Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

प्रचण्ड किन गर्छन् हेलचेक्र्याइँ ?

\"Aarughat_Prachanda_काठमाडौं, बिहान ६ बजेको हुँदो हो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ टिटी खेल्दै थिए । गोरखा यात्राको तयारीमा लागिरहेका उनका सहयोगी एवम् सुरक्षाकर्मीहरु । उनी आए र घरभित्र छिरे आधा घन्टा नबित्दै । स्वकीय सचिव चूडामणि खड्का र प्रहरीका डीएसपी दानबहादुर मल्लले तयार हुन आदेश दिनेबित्तिकै आँगनका तीनवटा गाडी स्टार्ट भए । सुरक्षाकर्मीहरुबीच चिया–नास्ता खाए–नखाएको चर्चा चल्यो । कतिले खाएका रहेछन् त कति बाँकी । कोही गिलास हातमा लिएर ‘स्टन्डबाई’ बसेका । गोरखाको आरुघाट पुगेर आजै फर्कन सकिन्छ कि गाह्रो हुन्छ भन्ने विषयमा सचिवालय र सुरक्षाकर्मीहरुबीच कुराकानी हुँदै थियो । सचिव खड्काले बेलुकी ५ बजेको शीर्ष बैठक भेट्न आइपुग्नुपर्ने बताए । नजिकै उभिइरहेका डीएसपी मल्लले सुरक्षा चिन्ता दर्शाइरहेका थिए । ‘बुढाले दाब् भन्नुुहुन्छ...’ बोले– छेउमै चिया पिइरहेका प्रचण्डका सवारीचालक । ‘दाब्’ भनेको बुझेनन् शायद सचिव खड्काले । र, खोजे प्रष्ट हुन । कुमारले प्रष्ट्याए– ‘गाडी चलाउँदै गर्दा ढिलो हुन्छ भन्ने लागेपछि मलाई गाडीको स्पिड पूरै बढ्नेगरी एक्सिलेटर दाब्न भन्नुहुन्छ क्या प्रचण्डले ।’ मल्ल खिस्स हाँसे । खड्काले खास प्रतिक्रिया दिएनन् । सचिवालय र सुरक्षाकर्मीबीच हिजोको सिन्धुली यात्राबारे चर्चा चल्दै थियो । उनीहरुले सिन्धुलीबाट १ घन्टामा काठमाडौं आइपुगिएको बताइरहँदा मेरो आङ सिरिङ्ग भयो । घरभित्र छिरेको पाँचै मिनेटमा प्रचण्ड ओर्लिए । सुरक्षाकर्मी र सचिवालयका सदस्यहरु एकै सासमा गाडी चढे र निस्कियो ‘प्रचण्ड कारगेट’ आरुघाटको यात्रामा । कलंकी पुगेपछि पत्रकारहरुको गाडीसँग भेट भयो । अब म पत्रकारहरुसँग मिसिनु थियो र प्रचण्ड–यात्राको रिपोर्टिङ गर्नु थियो । अगाडिको सिटमा बसें, गाडीचालकसँगै । प्रचण्डको गाडी बीचमा, अघि जनपद प्रहरीको अगुवा गाडी । पछाडि सशस्त्र प्रहरीको पछुवा र त्यसभन्दा पछि हामी पत्रकारहरुको गाडी । स्पिड ख्याल भएन । तर, रिंगटा लाग्लाजस्तो । बेला–बेलामा हाम्रो गाडीले सशस्त्रको पछुवा गाडीलाई हाँनुला झैं गर्ने । हाम्रा चालकलाई हामीले प्रचण्डको गाडी नछोडी हिँड्न भनेका थियौं । पत्रकार मित्र दयानिधि भट्टलाई थानकोट छोड्नासाथ पिसाबले च्याप्यो । गाडी रोकौं– छुटिने, नरोकौं– रोक्न नसकिने । पत्रकार साथीहरु ठट्टा गर्दै जिस्क्याउन थाले दयाजीलाई । नौबीसे क्रस गरेपछि मात्रै रोकियो प्रचण्डको गाडी । बाटामा पिसाब फेर्न पाउँदा निकै चंगा भयो मन । प्रचण्डको गाडी हतारिएको थियो । आरुघाट पुगेर साँझै फर्किनु असम्भवजस्तै लाग्दै थियो हामीलाई । बाटो एकदमै कच्ची र खराब भएको बताउँदै थिए राससका रमेश लम्साल । बेनीघाट पुगेपछि हाम्रो यात्रा खोलातिर झर्र्यो र तरेर केही उक्लियो । सशस्त्रको पछुवा गाडीको पछाडिपट्टी रहेका सुरक्षाकर्मीहरुले एकाएक ज्याकेट लगाए र टोपी पनि । हामीमध्ये कसैले भन्यो– ‘यिनलाई जाडो भयोजस्तो छ ।’ ‘होइन’, कसैले भन्यो– ‘धुलो छेक्न हो ।’ कच्ची बाटोमा धुलो उडाउँदै गाडी हुँइकिन थाल्यो । हाम्रो गाडीका चालकले ‘क्लचप्लेट’ कमजोर भएको बताएका थिए कलंकीमै । भाडाको टाटासुमो गाडी, पुरानो लाग्ने; हामी उसै डराइरहेका थियौं । आधा घन्टा कच्ची बाटो हिँडेपछि धुलो खप्न नसकेर हामीले केही पछि हिँड्न भन्यौं हाम्रो गाडीका चालकलाई । करिव १ घन्टा दगुरेपछि हामीले भेट्टायौं रोकिएको प्रचण्डको गाडी । बुझ्दा सशस्त्रको पछुवा गाडी ‘पन्चर’ भएछ । कान्तिपरका सरोजराज अधिकारीले प्रचण्डलाई जिस्क्याए– ‘ओलीलाई परीक्षण गरेर मात्रै प्रधानमन्त्री बनाउने कि नगरीकनै अध्यक्षज्यू ?’ खित्का छाडेर हाँसे मात्रै प्रचण्ड, जवाफ केही दिएनन् । तर, राजनीतिका बारेमा बोले– ‘संविधानको अन्तर्वस्तुमा सहमति नभई राष्ट्रिय सरकारमा जाँदैनौं हामी ।’ लगत्तै फेरि उही रफ्तार । बाटोमा हामीले प्रचण्डलाई भेट्दा उनी त केही वस्तीहरुमा भेटघाट सकिवरी निस्किसकेका पो हुन्थे । नत्र केही वस्तीहरुमा संवाद सक्नै लागेको अवस्थामा भेटिन्थे । आरुघाट पुग्दा दिउँसोको १२ बजेको थियो । उनी पुनः हिँड्दा झन्डै ३ बजेको । हामीले उनको सचिवालयसमक्ष सर्त राख्यौं– सकिन्छ भने धादिङतिरबाट फर्कौं, सकिँदैन भने हाम्रो गाडी अगाडि हिँड्नपर्यो । सचिवालयले गाडी अगाडि हिँडाउने सर्त मान्यो । हामीले यस्तो किन भन्यौं भने हामी चढेको गाडीले फर्किंदा बाटामा पर्ने केही उकाला र गेग्र्यान सडक उक्लिन्छ भन्नेमा हामी विश्स्त थिएनौं । हाम्रो गाडीका चालक पनि यसै भन्दै थिए । कम्तिमा सँगै भइयो भने ठेलठाल गरेरै पनि त गाडी अघि बढाउन सकिन्छ । एक घन्टाको यात्रापश्चात हामीलाई उछिन्यो प्रचण्डको गाडीले । त्यसो हुनु हाम्रो सर्तको उल्लंघन थियो । तर, हामीसँग विकल्प थिएन । अर्कातिर बालुवाटारमा शीर्ष बैठक भ्याउन आइपुग्नुपर्ने प्रचण्डको बाध्यता । केही छिनसम्म त पारिपट्टितिर उनको गाडी देखिँदै थियो । तर, अलि पछि उनको गाडी पारिपारि भित्तामा समेत देखिन छोड्यो । करिब ६ बजेतिर बाटामा रोकिएको अवस्थामा फेरि भेट भयो प्रचण्डको गाडीसँग । प्रचण्ड कुनातिर बारीको पाटामा स्थानीय जनतासँग कुराकानी गरिहेका थिए । हामी पनि रोकियौं र सौध्यौं– ‘किन रोकिएको ?’ सशस्त्रको पछुवा गाडीको देब्रे साइडमा पछाडिको चक्कामा त एउटा मात्रै नट बाँकी रहेको सुरक्षाकर्मीले देखाए । हाम्रो मुटु ढक्क भयो । गाडीको स्पिड बढी भएपछि चक्काका नटबोल्टहरु उछिट्टिएका रहेछन् । हाम्रा चालकले बताए– कच्चीमा प्रायः आउँछ यस्तो समस्या । सशस्त्रको पछुवा गाडी त्यहीं छाडेर हामी अगाडि बढ्यौं । अब भने बेलुकीको बैठक नभ्याउने कुरामा ढुक्क थिए प्रचण्ड । बुढीगण्डकी जलविद्युत् आयोजनाको ड्याम परीक्षणका लागि बनाइएको सुरुङमा आएपछि प्रचण्ड गाडीबाट झरे र बुढीगण्डकीको बारेमा बुझे । उनकै गाडीमा आरुघाटबाट चढेका उनका पुराना सहकर्मीले त्यसबारे उनलाई बताए । बेनीघाट आएर खाजा–नास्ता गर्दा झन्डै साँझले छोपेको थियो । सशस्त्रको अर्को गाडी नजिकै कतैबाट मगाएहोलान्, त्यो आयो र पत्रकारहरुसँग बिदा भएर प्रचण्ड कुदे अगाडि । हामी केहीबीच कुराकानी पनि भयो– यसरी कुदेपछि कसरी हुन्छ प्रचण्डको सुरक्षा ? के सुरक्षा–खतरा भनेको कोही–कसै–कतैबाट आक्रमण हुनु मात्रै हो र ? उनका अगुवा तथा पछुवा गाडी यसअघि पटकपटक दुर्घटनामा परिसकेका छन् । आखिर किन यस्तो हेलचेक्र्याइँ गर्छन् प्रचण्ड ? कि आक्रमण हुने कुरालाई मात्रै खतरा ठानिएको हो ? के बाटो हिँड्दा हुन सक्ने दुर्घटनाप्रति उनि यति बेपरबाह हुन सक्छन् ? हामी देख्ने र भोग्नेहरुले भन्नैपर्छ– चाँडै ध्यान पुर्याइयोस् यसबारे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies