Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

कर्मचारी अभावमा मालपोतको कामकाज ठप्प भएपछि सेवाग्राही मर्कामा

लहान। कर्मचारी अभावमा सिरहास्थित मालपोत कार्यालयको कामकाज प्रभावित हुँदा सेवाग्राही मर्कामा परेका छन् । मालपोत कार्यालय सिरहामा प्रमुख मालपोत अधिकृत एक, मालपोत अधिकृत दुई, लेखा अधिकृत एक, नायबसुब्बा ११, खरिदार नौ, सहलेखापाल एक, करार अस्थायी दुई, सवारीचालक एक, श्रेणीविहीन १० गरी ३८ जनाको दरबन्दी रहे पनि हाल मालपोत अधिकृतसहित १७ जना मात्र कार्यरत रहेको कार्यालयका नायबसुब्बा तथा सूचना अधिकारी सुधीर यादवले जानकारी दिए । कर्मचारी अभावका कारण दैनिक कामकाज प्रभावित हुनुको साथै मोठ फाँटलगयतका महत्वपूर्ण फाँटसमेत बन्द रहँदै आएको छ । कर्मचारी अभावका कारण एउटै कर्मचारीलाई दुईदेखि तीन फाँटसम्म हेर्ने गरी जिम्मेवारी तोकिएको छ । कार्यालय प्रमुख र आवश्यक कर्मचारी नहुँदा कार्यालयको कामकाज पूर्ण प्रभावित हुँदै आएको सूचना अधिकारी यादवले बताए । कर्मचारी नहुँदा कामकारवाहीमा समस्या उत्पन्न भएकोबारे पटक–पटक विभाग र मन्त्रालयमा मौखिक र लिखित जानकारी गराउँदा पनि आश्वासनबाहेक केही पाउन नसकिएको उहाँको भनाइ छ । प्रत्येक दिन कार्यालय खुलेसँगै सेवाग्राहीले कार्यालय भरिभराउ हुने गरे पनि जनशक्ति अभावमा सेवाग्राहीले निकै सास्ती व्यहोर्न बाध्य भएका छन् । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending