Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

रसुवा : सवारी साधनको  परीक्षणमा कडाइ

रसुवा ।  नेपाल—चीनबीच व्यापार व्यवसाय सञ्चालन भइरहेको पासाङल्हामु राजमार्गमा गुड्ने सवारी साधनप्रति निगरानी गर्ने काम अगाडि बढेको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार व्यापार व्यवसायका नाउँबाट गैह्रकानुनी क्रियाकलाप गरी विदेशी मुद्रा अपचलन गर्न थालेको पाइएपछि ठाउँठाउँको चौकीबाट हुने नियमित जाँचको अलावा राजमार्गका विभिन्न भागमा समेत गस्तीको माध्यमबाट निगरानी कामलाई तीव्रता दिएको हो । प्रहरी गस्तीले गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ त्रिशूली नदी क्षेत्रमा यही मङ्सिर १ गते वा १ य १४४६ नम्बरको स्कारपियो जीपमा सवार चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं ६ मोहना गडौली बस्ने ५६ वर्षीय श्रीराम चौधरीका साथबाट रु २६ हजार आठ सय र रौतहट जिल्ला गुजरा नगरपालिका—६ सिमन भवानीका ३२ वर्षीय विकासप्रसाद चौधरीका साथबाट एक हजार आठ सय अमेरिकी डलर फेला परेपछि केरुङ जाने सबै व्यवसायीप्रति निगरानी बढाइएको प्रहरीले बताएको छ । पक्राउ परेका ती दुवै जनालाई विदेशी मुद्रा गैरकानुनी तवरले अपचलन गरेको आरोपमा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाइ सकिएको प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेले जानकारी दिए। रसुवा प्रहरीबाट बरामद भएको अमेरिकी डलरकोे रुपैयाँ नेपालीमा रुपान्तरण गर्दा रु ३२ लाख ९९ हजार ८६८ कायम भएको र मुद्दा दायर गर्ने तयारी भइरहेको राजस्व अनुसन्धान विभागले बताएको छ । यस्तै गस्तीका माध्यमबाट ट्राफिक प्रहरीले सवारी साधनको मापदण्ड र नेपाल प्रहरीले सवारी साधनमा सवार व्यक्तिको लेखाजोखा एवं निगरानी तीव्रता दिएको प्रहरी प्रमुख तामाङले बताए । लाङटाङ राष्ट्रिय निकुञ्जको भूभागमा राजमार्ग भएकाले नेपाली सेनासमेत बेत्रावतीदेखि रसुवागढीसम्म ११ भन्दा बढी सुरक्षा चौकीको अलावा ठाउँ ठाउँमा गस्तीका प्रहरीले समेत परीक्षण गरी गैह्रकानुनी क्रियाकलाप रोक्ने कार्य गरिरहेको बताइएको छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies