Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

‘ए’ डिभिजन लिगः उपाधिको टुङ्गो लाग्दै

काठमाडौँ। जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज हुने एउटा खेलले करीब उपाधिको टुङ्गो लाग्दैछ । सातौं चरणसम्म लिगमा अपराजित टोली मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने खेलले उपाधिको टुङ्गो वा उपाधि होड खुल्ला गर्नेछ ।

आर्मी र मनाङको नतिजाले लिगको समीकरणमा निकै ठूलो भूमिका खेल्छ । मनाङ विजयी भएको खण्डमा आर्मीको उपाधि दाबेदारी लगभग समाप्त हुनेछ । मनाङले जित दर्ता गरेमा उपाधि दाबेदारीमा बलियो स्थान बनाउनेछ ।

मनाङविरुद्व आर्मीको जित निकाल्न सके उपाधि होड खुला हुनेछ । त्यसमा आर्मीसँगै थ्री स्टार र सङ्कटाले समेत चुनौती पेश गर्ने अवसर प्राप्त गर्नेछन् । तर मनाङले जितेको खण्डमा उसले लिगमा स्पष्ट छ अङ्कको अग्रता लिनेछ र अन्य क्लबको उपाधि सम्भावना पातलो बन्ने छ ।

खेलविज्ञ सञ्जीव मिश्र भन्छन्, “आजको खेलमा मनाङले आफ्नो अपराजित यात्रालाई कायमै राख्यो भने उपाधि मनाङले नै जित्नेछ । तर आर्मीले जिते उपाधि होडमा आर्मीसँगै थ्री स्टार र सङ्कटाले पनि दाबेदारी प्रस्तुत गर्न सक्नेछन् ।”

सात खेलबाट २१ अङ्कका साथ शीर्ष स्थानमा रहेको मनाङले आजको खेल जिते २४ अङ्क हुनेछ । दोस्रो स्थानमा रहेको सङ्कटाको पनि २१ अङ्क रहे पनि उसले एक खेल बढी खेलेको छ । त्यस्तै थ्रीस्टारको पनि सात खेलबाट १८ र आर्मीको सात खेलबाठ १७ अङ्क रहेको छ ।

आजको खेलमा जित निकालेको खण्डमा मनाङले अङ्कतालिकामा स्पष्ट छ अङ्कको अग्रता बनाउनेछ । लगातार सात खेलमा जित निकाल्दै उसले लिगमा एकल अग्रता बनाइसकेको छ । उसलाई सङ्कटा, थ्री स्टार त्रिभुवन आर्मीले पच्छ्याइरहेका छन् । सङ्कटा दोस्रो, थ्री स्टार तेस्रो र आर्मी चौंथो स्थानमा रहेका छन् ।

आर्मी पनि अपराजित टोली हो । आर्मीले पाँच खेलमा जित निकाल्दा दुईमा बराबरीको नजिता निकालेको छ । मनाङ मस्र्याङ्दी क्लबले अहिलेसम्म सात पटक ‘ए’ डिभिजन लिगको उपाधि उचालिसकेको छ । आर्मीले भने उपाधि जित्न सकेको छैन ।

प्रतियोगिताको नतिजा हेर्दा मनाङले १३ गोल गर्दा मात्र तीन गोल खाएको छ । यस्तै आर्मीले १२ गोल गरेको छ, भने चार गोल गोल मात्र खाएको छ । लिगअघि दुबै क्लबलाई उपाधिको मुख्य दाबेदारको रुपमा हेरिएको थियो ।

मनाङले सोहीअनुसार नै लगातार सात खेल जित्दै शतप्रतिशत नतिजा निकालेको छ । उता विभागीय टोली आर्मीले भने लिगको उद्घाटन खेलमै कमजोर टोली एनआरटीसँग अङ्क बाँडेपछि शुरुमै दुई अङ्क गुमायो । छैटौँ चरणको खेलमा पनि फ्रेण्ड्ससँग बराबरीमा रोकिएपछि आर्मी मनाङभन्दा चार अङ्कले पछि परिसकेको छ ।

घरेलु फुटबलमा लिग जित्न नसकेको तथ्यले आर्मीलाई पिरोलिरहेको छ । शारीरिक र प्राविधिक रुपमा बलियो टोली आर्मी यस पटक फुटबलमा उपाधि जितेर नयाँ विरासत खडा गर्न चाहन्छ ।

आर्मीले पछिल्लो समय अग्रपङ्क्तिमा केही कमजोरी गर्दा अपेक्षित नतिजा हासिल गर्न सकेको छैन । डिफेन्स र मिडफिल्ड उच्च लयमा देखिएको आर्मीको आक्रमण भने फितलो देखिएको छ । फरवार्ड नवयुग श्रेष्ठ घाइते हुनु र जर्जप्रिन्स कार्की सैन्य प्रशिक्षणमा सामेल हुनुले आर्मीलाई धक्का पुगेको छ । कप्तान भरत खवासमा निर्भर आक्रमणमा टङ्क बस्नेत, दिनेश हेञ्जन र टेकबहादुर बुढाथोकीले अपेक्षित साथ दिन सकेका छैनन् ।

मनाङलाई यसपटक सिजनको शुरुआतदेखि नै खेलाडीको चोटले पिरोलेको छ । सुजल श्रेष्ठ लिगको दोस्रो खेल अगाडि घाइते हुनु र उनको स्थानमा आएका प्रकाश बुढाथोकी पनि डेब्युमै चोट बोक्नुले आक्रमणमा केही धक्का पुग्न सक्ने प्रशिक्षक सुमन श्रेष्ठका बुझाइ छ ।

नेपाली क्लब फुटबलकै सबैभन्दा चर्चित खेल मानिने मनाङ र थ्री स्टारबीचको खेल तेस्रो चरणमै भइसकेको हुँदा मनाङ र आर्मीबीचको खेललाई अब प्रतिक्षित खेलको रुपमा हेरिएको छ । यही खेलबाट मनाङ आर्मीको लिगमा पोजिसन कहाँ रहने भन्ने केही निर्धारण हुने बताउछन् पूर्व राष्ट्रिय खेलाडी हरि खड्का । रासस

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies