Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

यात्रुको मुख्य कोसेली बन्दै : सिन्धुलीको जुनार

खनियाँखर्क ।  यहाँ महाभारत क्षेत्रका किसानलाई जुनार टिपेर बजारमा पु¥याउन अहिले भ्याइ नभ्याइ छ । यस क्षेत्रका गाउँबस्तीका बारी र बगैँचा अहिले जुनार पाकेर पहेँलपुर देखिएको छ । किसानका अधिकांश बगैँचामा अहिले जुनार लटरम्म देखिन्छन् । अघिल्लो वर्ष जिल्लामा आठ हजार ६१३ मेट्रिक टन जुनार उत्पादन भएकामा अनुकूल हावापानीका कारण यो वर्ष अझ बढ्ने अनुमान गरिएको छ । जिल्लाका रतनचुरा, जलकन्या, तिनकन्या, डुडभञ्ज्याङ, वितिजोर, वासेश्वर, तोसङखेला क्षेत्रलाई जुनार उत्पादनका हिसाबले सुपरजोनअन्तर्गत पकेट क्षेत्रका रूपमा अघि बढाइएको छ । सिन्धुली जिल्लाको महाभारत क्षेत्रको ठूलो भूभागमा जुनारका अतिरिक्त सुन्तला, कागती, निबुवा र ज्यामिर उत्पादनका लागि उर्वर भूमि मानिन्छ । जिल्लामा वार्षिक एक लाख बढी जुनार सुन्तला बिक्री गर्ने किसानको सङ्ख्या दुई हजार बढी छ । एउटा वयस्क बोटमा एक हजारदेखि एक हजार ५०० दानासम्म जुनार उत्पादन हुने गर्दछ । जिल्लामा एउटै बोटमा छ हजार दानासम्म फलेको रेर्कड छ । कलमी लगाएर तयार पारिएको बोटको तुलनामा बिज्जुबोटबाट जुनार उत्पादन बढी हुने भए पनि गुणस्तरको हिसाबले भने बिज्जुभन्दा कलमी बोटबाट उत्पादन भएको फललाई राम्रो मानिन्छ । जुनार बेचेर वार्षिक रु १० लाख बढी आम्दानी गर्ने किसानको सङ्ख्या १० भन्दा बढी रहेको छ । पछिल्लो समय देशकै प्राथमिकताको फलफूल बालीको सूचीमा जुनार परेको छ । सिन्धुलीलाई अहिले जुनारको पहिचान थपिएको छ । जिल्लामा ३६ वटा जुनार सहकारी सञ्चालनमा रहेकोमा दुई वटाले उत्पादित जुनार प्रशोधन गरेर जुस, स्क्वास, जेलीजस्ता वस्तु उत्पादन गर्दै आएको जुनार उत्पादन जिल्ला सहकारी सङ्घ सिन्धुलीका अध्यक्ष निर्मल रम्तेलले जानकारी दिए । बजारमा गुणस्तरीय जुनार प्रति किलो रु ८० मा बिक्री हुँदै आएको छ । किसानले यस पटक प्रतिकिलो रु ५० सम्म हात पारेका छन् । पातलो बोक्रा र सुनौलो रङको जुनारलाई गुणस्तरीय मानिन्छ । जिल्ला सदरमुकामस्थित बसपार्क क्षेत्र र यहाँस्थित अधिकांश पसल जुनारले पहेँलपुर देखिन्छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोन सिन्धुलीका प्रमुख देवराज अधिकारीले जिल्लामा एक हजार ३२५ हेक्टर क्षेत्रमा व्यावसायिकरूपमा जुनार खेती हुँदै आएको जानकारी दिए । कात्तिक १५ बाट टिप्न शुरु गरिए पनि मङ्सिरको पहिलो सातादेखि मध्य पुससम्मको अवधि जुनारको उत्पादन टिप्ने हिसाबले उपयुक्त समय मानिन्छ । तिनकन्याका कृषक लोकबहादुर आलेले आफ्नो बगैँचामा ५०० को हाराहारीमा रहेको जुनार र सुन्तलाको बोटबाट वार्षिक रु १० लाख मूल्य बराबरको फल उत्पादन हुने गरेको जानकारी दिनुभयो । सात सयदेखि एक हजार २०० मिटर उचाइसम्मको हावापानीमा जुनार खेती फस्टाउने विज्ञ बताउँछन् । सिन्धुलीका अतिरिक्त उदयपुर, ओखलढुङ्गा, भोजपुर, धनकुटा र रामेछापमा व्यावसायिकरूपमा जुनार खेती विस्तार हँुदै गएको छ । सिन्धुली जिल्लामा अहिले वार्षिकरूपमा ५० करोड मूल्य बराबरको जुनार उत्पादन हुने गरेको छ । उत्पादित मध्ये धेरै ताजा फल र ताजा जुसको रूपमा प्रयोग हँुदै आएको छ भने कम गुणस्तरका केही प्रतिशत मात्रै प्रशोधन हुने गरेको बताइन्छ । दुई हजार एकसय घरधुरी व्यावसायिक र सङ्गठित रूपमा जुनार खेतीमा संलग्न रहेको आङ्कडा रहेपनि थप करिब एक हजारको सङ्ख्यामा कृषकले यसको खेती गरेको बताइएको छ । सिन्धुलीका ९ वटै स्थानीय तहमा आंशिकरूपमा जुनार खेती हँुदैआएको छ । पछिल्लो समय विभिन्न सङ्क्रमणले फल कुहिने समस्याले किसानमा जुनार नै मासिने हो कि भन्ने त्रास फैलिएको छ । सङ्क्रमणबाट उत्पादित फल मध्ये झण्डै ३० प्रतिशत खेर जान थालेपछि कृषक चिन्तित भएका हुन् । “विगत दुई÷तीन वर्षयता फल कुहिने समस्या देखिएको छ, त्यसको व्यवस्थापनका लागि उपलब्ध प्रविधिको प्रयोगसँगै जुनार कृषक केन्द्रित सचेतना कार्यक्रम निकै फलदायी देखिएको छ”, सुपरजोन सिन्धुलीका प्रमुख अधिकारी बताउछन् । काठमाडौँ– धुलिखेल– सिन्धुली– बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको मुख्य कोसेली जुनार नै बन्दै गएको छ । खनियाँखर्कमा केही बेर विश्राम गर्न रोकिएका यात्रु अहिले जुनार किन्न तँछाडमछाड गरिरहेको दृश्य रोचक देखिन्छ । यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडौेँ र भारतका विभिन्न सहरसम्म निकै लोकप्रियता पाएको छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies