Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

जैविक विषादी बनाउन किसानलाई ड्रम

भद्रपुर ।  अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रलाई रासायनिक विषादीबाट मुक्त गराउन अभियान थालेको छ । नगरको कृषि विकास शाखाले अभियानकै क्रममा अर्जुनधारा–९ स्थित प्रज्ज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध २८ परिवारलाई जैविक विषादी बनाउने ड्रम निःशुल्क उपलब्ध गराएको छ ।कृषिका लागि छुट्याइएको चालु बजेटबाट किसानलाई अग्र्यानिक खेतीतर्फ प्रोत्साहित गर्न अनुदानमा २०० र ३०० लिटर क्षमताका प्लाष्टिकका ड्रम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पङ्कज भूर्तेलले बताए । रासायनिक मल र विषादीको विकल्पस्वरूप किसानलाई प्राङ्गारिक मल र जैविक विषादी बनाउन तालीम पनि दिइएको कृषि शाखाका प्रमुख शालिकराम भट्टराई बताउछन् ।चालु आर्थिक वर्षमा उक्त शाखाले अग्र्यानिक कृषि उत्पादनको प्रचार गर्न गाउँ÷गाउँमा सडक नाटक प्रदर्शन गर्नाका साथै दुई स्थानमा आइपिएम पाठशाला सञ्चालन गरिरहेको छ ।शाखा प्रमुख भट्टराईका अनुसार अर्जुनधारा–६ को सरस्वती महिला कृषक समूह र अर्जुनधारा–८ को मामाभाञ्जा कृषि फार्ममा नगरपालिकाको सहयोगमा प्राङ्गारिक मल उत्पादन केन्द्र सञ्चालन गरिएको छ । केन्द्रबाट उत्पादित गड्यौला लगायत मल अन्य किसानले किनेर लैजाने गरेका छन् । धार्मिक पर्यटकीय आकर्षणका दृष्टिलेसमेत झापाको चर्चित यस नगरपालिकालाई हरित तथा अग्र्यानिक कृषि नगरको रुपमा विकास गर्न आफूहरु योजनाका साथ अघि बढिरहेको नगरप्रमुख हरि राना बताउछन् । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies