Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

माग घटेपछि फुल नष्ट गर्दै ह्याचरी व्यवसायी

चितवन ।  कुखुराको चल्लाको माग घटेपछि ह्याचरी उद्योगले चल्ला उत्पादन गर्ने फुल नष्ट गर्ने भएका छन् । देशभरका लेयर्स ह्याचरीले चल्ला उत्पादन गर्ने कूल फुलमध्ये आधा फुल नष्ट गर्ने र आधाको मात्रै उत्पादन गर्ने निर्णय गरेका हुन् । ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ज्ञानुराम बिसुरालका अनुसार केन्द्रीय समितिको बैठकले भोलि बुधबारदेखि सबै ह्याचरीले चल्ला उत्पादन गर्ने सेटर मेशिनमा आधा मात्रै फुल राख्ने निर्णय गरेको हो । देशभरमा १३ वटा लेयर्स ह्याचरी उद्योग सञ्चालनमा छन् । एउटा सञ्चालनमा आउने तयारीमा छ जसमध्ये आठ वटा चितवनमा छन् । अठार दिन सेटर मेशिनमा फुल राख्ने गरिन्छ । त्यसपछि तीन दिन ह्याचरी मेशिनमा राखेपछि फुलबाट चल्ला निस्कने गर्दछ । गत महीनासम्म चल्ला प्रतिगोटा रु १७० मा बिक्री भइरहेकोमा माग घटेसँगै रु ७० मा समेत सहज बिक्री हुन छाडेपछि व्यवसायीले यस्तो निर्णय गर्नुपरेको बिसुरालले बताएका छन् । हाल लेयर्स चल्लाको लागत मूल्य रु १०० पर्ने गरेको छ । उनका अनुसार उत्पादन घटाएर रु १०० नघटाई चल्ला बिक्री गर्ने निर्णयसमेत भएको छ । एक सातामा दुई लाख ५० हजार चल्ला उत्पादन हुने गर्दछ । यो मौसममा चिसो हुने भएकाले हुर्काउन कठिन हुने गर्दछ । सँगै खानाका लागि प्रयोग हुने फुलको मूल्यसमेत घटेपछि चल्ला राख्ने कृषक घटेका हुन् । नेपाल फुल उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार देशभर दुई हजार हाराहारी लेयर्स कुखुरा पाल्ने किसान छन् । कँडेलले भने, “मलाई ३० हजार चल्ला चाहिएको छ, खोर खाली छ, तर फुलको मूल्य देखेर चल्ला हाल्न सकेको छैन ।” सबै किसानको अवस्था उस्तै रहेको कँडेलले बताए । हाल ह्याचरीमा एक लाख हाराहारी लेयर्सका माउ (प्यारेन्ट) रहेको बिसुरालले बताए । अमेरिका र युरोपबाट माउ ल्याउने गरिन्छ । फार्मसम्म आइपुग्दा एउटा माउको रु एक हजार २०० पर्छ । नेपालमा हाइल्यान, लोम्यान र एचएन जातको लेयर्स प्यारेन्ट पालिँदै आएको छ । फुल २२ हप्ताबाट पार्न थाल्ने प्यारेन्टले ८० हप्तासम्म पार्ने गर्दछ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies