Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

वाईफाईभन्दा फास्ट चल्ने बन्दैछ मोबाइल नेटवर्क

विश्वका विभिन्न देशहरुमा वाईफाई इन्टरनेट भन्दा मोबाइल नेटवर्कको इन्टरनेट गति तीव्र रहेको एक अध्ययनले देखाएको छ । विभिन्न ८० वटा देशमा गरिएको इन्टरनेटको डाउनलोड स्पीड परीक्षणमा ३३ वटा देशमा मोबाइल डाटाको इन्टरनेट भन्दा वाईफाईको गति कम देखिएको छ । वायरलेस कभरेज म्यापिंग कम्पनी ओपन सिग्नलका अनुसार भविष्यमा फाइभ जी नेटवर्क आउँदा मोबाइल डाटाको गतिमा झनै वृद्धि हुनुपर्नेछ । सर्भेक्षण गरिएकामध्ये बहुमत मुलुकमा भने अनलाइन सर्फिङका लागि वाइफाइ नै सबैभन्दा छिटो गतिको माध्यमको रुपमा रहेको छ । ओपन सिग्नका अनुसार धेरै देशमा वाइफाइ गति कमजोर हुनुमा वाइफाइ सिग्नलको ‘कन्जेसन’ पनि एक कारणको रुपमा रहेको छ । एकै ठाउँमा धेरैवटा वाइफाई नेटवर्क रहँदा वाइफाइ तरंगहरु आपसमा जुध्ने वा गति कमजोर हुने समस्या उत्पन्न हुन्छ । विश्वका धेरै देशमा वाइफाई भन्दा मोबाइल इन्टरनेटको गति बलियो हुँदा समेत आममानिसमा मोबाइल नेटवर्क भन्दा वाइफाई नै उत्कृष्ट रहेको भन्ने धारणा रहेको र त्यस्तो आम धारणा गलत रहेको रिपोर्टमा उल्लेख छ । अष्ट्रेलिया जस्तो मुलुकमा वाइफाइ भन्दा मोबाइल डाटाको डाउनलोड स्पिड १३ एमबिपिएस फास्ट छ । त्यस्तै कतार, फ्रान्स, मेक्सिको, टर्की तथा दक्षिण अफ्रिकामा पनि मोबाइल नेटवर्क वाइफाई भन्दा तिव्र गतिको छ । उता हंगकंग, अमेरिका, थाइल्याण्ड, इजरायल तथा रुस जस्ता मुलुकमा भने मोबाइल इन्टरनेट स्पीड भन्दा वाइफाइ स्पीड झण्डै दोब्बर बढि छ । रिपोर्ट अनुसार फोर जी नेटवर्क उपलब्ध ५० मुलुकमध्ये ६३ प्रतिशतमा मोबाइल नेटवर्क नै वाइफाइ भन्दा तिव्र रहेको पाइयो । फाइभ जी आउँदा गतिको यो फरक झनै फराकिलो हुनेछ । तर विश्वका सबै भागमा फाइभ जी नेटवर्क पुग्न धेरै समय लाग्ने हुनाले दुनियाका सबै ठाउँमा मोबाइल नेटवर्क वाइफाई भन्दा तेजिलो बन्न समय लाग्ने छ । ओपन सिग्नलका अनुसार अब स्मार्टफोन निर्माताका लागि प्रयोगकर्तालाई मोबाइल नेटवर्कबाट वाइफाइ सिग्नलतर्फ धकेलिनबाट रोक्ने चुनौति रहेको छ । हालै चिनिया स्मार्टफोन कम्पनी हुवावेले यस्तो फोन पनि बनाइसकेको छ जसले सबैभन्दा फास्ट नेटवर्क समात्न सक्दछ । त्यस्तै सामसुङले पनि यस्तो स्मार्टफोन बनाउने प्रयास गरेको छ जसले ब्राउजिङ स्पीड बढाउनका लागि वाइफाइ र मोबाइल नेटवर्क दुबैको इन्टरनेट प्रयोग गर्दछ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending