काठमाडाैं । स्वस्थ रहन मानिसले अनेक प्रयत्न गरिरहेको हुन्छ । यसका बीच पनि केही न केही स्वास्थ्य समस्याबाट ऊ ग्रसित भइराखेको हुन्छ । पछिल्लो समय एउटा यस्तो सूत्र विकास गरिएको छ, जसले मानिसलाई स्वस्थ रहन धेरै मद्दत पु-याएको छ । हामीले खाना नजान्दा या ज्ञान नहुँदा धेरै रोगको सिकार हुनुपरेको छ
अाजका्र नयाँ पत्रिका दैनिकमा याे खबर छ - कुन समयमा कति खाने भन्ने नै धेरैलाई थाहा छैन । कुन समयको खाना या खाजामा कति क्यालोरी हुनुपर्ने भन्नेमा धेरै अनभिज्ञ छन् । कुन खाना कति प्रोटिन, कार्बोहाइड्रेड, चिल्लो पदार्थयुक्त हो भन्ने पनि धेरै कमलाई मात्र थाहा छ । तसर्थ, पछिल्लो समय आएको स्वस्थ र सम्पन्न थालीको कन्सेप्ट सबैलाई सहज र बुझ्न सजिलो साबित भएको छ ।
सम्पन्न थाली कस्तो ?
यो नयाँ सूत्रअनुसार थालीको ठीक आधा भाग सागसब्जी र फलफूलले भरिनुपर्ने, एकचौथाइ प्रोटिनयुक्त मासु तथा गेडागुडी हुनुपर्ने र एकचौथाइ कार्बोहाइड्रेडयुक्त खाद्यान्न हुनैपर्ने नियम छ । यो सूत्र सरल र प्रयोगमा ल्याउन व्यावहारिक पनि देखिएका कारण अहिले धेरैले माई प्लेटलाई सकारात्मक रूपमा लिएका छन् । स्वस्थ खाद्य पिरामिडभन्दा प्रभावकारी देखिएको यो सूत्र सर्वसाधारणलाई बुझ्न र बुझाउनसमेत सहज साबित भएको छ । प्लेटको आधा भागमा पर्ने सब्जी तथा फलफूलमा तरुल, आलु, सखरखण्डजस्ता जमिनमुनिका सब्जी भने पर्दैन ।
कुन समयमा कति खाने ?
एउटा स्वस्थ मनिसका लागि दैनिक १८ सयदेखि २२ सयसम्म क्यालोरी ऊर्जाका लागि जरुरत पर्छ र यो ऊर्जा यिनै प्लेटमा समावेश खानाबाट पाइन्छ ।सन्तुलित खाने समय भोजनअनुसार बिहानको नास्ता (ब्रेक फास्ट) राजा मानिन्छ भने बेलुकाको भोजनलाई जोगी भनेर नामकरण गरिएको हुन्छ । भन्नुको अर्थ बिहानको नास्ता र खानामा आफ्नो वजन तथा उमेरअनुसार प्रशस्त खानेकुरा हुनुपर्छ ।
जसले दिउँसोभर ऊर्जा दिन सक्ने क्यालोरी प्राप्त होस् । बेलुका शारीरिक कसरत न्यून हुने हुँदा एकदम कम क्यलोरी हुने सादा खाना खाँदा उत्तम मानिन्छ । तसर्थ, एक स्वस्थ र जवान मनिसले बिहानदेखि बेलुकासम्म खाने खानाका चार चरणमध्ये प्रथम चरणमा ७ सय क्यालोरी, दोस्रो चरणमा ६ सय, तेस्रो चरणमा ४ सय र अन्तिम चरण अर्थात् बेलुकाको डिनरमा ३ सय क्यालोरी मात्र समावेश हुँदा हुन्छ ।
के–के खाने ?
सामान्यतया, हामीले एकपटक खाना खाँदा या नास्ता गर्दा ५ सयदेखि ७ सय ग्रामभन्दा ज्यादा क्यालोरी नलिँदा राम्रो मानिन्छ । पटक–पटक गरेर खाएको खानाले शरीरलाई सहज बनाउँछ । स्वस्थ र सम्पन्न थालीको नियमअनुसार हामीले हरेक दिनको हरेक छाकमा अनिवार्य प्रोटिन, कार्बोहाइड्रेड र चिल्लो पदार्थ समावेश गर्नुपर्छ ।
यदि हामीले बिहानको खानामा दाल, भात र तरकारी खान्छौँ भने त्यसमा पूर्ण रूपमा तीन चिज समावेश छन् या छैनन् भनेर गहिरेर नियाल्नुस् । जस्तै, भात खाँदा कार्बोहाइड्रेड मिल्यो, दाल र तरकारी खाँदा प्रोटिन र भिटामिनसँगै चिल्लो पदार्थ पनि मिल्यो । तर, दाल बाक्लो खानुप-यो र विभिन्न गेडागुडी मिसाएको हुनु जरुरी हुन्छ । त्यस्तै, तरकारी खाँदा पनि भात र दालको वजनबराबर ठ्याक्क आधा प्लेट हुनुप-यो र साथमा केही फलफूल तथा दूधजन्य पदार्थ÷अन्डा या मासु हुन जरुरी छ । बिहान जति खानुभयो, बिस्तारै अन्य खाना या खाजामा वजन घटाउँदै जान जरुरी छ । यसरी खुराकको अनुशासनमा बसेर भोजन गर्नुभयो भने तपाईं सधैँ स्वस्थ र फुर्तिलो हुनुहुन्छ । यदि, तपाईं शाकाहारी हो भने गेडागुडी या दुग्धजन्य पदार्थ खाँदा पनि तपाईंले प्रोटिन प्राप्त गर्न सक्नुहुनेछ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: