Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

कसले बनायो निर्मला पन्तको त्यो पोष्टर ? जसले सरकार हल्लायो

काठमाडाैं । फेसबुकमा जोडिएको एउटा अनौपचारिक समूह \'एक रुपैयाँ देउ टोली\'लाई आएको एउटा फेसबुक म्यासेजबाट सुरु भएको निर्मला पन्तको पोष्टर एक हप्ता पुग्दा नपुग्दै देशका भित्ता भित्तामा पुगिसकेको छ । सुदूर पश्चिमको कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा न्याय माग्न भन्दै बनाइएको पोष्टर प्रहरीले च्यात्न थालेको सार्वजनिक भएपछि त्यसले अधिकारीहरूमाथि पारेको प्रभाव प्रष्ट भएको छ ।

एक रुपैयाँ देउ टोलीका एक सदस्य विक्रम केसीका अनुसार गत बुधवार राती कुरै कुरामा निर्मला पन्तको पोष्टर बनाउने निर्णय भयो । खासमा त्यो टोलीलाई एउटा फेसबुक सन्देशले झक्झक्याइदिएको थियो । सन्देश थियो- \'विवादास्पद\' अन्तर्राष्ट्रिय सम्मेलनका लागि काठमाडाैं ठाउँ ठाउँमा टाँसिएका प्रधानमन्त्री केपी ओली र अन्यका फोटाहरूमाथि निर्मला पन्तको फोटो टाँसेर न्यायका लागि दबाब बढाउने । टोलीले आफ्नै खल्तीबाट पैसा हालेर ३० थान फ्लेक्स २०० पोष्टर बनायो । [caption id=\"attachment_219243\" align=\"alignleft\" width=\"850\"]\"\" निर्मला पन्तकी बहिनी आफ्नी दिदीको पोष्टर टाँस्दै [/caption] १८ जनाको टोली काठमाडाैं भक्तपुर र पाटनमा बाँडिएर बिहीवार राती पोष्टर र फ्लेक्स टाँग्न व्यस्त रह्यो । त्यो अधिकारीहरूका लागि टाउको दुखाइ बनिदियो । पोष्टरमा आकर्षक नारा पनि छ: \"सरकार भेटियो तर न्याय भेटिएन\"भन्ने । केसीका अनुसार उनी स्वयंले खासमा \'सरकार भेटियो तर न्याय हरायो\' भन्ने नारा प्रस्ताव गरेका थिए । त्यसमाथि छलफल भएर अन्तिम रुप दिइयो \'सरकार भेटियो तर न्याय भेटिएन\' भन्ने । पोष्टरहरू सवारी साधनमा टाँसिए । त्यसरी टाँसेका पोष्टरहरू प्रहरीले च्यातेका तस्बिरहरू सार्वजनिक भए । प्रहरी प्रवक्ता उत्तमराज सुवेदी भन्छन्, \"प्रहरीको पोष्टर च्यात्ने नीति होइन आदेश पनि दिएको छैन ।\" तर गत हप्ता काठमाडाैंमा भएको एक विवादास्पद अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री केपी ओली लगायतका ठूल्ठूला पोष्टरहरू टाँसिएका थिए । ती पोष्टरमाथि अभियानकर्ताहरूले निर्मलाको पोष्टर टाँसिदिएपछि त्यो \"अशोभनीय भएको र त्यसले अन्तर्राष्ट्रिय स्तरमा पनि नराम्रो सन्देश जाने भएकाले स्थानीय प्रशासनले त्यो रोक्न खोजेको\" प्रवक्ता सुवेदीले बताए । पोष्टरको स्केचको डिजाइन इन्टरनेटबाट निकालिएको र त्यो स्केच स्कृष्णगोपालले बनाएको उनले बताउ । त्यसैक्रममा \"आक्रोशित\" अभियानकर्मीलाई पक्राउ गरिएको र पछि छोडिएको उनले बताए । \"\" पोष्टरको माग देशका विभिन्न भागबाट आउन थालेपछि उनीहरूले गुगल ड्राइभबाट सबैलाई डिजाइनमाथि पहुँच दिए । देशभर स्वतस्फूर्त रुपमा सबैले आ-आफै पोष्टर बनाएको केसीले बताए । निर्मलालाई न्याय माग्ने काममा सबैले जिम्मेवारी महसुस गरुन् भनेर पहिले त पोष्टरबारे उनीहरूले कसैलाई बताएनन् । तर \'राजनीतिक पार्टीले नियोजित रुपमा गरेको भन्ने जस्ता आरोप आएपछि\' आफूहरू पोष्टरबारे जानकारी सार्वजनिक गर्न तयार भएको केसीले बताए । पोष्टरपछि स्टिकरको माग आउन थाल्यो । आफ्नै खल्तीका पैसा खर्च गरेर २२५ स्टिकर बनाएर उनीहरूले गत शनिवार भृकुटीमण्डपमा भेटघाट आयोजना गरे । स्टिकर, पोष्टर र फ्लेक्स बनाउँदा लागेको खर्च १८ जनाको समूहमा बाँडदा प्रतिव्यक्ति ५३२ रुपैयाँ परेको केसीले बताए । त्यसपछि स्टिकरको माग आयो त्यसलाई पनि उनीहरूले गुगल ड्राइभ मार्फत् बाँडन थाले । आफूहरूले बनाएको स्टिकरले निर्मलालाई न्याय दिने कुरामा दबाब बढाउने माध्यम बनेकोमा आफूहरू उत्साहित बनेको केसीले बीबीसीलाई बताए । कञ्चनपुरमा एउटी किशोरीको बलात्कार त्यसपछि हत्या भयो । महिलाहरूमाथि यस्ता ज्यादती दैनन्दिन रुपमा धेरै हुने गरेका प्रहरीका रेकर्डले देखाउँछन् । त्यसरी हिंसामा पर्ने धेरै आफ्नो र परिवारको इज्जत जाने डरले अगाडि आउँदैनन् । कति यस्ता केसहरू प्रहरीको मध्यस्थतामा \"मिलाउने\" गरिएको बताइन्छ । अभियानकर्ताहरू भन्छन्, कति पीडितहरू पीडकहरूको पैसाको थुप्रोका कारण मुख सिलाउँछन् । निर्मला पन्तको काण्ड एउटा त्यस्तो काण्ड बनेर आएको छ जसमा आमा, बाबु र बहिनी सार्वजनिक रुपमै न्यायको माग गरिरहेका छन् । न्याय माग्दै कञ्चनपुर, काठमाडाैं र देशका अन्य भागमा पटक पटक प्रदर्शन र नाराबाजी हुँदै आएको छ । विरोध प्रदर्शनमा नागरिक समाजका अगुवाहरू समेत सहभागी हुँदै आएका छन् । विरोध गर्नेहरूले गृहमन्त्री र प्रहरी प्रमुखको राजीनामा माग्दै आएका छन् । हत्या भएको चार महिना बित्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारको तीब्र आलोचना हुँदै आएको छ । निर्मलाका बाबुआमाले धर्ना बसेका छन् । धर्नाकै क्रममा बाबु बिरामी परेपछि काठमाडाैं ल्याएर उनको उपचार भइरहेको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending