Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

रोल्पामा प्रहरी सचेतनाले घट्यो आत्महत्या

रोल्पा । जिल्लामा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या घट्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार पछिल्ला तीन वर्षयता यो दर घट्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालयका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ मा ४३ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष ०७३/७४ र ०७४/७५ मा यो सङ्ख्या २८ मा झरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म ११ जनाले झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।

आत्महत्या जिल्लाको मुख्य समस्या भएकाले यसको न्यूनीकरणमा विभिन्न अभियान सञ्चालन गरिँदै आएको जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त प्रहरी प्रमुख सुदर्शन पन्थीले बताए । जनचेतनामूलक कार्यक्रम, रेडियो कार्यक्रम तथा पम्प्लेट वितरण जस्ता कार्यक्रम जिल्लाव्यापी विस्तार गरेका छाैं पन्थीले भने ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय, टोल र वडा वडामा जनचेतनामूलक कार्यक्रमलाई सघन ढङ्गले अघि बढाइएकाले आगामी वर्ष आत्महत्या गर्नेको मात्रा अझै घट्ने विश्वास गरिएको छ ।

यसरी आत्महत्या गर्नेमध्ये अधिकांश १६ देखि २४ वर्ष उमेर समूहका भएको बताइएको छ । आत्महत्या गर्नेमा महिलाको सङ्ख्या धेरै भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रेममा धोका खाएको, पर पुरुषसँगको शारीरिक सम्बन्ध जस्ता कारणले झुण्डिएर आत्महत्या गर्ने गरेको देखिएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending