्परा देखिएको भन्दै त्यसलाई समेत तोडेर सबै समुदायलाई सहभागी गराउनुपर्ने बताए। थापाले बोलिरहँदा महेन्द्र यादवलगायतका सभापतिनिकट केहि केन्द्रीय सदस्यले प्रतिवाद गर्न खोजेका थिए। यसपछि बैठकमा तनाव सिर्जना भयो र सभापति देउवाले बैठक स्थगित गरे। बुधबार सभापति र इतर पक्षका नेताको छुट्टाछुट्टै छलफल चले पनि विधान पारित हुन सकेन। पदाधिकारी बढाउनै नपर्ने र बढाएमा समावेशिताका आधारमा हुनुपर्ने केन्द्रीय सदस्य मोहन बस्नेतसहितका नेताले धारणा राखेका थिए। समावेशिताका आधारमा पार्टी पदाधिकारी चुनिनुपर्ने माग गरेपछि सहमति जुट्न सकेन। बैठकपछि केन्द्रीय सदस्य गुरुराज घिमिरेले सहमति तोड्ने गरी केही केन्द्रीय सदस्य प्रस्तुत भएको बताए। विधान मस्यौदामा पदाधिकारी संख्या र तिनलाई मनोनीत गर्ने कि निर्वाचित गर्ने भन्नेमा शीर्र्ष नेता दुई धारमा छन्। यसअघि केन्द्रीय समितिले विधान मस्यौदा पारित गर्न नसक्दा महासमिति बैठकमा प्रस्तुत हुन सकेको छैन। बुधवार केन्द्रीय समिति बैठकले विधानबारे औपचारिक निर्णय गर्न नसकेपछि सोही दिन ४२ ओटा जिल्ला सभापतिले अनौपचारिक बैठक गरेका थिए। अस्तव्यस्त महासमिति घोषित कार्यक्रमअनुसार बुधवार महासमिति सकिनुपथ्र्याे। विधान मस्यौदा नै पेस हुन नसकेका कारण महासमिति बैठक लम्बियो। विधान मस्यौदा पेस गर्न भइरहेको ढिलाइका कारण महासमिति अस्तव्यस्त बनेको छ। पहिलो दिनमै बन्दसत्रमा बोल्न ५ सय ४२ जनाले टिपाएको नाममध्ये बुधबारसम्म २ सय जना पनि त्यसमा सहभागी हुन सकेका छैनन्। बिहीबारदेखि पार्टी कार्यालयमा हुने महासमितिको बन्दसत्र शुक्रबार अपराह्नसम्म सक्ने योजना रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। ‘विधानसहित पाँचै प्रतिवेदन पारित गर्दै ६ गते अपराह्न सकिनेछ’, उनले भने। महासमिति बैठकको बन्दसत्र लगातार प्रभावित हुन थालेपछि बैठकमा सहभागी सदस्य पार्टी नेतृत्वको चर्को आलोचनामा व्यस्त छन्। कतिपय सदस्य महासमिति नसकिँदै फर्किन पनि थालेका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: