Ntc summer Offer
Khabar Dabali १० बैशाख २०८२ मंगलवार | 22nd April, 2025 Tue
Investment bank

यी १० तरिकाले तपाईं पनि बनाउन सक्नुहुन्छ आफ्नो भिडियो भाइरल

युट्युब र विमियोजस्तो सोसल नेटवर्किङ साइटमा दैनिक लाखौँ भिडियो पोष्ट हुने गर्दछ तर त्यसमध्ये केही मात्र भाइरल हुने गर्दछ । इन्टरनेटमा भिडियो भाइरल गर्ने केही टिप्स छन् । हामी आज तपाईंलाई यस्तै केही टिप्स दिँदैछौँ जसले तपाईंको भिडियो भाइरल मात्र नबनाई विज्ञापनमार्फत पैसा पनि कमाउन मद्दत गर्नेछ । \"2भिडियोमा मानिसहरुले सजिलै बुझ्ने साधारण कुराहरु राख्नुृहोस्ः भिडियोमा आफूले बताउन चाहेको कुरा निकै साधारण बनाउनुहोस् । भिडियोमा सबैकुरा निकै क्लियर देखिन आवश्यक छ । प्रयोगकर्ताहरुलाई भिडियोमा देखिने सबै कुराहरु सजिलै बुझ्न आवश्यक छ । सुरुदेखि अन्त्यसम्म तपाईंले के भन्न खोज्नुभएको हो, त्यो सजिलै बुझ्न आवश्यक छ । \"3भिडियो कन्टेन्ट निकै रोचक हुन आवश्यक छः जुन भिडियो क्युट, रमाइलो र रोचक हुन्छ त्यस्तो भिडियो भाइरल हुने गर्दछ । यस्तोमा तपाईंले जे भिडियो बनाउँदै हुुनुहुन्छ त्यसलाई प्रयोगकर्ताले बुझ्ने र रोचक र अचम्मित गरिदिने किसिमको हुन आवश्यक छ । \"4भिडियोमा संगीत पनि जोड्नुहोस्ः संगीत सबैलाई मनपर्छ । यस्तो अवस्थामा तपाईं जुन भिडियो बनाउँदै हुनुहुन्छ त्यसमा ब्याकग्राउन्ड म्युजिक पनि राख्नुहोस् । संगीत भएको भिडियो हेर्दा प्रयोगकर्ताहरुलाई आनन्दसमेत आउँछ र यस्ता भिडियोहरु पटक–पटक हेर्न इच्छुक हुन्छन् । \"5भिडियो रमाइलो पनि हुन आवश्यक छः जुन भिडियो तपाईं बनाउँदै हुनुहुन्छ त्यसमा रमाइलो पनि हुन आवश्यक छ किनभने मानिसहरु यस्तो कुराहरुलाई निकै मन पराउने गर्दछन् । धेरैजसो मानिसहरु मुड फ्रेस गर्नका लागि रमाइलो भिडियो हेर्न मनपराउँछन् । यस्तो अवस्थामा यदि तपाईं पनि आफ्नो भिडियोमा रमाइलो कुराहरु पनि समावेश गर्नुहुन्छ भने यो चाँडै नै भाइरल हुने गर्दछ । \"6डरलाग्दो भिडियो सधैं हुन्छ भाइरलः इन्टरनेटमा डरलाग्दो भिडियो छिट्टै नै भाइरल हुने गर्दछ । मानिसहरु एक अर्कासँग रमाइलो गर्न र डराउनका लागि नयाँ तरिका खोजिरहेका हुन्छन् । यस्तो अवस्थामा यदि तपाईं यस्तो भिडियो बनाउनुहुन्छ भने यो चाँडै नै भाइरल हुने गर्दछ । \"7तपाईंको भिडियोलाई पहिले नै भाइरल भएको भिडियोसँग कनेक्ट गर्नुहोस्ः तपाईंको भिडियोलाई भाइरल गर्नका लागि यो पनि राम्रो तरिका हो । तपाईं आफ्नो भिडियोलाई कुनै चर्चित अथवा भाइरल भइसकेको भिडियोसँग कनेक्ट गर्नुहोस् । यस्तो गर्दा प्रयोगकर्ताले त्यो भिडियो पछि तपाईंको भिडियो देख्ने गर्दछन् । \"8स्टन्ट भिडियो पनि निकै रुचाइने भिडियो होः यदि तपाईंसँग अन्य कुनै कन्टेन्ट छैन भने स्टन्टमा आधारित भिडियो बनाउनुहोस् । यस्तो भिडियो पनि निकै भाइरल हुने गर्दछ । यस्तो भिडियोमा निकै नयाँ प्रकारको र कम समयको हुन आवश्यक छ । \"9रियाक्सन भिडियो पनि चाँडै हुन्छ भाइरलः इन्टरनेटमा रियाक्सन भिडियो पनि निकै हेरिन्छ । यो यस्तो भिडियो हो जसमा कुनै व्यक्तिले कुनै कुरा दिँदा अथवा केही कुरा गर्दा अगाडि भएको मानिसको तर्फबाट गरिने प्रतिक्रिया हुने गर्दछ । उदाहरणका लागि कुनै पिताद्वारा आफ्नो बच्चालाई नयाँ र आकर्षक कुराहरु दिँदा बच्चाको प्रतिक्रिया अथवा शिक्षकद्वारा प्रश्न सोध्दा बच्चाको तर्फबाट गरिने प्रतिक्रिया आदि । \"10अभद्र हट पप चलनमा पनि बनाउन सक्नुहुन्छ भिडियोः समाजमा चलिरहेको अभद्र हट पप चलनमा आधारित भिडियो पनि निकै भाइरल हुने गर्दछ । यस्ता चीजहरुमा नजर राख्नुहोस् जसका कारण बालक, महिला, मानवअधिकारीहरु अथवा स्वास्थ्य सम्बन्धि खतरा उत्पन्न भइरहेको छ । यस्तो तथ्यमा भिडियो बनाएर तपाईं मानिसहरुको ध्यान आकर्षित गर्न सक्नुहुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending