Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

साँफे–मार्तडी सडक मर्मत गर्दै प्रहरी

बाजुरा । बाजुराको साँफे मार्तडी सडकखण्डअन्तर्गत बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको २८ किमी सडकमा यस वर्षको बर्खाले निकै क्षति पु¥याएपछि जिल्ला प्रहरी कार्यालयको अगुवाइमा मर्मत गर्न थालिएको छ । साँफे–मार्तडी सडकखण्डअन्तर्गतको बल्दे, दवारी, हरणेखोला, तिपाडा, ओलेना, पानीनाउला, थुवाकाँध र पावरहाउसदेखि मार्तडीको कारागार डिलसम्मको सडक बर्खाले पूर्णरूपमा क्षति पु्¥याएको थियो । बर्खामा भत्किएको सडक हिउँदयाम शुरु भइसक्दा पनि ठेकेदार कम्पनीले मर्मतमा चासो नदेखाएकाले जिल्ला भित्रिने र बाहिरिने सवारीसाधानलाई आवत–जावत गर्न जोखिम बढ्दै गहेको हुँदा प्रहरीले नै सक्रियता बढाएको हो । भत्किएका सडक पुनःमर्मत नहुँदा दुर्घटना हुने सम्भावना बढेकाले खसेका ढुङ्गा र पहिरो हटाउन थालिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । बिहीबार बिहानैदेखि बाजुरा प्रहरी प्रमुख उद्धवसिंह भाट, प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुलगायत २० प्रहरीको सक्रियतामा सडकमा खसेका ढुङ्गा र पहिरो हटाउन थालिएको हो । गत असारदेखि भदौ मसान्तसम्म निरन्तर परेको वर्षासँगै सडक माथिबाट खसेको पहिरोले सडक नै जोखिममा पुगेको छ । सडक निर्माण कम्पनी पिएस कन्ट्रक्सन प्रालिले सदरमुकाम मार्तडीसम्मको सडक पुनःमर्मत नगरेको हो भने बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको पक्की सडक निर्माणको जिम्मा पाएको पिएस कन्ट्रक्सन प्रालिका इन्चार्ज प्रेम थापाले भने मङ्सिर मसान्तभित्र एक स्काभेटरसहित पाँच टिपर लगाएर पुनःमर्मत गरिसक्ने बताए । विसं २०५१ मा अछामको साँफेबगरबाट सदरमुकाम मार्तडीसम्मको ५७ किमी सडकको शिालान्यास गरिएको २२ वर्षपछि सदरमुकाम मार्तडीमा बस सेवा सञ्चालन भएको थियो । बाजुरावासीले सदरमुकाम मार्तडीबाटै पक्की सडकमा यात्रा गर्ने धोको गएको वैशाख महीनाबाट पूरा भए पनि बर्खाले पक्की सडक भत्काएपछि अहिले ५७ किमी सडकमध्ये करीब पाँच किमी सडकमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending